भुटानि शरणार्थी समाचार बिशेष

अस्तीको दिन सकिएको एसएलसी परीक्षामा झापा र मोरङका सात शिविरमा दर्ुइसय २३ शरणार्थी छात्रछात्र पूरै तथा आंशिक रुपमा अनुपस्थित भएको पाइएको छ ।
शरणार्थीको शैक्षिक सहायता संस्था कारितासका शैक्षिक कार्यक्रम संयोजक एलएन पोखरेलका अनुसार परीक्षाको फारम भरेका दुइ हजार ५१ जना शरणार्थी छात्रछात्रा मध्ये दुइसय १ जना परीक्षा पूर्व नै अनुपस्थित थिए ।
परीक्षा शुरु भएपछि शुरुका एक दुइवटा विषयको जाँच लेख्दै बाँकी विषयको परीक्षामा अनुपस्थित छात्रछात्राको संख्या २२ रहेको पनि पोखरेलले बताउनु भएको छ ।
परीक्षामा अनुपस्थित ति विद्यार्थीहरु पुनर्वासमा तेस्रो मुलुक गइसकेको हुनसक्ने बताइएको छ ।

पुनर्वासमा तेस्रो देश जान ठिक्क परेका शरणार्थीहरु आफूले जोडेका घरेलु सामान बेच्न शिविर बाहिर जाने गरेको पाइएको छ ।
नेपालमा शरण लिएर १८ वर्षबसेका शरणार्थीले बर्साईको क्रममा श्रम गरेर जोडेका सामान बेच्ने गरेको पाइएको दमक उद्योग वाणिज्य संघले जनाएको छ ।तितोपिरोमिठो
दमक, उद्योग वाणिज्य संघका दितिय उपाध्यक्ष शंकर बस्नेतले दमकका शहरी र ग्रामीण क्षेत्रमा खाट, दराज, थाल, बटुका, टेलिभिजन सेट, बाकस जस्ता बजनदार सामानका बेच्न हिडने गरेको आफूले पाएको बताउनु भएको छ ।
पुनर्वासमा जाने शरणार्थीले एकजना बराबर २० केजी भन्दा बढी वजन लैजान नपाउने भएपछि शरणार्थीले मालमत्ता बेच्ने गरेको बताइन्छ ।

पुनर्वासका क्रममा भुटानी शरणार्थीको दोस्रो ठूलो समूह नेदरल्याण्ड पुगेको छ ।
पछिल्लो पटक ३१ जना भुटानी शरणार्थीको समूह त्यहाँ पुगेको हो । उनीहरुलाई भुटानी समाजका सदस्य टिबी गुरुङ र डिपी मैनालीले स्वागत गर्नु भएको थियो ।
गत वर्षशुरु भएको पुनर्वास कार्यक्रम अर्न्तगत १० हजार भुटानी शरणार्थी अमेरिका सहितका सात मुलुकमा पुनर्स्थापित भई सकेका छन् ।

बेलडांगी २ शरणार्थी शिविरका अग्निपीडित भुटानी शरणार्थी परिवार मध्ये ४२ परिवारलाई त्यो शिविरबाट पूनर्वासमा तेस्रो मुलुक गएका शरणार्थीका खाली छाप्रामा सारिएको छ ।
बेलडांगी २ शरणार्थी शिविरका सचिव नारदमुनी सन्यासीका अनुसार बांकी अग्निपीडित शरणार्थी परिवार तिनका आफन्त र नजिकैको सेक्टर स्कूलमा आश्रय लिएर बसिरहेका छन ।
कतिपय चांहि आफ्नो छाप्रो डढेको ठाँउ सफा गरी त्यहीं अर्को छाप्रा बनाएर बस्न थालेको पनि सचिव सन्यासीले बताउनुभयो ।
गएको २८ फागुनमा बेलडांगी २ शरणार्थी शिविरका सेक्टर इ र सेक्टर डि मा तीनहजार जति शरणार्थी बिस्थापित हुनेगरी भएको आगलागिमा बिद्यालय र शरणार्थी बस्ने समेतगरी चारसय छाप्रा जलेका थिए ।
सहायता अधिकारीहरुले आगलागिबाट खरानी भएका ति शरणार्थीका छाप्रा पूननिर्माण गर्न उनीहरुलाई कम्तिमा तीन महिना लाग्ने बताउदै आएका छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: