भुटानि शरणार्थी भित्र

झापा र मोरङका सात वटै भुटानी शरणार्थी शिबिरमा शिबिरस्तरीय शरणार्थी बाल मञ्चको चुनाब शुरु भएको छ ।
शिबिरस्तरीय बाल मञ्चको कार्यसमिती चयनको लागि हिजो पुर्बी झापाका गोलधाप , टिमाई र खुदुनाबारी शिबिरमा सेक्टर तहमा चुनाब भयो ।
त्यो चुनाबबाट छानिएका प्रतिनिधि मध्येबाट त्यहां शिबिरस्तरीय शरणार्थी बाल मञ्च चयन गरिने बताइएको छ ।

बेलडागी १ , २ , ३ र शनिश्चरे शरणार्थी शिबिरमा भने यहि बैशाख महिनाको पहिलो साता भित्र बाल मञ्चको चुनाब गरिसक्ने शरणार्थी बाल मञ्चका कार्यक्रम संयोजक इन्द्र तिम्सिनाले शरणार्थी सन्देशलाई बताउनु भएको छ ।
त्यो चुनाबमा सातवटै शिबिरका सात देखि १८ बर्षसम्मका २८ हजार शरणार्थी बालबालिका मतदाता रहेकाछन् ।
मञ्चको कार्याबधी एक बर्षरहने गरेको छ ।
सन् १९९७मा स्थापित भुटानी शरणार्थी बाल मञ्चको नेतृत्व प्रत्येक बर्ष निर्बाचनको माध्यमबाट चयन हुने गरेको छ ।

बेलडागी ३ शरणार्थी शिबिरमा आधारभुत उद्घोषण तालिम शुरु भएको छ ।
अस्ति बुधबार शुरु भएको ११ दिने उद्घोषण तालीममा २१ जना शरणार्थी र सातजना स्थानिय समेतगरि २८ युबा सहभागी छन् ।
युबा मैत्री केन्द्रले आयोजना गरेको त्यो तालीममा शरणार्थी सञ्चारकर्मी अर्जुन प्रधान , केशब घिमीरे लगायतका प्रशिक्षक रहनु भएको छ ।

झापाको गोलधाप शरणार्थी शिबिरमा हिजो फुटबल प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिता अर्न्तर्गत हिजोको खेलमा गोलधाप शिबिर सेक्टर बि को पिआरसीसी टिमलाई सेक्टर सी को एएएआरए टिमले चारका बिरुद्घ तिन गोलको अन्तरले हरायो ।
त्यो खेलमा बिजयी एएएआरएका नर बहादुर भट्टर्राई म्यान अफ द म्याच घोषीत भएका थिए ।
शिबिरकै न्यु स्पोर्ट्स क्लवले आयोजना गरेको त्यो प्रतियोगीतामा शरणार्थीका र स्थानीय समेतगरी ८ टिम स्पर्धी रहेकाछन् ।

बेलडागी २ का अग्नि पिडीत भुटानी शरणार्थीलाई लामखुट्टेबाट बच्न खुदुनाबारी शिबिरका शरणार्थीले झुल सहयोग गरेकाछन् ।
खुदुनाबारी शिबिरका शरणार्थीले छाप्रा छाप्राबाट नगद संकलन गरी ११ हजार रुपैया जुर्टाई अग्नी पिडित शरणार्थीलाई असी थान झुल उपलब्ध गराएको खुदुनाबारी शिबिरका सचिब भानु ढुगांनाले बताउनु भएको छ ।
त्यस संगै खुदुनाबारी शिबिरमा संकलीत एकसय ५ थान थाल , बटुका र गिलास पनि बेलडागी २ का अग्नि पिडितलाई प्रदान गरिएको सचिब ढुगांनाले जानकारी दिनुु भएको छ ।
गएको २८ फागुनमा बेलडागी २ मा भएको आगलागीमा शिबिरस्थित बिधालय र शरणार्थीका लगभग चारसय छाप्रा नष्ट भएका थिए ।
अन्तराष्ट्रिय ओलम्पीक कमिटीको सहयोगमा राष्ट्रसंघीय शरणार्थी आयोगले झापा र मोरङका सात वटै शिबिरका भुटानी शरणार्थी र शिबिर छेउछाउका स्थानीयलाई समेत गरी २४ हजार थान खेल सामग्री बितरण गरेको छ ।
केही महिना अघि चिनको बेइजिङमा सम्पन्न ओलम्पीकमा अष्टेलीयाबाट ल्याइएका तर प्रयोग नभएका जुत्ता, हाफ पाइन्ट, टि र्सट , भेष्ट, क्याप, ट्रयाक सुट, झोला लगायतका सामग्री शरणार्थी शिबिरका युबा, बालबालीका र महिला मञ्च, शिबिर ब्यबस्थापन समिती, शिबिर रेखदेख टिम, शिबिरका बिधार्थी तथा अपा•ता भएका शरणार्थीलाई बितरण गरिएको राष्ट्रसंघीय शरणार्थी आयोगको दमकस्थित कार्यालयका बाहृय सम्बन्ध सहायक बिमलबाबु खत्रीले बताउनु भएको छ ।
यसैगरी शरणार्थी शिबिर छेउछाउका स्थानीय बिधार्थी र खेलकुद क्लबहरुलाई पनि त्यस्ता खेल सामग्री यसैसाता बितरण गरिएको खत्रीले जानकारी दिनु भएको छ/(TPM)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: