शान्तिराम नेपालको हत्यामा संलग्न संकास्मत छ जनालाई पक्राउ

स्थानिय प्रहरीले शान्ति राम नेपालको हत्यामा संलग्न संकास्मत छ जनालाई बेल्डागी १बाट पक्राउ गरेको छ। शान्ति राम नेपाललाई गत मङ्गलबार बेलुकी केही अज्ञात हतियार धारी समुहले पाइखाना गइे फर्केर आउँदै गर्दा गोली प्रहर गरी हत्या गरेका थिए ।
पक्राउ गरीएका छ जनाहरु बेल्डागी १कै डोल्मा तमाङ ,सुकमाया तमाङ ,जुङग बहादुर राइ ,नर बहादुर राइ र झरी लाल राइ छन भने अर्को एकको नाम नखुले पनि यी जुङग बहादुर राइ ,नर बहादुर राइ र झरी लाल राइ एकै घरका दाजु भाई रहेका छन।
सब ईन्स्पेक्टर प्रदिप राइले बताए अनुसार हत्यामा संलग्नहरुले आधुनिक हतियार प्रयोग गरेको खुल्नमा आएको छ । वहाँले बताए अनुसार नेपालको दुईवटा गोली पाखुरामा ,एक गोली घाटीमा र एक गोली तिग्रामा लागेको थियो । पुलिसले अज्ञात समुहद्वारा फायर गरिएको तीनवटा गोलीका साथै दुईवटा खुकुरी हत्या गरिएको स्थानबाट बरामद गरेको थियो । छिमेकीहरुका अनुसार गोली प्रहार गरी हत्यारधारीहरु नजिकैको जंगल तर्फ भागेका थिए ।
गत केही महिना देखी नै केही अज्ञात समुहको धम्कीलाई मध्यनजर गर्दै नेपालले सुरक्षाको माग गर्दै लिखित रुपमा एउटा पत्र यू एन एच सि आर ,सिबिर ब्यबस्थापन समितीका साथै प्रहरीलाई बुझाएका थिए भने गत केही महिना देखी नै प्रहरीहरु उनको घरको सुरक्षाको स्थिती बुझ्न अैरहने गर्थे र उनलाई केही सुरक्षाको महसुस हुन्थियो। लिबेरेसन आर्मी अफ भुटान भन्ने एक अज्ञात समुहले उनको हत्याको जिम्मा लिएको छ भने सोही समुहको नाममा सिबिरमा छरिएको पर्चामा हत्या गरिएका नेपाल भुटान र भारतको जासुसका रुपका काम गर्दै गरेको भन्ने लेखिएको छ । उनीहरुले नेपाललाई भुटान कम्युनिष्ट पार्टीका साथै प्रदेशबाट सन्चालित बिभिन्न समुह बिच बिभाजनको प्रमुख कारण हुन भनी भनेका छन।
पोस्टरमा लेखिएको छ हत्या गरिएका शान्ति राम नेपालले भुटान रेभुलेसन फ्रन्टमा मदभेत ल्याउन खोजे पनि उनको दुससाहस पुरा नभएको बताएको छ भने नेपालले पार्टीको नाममा भारतबाट भुटानमा आन्दोलन गर्ने भनी ठुलो नगद राशी ल्याएर जताभाबी चलाएको समेत भनेको छ र अन्तमा नेपालको कानुन बिपरित काम गरेकोमा क्ष्यमा मागेको छ ।
हत्या गरिएका नेपालको कनकाइ माइमा दाहसंस्कार गरिएको छ ।
Email this post to friend
signature

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: