आर्थिक मन्दी, आम निराशा र पुनस्थापित भुटानीहरु।

(By Prakass Chhetree)
संघीय श्रम बिभागको यही बर्ष मार्चको तथ्यांक अनुसार कैलिफोर्नियाको बेरोजगार प्रतिसत ११.५ पुगिसकेको छ जून यो बर्षको सुरु तिर ८.५ थियो। यो तथ्यांकदेशब्यापी रुपमा बडदो क्रममा छ, आगामी ३ महिना सम्ममा रास्ट्रिया तथा संघीय अर्थतंत्रमा सुधार नआई यस्तै गिरावट अएमा यो ‘फिगर’ बढेर २५ प्रतिसत भन्दा माथि पुग्न सकने संकेत अर्थविदहरुको रहेको छ, जून हाम्रो लागि अवस्य पनि शुभ समाचार भने होइन।
देशको आर्थिक स्थिति नाजुक बन्दै गएका कारण ठुला ठुला रिटेलर्सहरु,बहुरास्ट्रीय कंपनीहरु, बंद हुने क्रम चलिरहेको छ। देश ब्यापी रुपमा आर्थिक कारोबारमा गिरावट आइरहेको छ जसको फ़लस्वरुप दिन परा दिन ठुलो संख्यमा मानिशहरु बेरोजगार भैरहेका छन। खस्कदो अवस्थामा रहेको अमेरिकी अर्थतंत्रको प्रत्यक्ष प्रभाव यहाँ भर्खरै पुनस्थापित आम भूटानीहरुमां पनि परेको देखिन्छ। “पोहोर साल त पसलहरुमा जता ततै “Hiring”, “Help Wanted” लेखिएको हुन्थ्यो, तर आजकाल नदेखेको पनि महिनौ हुन लागिसक्यो”, ओकलैंडको फ़्रुट्भैल निवासी एक पुनस्थापित बेरोजगार भूटानी भन्छन। हुन पनि हो बे एरियाका रेस्टुरन्त, ठुलठूला कंपनीहरु, रिटेल स्टोर्स, होटल लगायतका ठाउहरुमा पहिला पहिला प्रसस्तै ‘HIRING ‘ का प्लेटहरु देखिन्थे तर हिजो आज ती सायदै देखिंछ्न। रोजगारको खोजीका क्रममा म केहि दिन अघिमात्रै हेवार्डको एउटा रेस्टौरन पसेको थिए। काउन्टरमा गएर क्लर्कसंग के ‘ऍप्लिकेशन फोर्म’ मागेको थिए एक जना एशियन चेहराका मानिस मकहा आएर भने, “ब्यापार एक्दमै मन्द छ, हामीसंग भएका कर्मचारीहरु पनि ‘ले ऑफ’ गर्ने सोचाईमा छौ, महाशय कृपया फोर्म नभर्नु होला, आई एम् सरी”, एकै स्वासमा बुढाले टुन्ग्याये. थकाईको लामो सुस्केरा तान्दै म त्यहाबाट बाहिरिए। यस्तो तितो अनुभवको कथा मसंग मात्रै होइन, अमेरिका आएका प्राय भूटानी युवाहरुसंग छ। उनीहरू रोजगारको खोजिको सिलसिलामा हरेक पसलका ढोका ढोका पुग्छन र निरासिएका मेनेजरहरुका यस्तै खल्ला खल्ला सब्दहरुले मन बुझाउन बाध्य हुन्छन।
सत्र बर्षसम्म पूर्बी नेपालका सरणार्थी सिबिरहरुमा निरर्थक जीवन बिताएका हामी भूटानीहरुको घर फर्कने यावत प्रयासहरु बिफल भए पश्चात अमेरिकी बसाईसराई कार्यक्रम अर्न्तगत अंतरास्ट्रीय बसाई सराई सम्बन्धीको संगठन(आई. ओ .एम्) का मद्दत द्वारा गत साल बाट संयुक्त राज्य अमेरिका, आस्ट्रलिया, लगायतका ६ वोटा रास्ट्र हरुमा सरणार्थी पुनस्थापना गर्न थालिएको हो भने पुनस्थापित सरणार्थीहरु को संख्या मार्च, २००९ सम्ममा १२५०० नाघिसकेको छ। मानवताका आधारमा अघि सारिएको सरणार्थी पुनस्थापना कार्यक्रम आफैंमा सह्रानिया छ, तर अमेरिका आएको १३ महिना नाघि सक्दा पनि आफू बेरोजगार रहेको अवस्थामा मलाई लाग्छ हामीलाइ पुनस्थापित गरिनु मात्रै लामो समय देखि अल्झिदै आएको भूटानी सरणार्थी समस्याको दिगो समाधान भने होइन। पुनस्थापना संगसंगै रोजगार तथा रोजगारमुखि तालिमको ब्यवस्था गरिनु अति आवश्यक देखिन्छ. दोस्रो कुरा, ती राज्यहरुमा/सहरहरुमा कम भन्दा कम सरणार्थीहरु पुनस्थापना गरिनु पर्ने हो जहा महँगीले आकास छोएको छ – जस्तै १२ देखि १५ घर जति भूटानीहरु रहेको क्यालिफोर्नियाको सानो सहर ‘सानहोजे’ जून सहर अमेरिकाकै एक महँगो सहर भनेर चिनिन्छ,( जहा साधारणतय तीन बेडरूम अपार्टमेन्टको किराई कम्तिमा करिब २४०० डलर पर्न जान्छ)। जे होस, बाहिरी हेराईमा, चाहे अमेरिकाको जुनै राज्यमा होस, संसारको जुनै कुनामा होस तर पुनस्थापना पश्चात पक्कै पनि भुटानीहरुको जीवन स्तरमा सकारात्मक सुधार आएको छ। हिजो बिजुली बत्ती सम्म नदेखेका हामी सोझा भूटानीहरुका घर घरमा टेलेफोन, इन्टरनेट, फ़्याक्स छ, वाशिंग मशीन बिना हामी लुगा धुन नसक्ने भैसकेका छौ, एक कोस टाडा आएर फोन गर्ने हामी संग अहिले हात हातमा मोबाइल सेट छन- वास्तबमा यही त हो जीवन स्तरमा आउनु पर्ने सकारात्मक परिवर्तन भनेको। तर, यती हुदा हुदै किन बडिरहेको छ भूटानीहरुमा निरासापना? किन सुनिन्छ पुनस्थापित सरणार्थीले आत्माहत्या गरे भनेर?
किन छाएको निराशा? किन सुनिन्छ त आत्माहत्याका समाचार??
सरणार्थीहरुलाई अमेरिका प्रवेश गरे पछिको आठ महिना सम्म अमेरिकाको सामाजिक सेवा बिभाग(SOCIAL SERVICE AGENCY)ले महिनाको प्रति ब्यक्ति लगभग २५० देखि ३५० डलर नगद र करिब १५० देखि २०० सम्म (सम्बंधित राज्यको नियम बमोजिम) प्रति ब्यक्ति खाद्य उपलब्द गराउछ। आठ महिना सम्म निशुल्क औषधि उपचार गर्न पाउने एउटा मेडिकल कूपन दिइन्छ एक जनाको पेट पल्न यो राहात काफी हुन्छ। तर जब उनीहरुको अमेरिकाको बसाई ८ महिना पूरा हुन्छ, उनीहरु लाइ दिईएको नगद Discontinue गरिएको मेल आउछ, औसधि किन्न जादा कूपनले काम गर्न छोड्छ. अथक प्रयास गर्दा गर्दै पनि रोजगार पाउन नसकिरहेको स्थिति हुन्छ,अपार्टमेन्टको किराई, पानी, बत्ती, टेलेफोनको बिल, बेरोजगारी, आदि आदि यावत कुराहरुले उनीहरूमा नैराश्य छाउछ। यती बेला सोच्न सकने र जीवन संघर्ष हो जुज्न सिक्नु पर्छ भन्नेहरु निरंतर रोजगारको खोजीमा लाग्छन, सम्बंधित ठाउहरुमा गई आर्थिक मदत मग्छ्न,आफ्नो केस वोर्केर संग सुझाब सल्लाह मग्छ्न,सरकारका आर्थिक सहयोग कार्यक्रमहरु प्रति चासो दिन्छन भने मन थम्न / बुझाउन नसक्नेहरु मानसिक बिरामी हुन्छन्, आत्मा हत्या समेत गरेको भने नपाइयेको होइन। तर हरेक समस्याको समाधान हुन्छ, समाधान गर्ने उपाय हुन्छन, जीवनमा आएको यती सानो समस्याबाट हार खाई त्यसरी आत्मा हत्या गर्नु बुद्धिमता होइन, लाचारी हो। (क्रमस:)
Email this post to friend

signature

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: