भूटानी कामरेडहरु पुनस्थापनाको भीख मग्दै दमक धाउन थाले.

A Bhutanese refugee trying to set fire to cook food with the help of briquet  in a  refugee camp in Nepal. Refugees are provided with briquet as an alternative fuel.(photo:youtube

An elderly Bhutanese refugee trying to set fire to cook food with the help of briquet in a refugee camp in Nepal. Refugees are provided with briquet as an alternative fuel.(photo:youtube


(कूलप्रसाद ‘अनमोल’, दमक)
हाल भूटानी सरणार्थी सिबिरहरुमा भूटानमा प्रजातंत्र स्थापना गरी १७ बर्ष देखि सिबिरमा बस्दै आएका सरणार्थीहरुलाइ घर फर्काउन भनी लागी परेकाहरु मध्येका धेरै ‘देशभक्ति’ हरु तेस्रो मुलुक पुनस्थापना कार्यक्रमको पछि लाग्न थालेको स्रोत मार्फ़त बुझिएको छ। लुकी छिपी आई.ओ. एम् ./यु.एन.एच.सी.आर को कार्यालय धाउनेहरुको संख्य ह्वात्तै बढेको छ। तिनीहरु मध्ये केही नेता भनाउदाहरु पनि सिबिरबाट काठमांडू जानू छ भनी दमक आई सोध पूछ कक्ष्यामा दिन भर कुरी रहेका हुन्छन। कठै! उनीहरुलाइ एकातिर आफ्नै पार्टीका कमरेडहरुको डर छ भने अर्कातिर पुनस्थापना प्रक्रियामा ‘क्वालीफाई’ नहोईएला की भन्ने शंका उत्तिकै छ। त्यसो त उनीहरुलाई ती सरणार्थीहरुको पनि त्रास छ जसलाई उनीहरूले केही समय अघि पुनस्थापना कार्यक्रमको सपोर्ट गरेको भनी कारबाही समेत गरेका थिए। तर आज उनीहरुलाई यसरी बन्दूकको भरमा भूटानीको घरफिर्ती नुमाम्किन छ भन्ने कुराको पनि बोध भैसकेको छ। हुन पनि आज भन्दा करीब ८ बर्ष अघि स्थापना गरिएको भनिएको उनीहरुको पार्टीले सरणार्थी सिबिरका सोझा भूटानीको गोली हानि हत्या गर्नु, सिबिरमा त्रास फैलाउनु, चन्दा असुल्नु, केही सोझा सरणार्थीलाइ आन्दोलनको नाममा भूटान भित्र जेलमा थुनाउनु सिबाय खासै उपलब्धिका काम हरु भए/गरेको देखिन्न। भारतको लिडे ढिपिले हो या भूटानको उनीहरु प्रतिको उच्च सुरक्षा सतर्कताले हो या त श्रीलंकामा भर्खरै भएको ससस्त्र समुहको पतनबाट सिकिएका पाठको असर हो आन्दोलन प्रति उनीहरुको आस्था गुमिसकेको देखिन्छ। नेपालमा यही महिना भएको नाटकीय राजनैतिक बिकास र परिवर्तनले पनि उनीहरुका कार्य योजनामा धक्का परेको हुनु पर्छ। हुनत त्यों आफ्नो अधिकार को बिषय हो, हरेक भूटानीलाइ स्वदेश फ़िर्ति हुने अधिकार छ, युगौ युग देखि रगत र पसीना बगाएको माटो कसलाई माया हुन्न र?सबैलाइ हुन्छ। तर उत्तिकै अधिकार पनि छ तेस्रो मुलुक पुन्स्थापित हुन,जून कुरा ती कमरेडहरुले कहिल्यै बुझेनन। उनीहरूले यो कुरा बुझेर आफ्नो आन्दोलन अघि सारेका भए सायद आन्दोलनले पनि अर्की मोड़ लिने थियो होला, शान्तिकामी सरणार्थीहरुले त्यस्ता हिंसात्मक घटनाहरु देख्नु पर्ने थिएन होला,सरणार्थीहरुमा यस्तो बिभाजन र फाटो आउने पनि थिएन होला।
तर शान्ति पूर्ण हिसाबले कदम चालिएमा कुनै पनि समस्याको समाधान हुन्छ, जून कुरा उनीहरु र उनिहरुका ती कलिला कमरेड हरुले बुझ्नु बुझ्नु आवस्यक छ।
(Kul, a Nepalese blogger,writes for bhutanusa.com from Jhapa.)

Advertisements

One Response

  1. mitraharu ko dhilo bhayeni budhi aayechha yar. but its hardly possible that they get through the process of iom.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: