भुटानि शरणार्थी सिबिरमा फारम भर्ने कार्य तिब्र,वृद्ध-वृद्धाहरुमा भुटान फर्कने आश अझै

पुर्बी नेपाल स्थित भुटानि शरणार्थी सिबिरमा स्वदेश फिर्ती फारम भर्ने प्रकृया तिब्र पारीएको छ। अर्का तिर भूटानी शरणार्थीलाई तेस्रोदेश पुर्नवास गराउन थालिए पनि शिविरका वृद्ध-वृद्धा भने अझै भुटान फर्कने आशामा छन् । बृद्धबृद्धाहरु शिविरको कष्टकर बसाइभन्दा आफ्नै देशको दुखजिलो नै सजिलो हुने बताउछन् ।
शरणार्थीको स्वदेश फिर्ति आन्दोलन संकटमा परिरहेको वेला शिविरका बृद्ध-बृद्धा भने स्वदेश फर्कन इच्छुकका लागि भनेर फारम भर्ने अभियानमा जुटेका छन् । अन्य शरणार्थीहरुलाई तेस्रो मुलुक लगिए जस्तै आफुहरुलाई पनि स्वदेश फर्काइनु पर्ने माग राखेर शुरु गरिएको अभियान झापा र मोरङ्गका सातवटै शिविरमा चलिरहेको छ । सो अभियान अर्न्तगत हालसम्म नौ हजार वढी शरणार्थीले स्वदेश फिर्ति फारम भरिसकेका छन् ।
फारम दुइवटा भाषा नेपाली र अंग्रेजीमा तयार पारिएको छ । नेपाली भाषामा तयार पारिएको फारम नेपाल, भारत र भुटान सरकारलाई बुझाउने र अग्रेजी भाषाको फारम भने शरणार्थीलाई तेस्रो मुलुक पुर्नवास गराइएका मुख्य सात वटा राष्ट्रलाई बुझाउने कार्यक्रम छ । ढिलो भए पनि आफ्नो जन्मभूमि भुटान फर्कन पाउनेमा उनीहरु विश्वस्त छन्। तेश्रो मुलुकमा पुनर्स्थापित भइ सकेकाहरुलाई अनिबार्य नभए पनि आफ्नो देश भन्दा कुनै अर्को देश राम्रो नहुने भन्ने कुरालाई बुझेर यो फारम भर्ने सन्देश छ। सिबिर भित्रै पनि धेरैले भरी सकेका छन भने त्यो भन्दा धेर तेश्रो देश पुनर्स्थापनाको लागि फारम भर्नेको सन्ख्य धेर छ । सन्ख्यतमक हिसाबमा हेर्ने हो भने यो फारमले कुनै प्रभाब पर्ने देखिन्न किनकी अधिक सन्ख्य तेश्रो देश जान नै तयार छन। भुटानमा त्यस्तो केही छैन जस्तो पुनर्स्थापनामा संलग्न देशहरुमा छ भन्ने सोच र सत्यले नै उनीहरु तेश्रो देश जान तयार भएको हुनसक्ने अनुमान लगाउन त्यती गाह्रो छैन। भुटान मानवअधिकार संगठन, जेष्ठ नागरिक समाज, भुटानी शरणार्थी स्वदेश फिर्ति कार्यक्रम ब्यवस्थापन परिषद् र भुटान गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त प्रयासमा यो अभियान प्रारम्भ भएको हो।

Advertisements

One Response

  1. Is there also some of the stupid people that makes the darkness of the children. In camp
    there is a creative problem in the evrey house member.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: