टाडा रै’छ
तिलक आत्रेय
(क्यालिफोर्निया)
मैले जाने ठाऊ त प्रिये कत्ति धेरै टाडा रैछ,
जत्ती टाडा भए पनि तिम्रो माया गाडा भैछ।
कुल्चिएर गा’को होइन तिम्रो न्यानो माया प्रीति,
हामी दुईको बिचमा कतै एउटा ठुलो डांडा रै’छ ।
मैले जाने ठाऊ त प्रिया कत्ति धेरै टाडा रैछ,
जत्ती टाडा भए पनि तिम्रो माया गाडा भैछ।।
जीवन भरी सधै सधै तिम्रो यादमा रुन्छु होला,
गुलाबको फुल बिच कुन्नी कस्तो काडा रैछ।
मैले जाने ठाऊ त प्रिया कत्ति धेरै टाडा रैछ,
जत्ती टाडा भए पनि तिम्रो माया गाडा भैछ।।
भेट होला हाम्रो कतै जिन्दगीको दोबाटोमा
छुट्टीनु र भेट्नु पनि संसारको पारा रैछ ।
मैले जाने ठाऊ त प्रिया कत्ति धेरै टाडा रैछ,
जत्ती टाडा भए पनि तिम्रो माया गाडा भैछ।।
************
Filed under: Bhutanusa Literary Corner | 2 Comments »