साहित्य शनिबार

भूटान:

(पुरानाघरे)
सुनेर रमाईलो लाग्छ नै
बोल्दा उकुसमुकुस कसाइलो लाग्ने नै भो
कम व्यबहारिक र बढी ऐतिहासिक
बेजंगी कौतुहलताको मणी झैं
एउटा कल्पना घनिभूत आत्मकथन हो भूटान
सेतो जूनको छँया सेतै हुनाले
कालो कर्तुतको पदाफास हो भूटान
धार्मिक द्वन्द र कलह पचाउनलाई
अठीया खाएर हेर्ने
जन्मदैको पछौटे हो भूटान

अग्लो होचोको होडबाजीमा
आफू भन्दामाथि सगरमाथा देखेपछि
ऊ कल्पनाको सागर भासिन्छ
छोटो वुद्धि क्षणीक सोचाइ
एक लहडले हराइरहन्छ
फित्कौलीको स्वाभिमान बचाउनलाई
भूटान मही माग्छ र ढुङ्ग्रो लुकाउ“छ
त्यसैले आडम्बरी हात पसारेको
छपारे कथन बोक्ने आत्मकथा हो भूटान
सगरमाथाको कन्दरामा उभिएर
कसैले जमोलारीको शीरमा जैतुन रोपेको
पारदर्शीता ओछ्याएर कानमा तेल हाल्ने
पछौटे हुनुको विवशता हो भूटान
आफैंलाई विश्व सामू
तारो गनेर दम्भ गर्ने
दिमाग बिहिन घमण्ड बोक्ने
विश्व सुन्दरीको अंग पर््रदर्शनी झैं
बेऔचित्यको अस्तित्व बा“चेर
क्रूर तानाशाह घ“स्याइरहने
स्फटीक सामूको मणी भनिएको
परिस्थिति र विश्वलाई नचिन्ने लाटो हो भूटान
उसलाई सञ्जालको कथा
विस्तारवाद र साम्राज्यवाद भित्रको
माइट्स इज राइट्सको हियो खुल्दैन
उसलाई डट कमको इतिहाससम्म थाह छैन
त्यसैले भूटान आफैंलाई चिन्दैन
जन्मदै छिमेकी जन्मन्छ
उसको कीर्तीमान र पहिचान र्
वर्तमान हो भविष्य हैन
स्वतन्त्र अस्तित्व लुटाउनु हो स्वावलम्बन हैन

भूटान पूर्ववर्ती दम हौसिएर चम्कन्छ
सुन भएर पनि ऊ पहेंलो देखिदैन
मोती भएर पनि ऊ चम्कन सक्दैन
यो हरियो हुनुको अनर्थ कालो छ
जैतुन हुनुको बिडम्बना भक्मिलो छ
त्यसैले त भविष्य नसोच्ने
भूटान जालो भएर माकुरो छ
मोतीसँग कनिका साट्छ
बाँच्नलाई ढीडो हुँडल्छ
र चामल मगमगाएको हाँक लडाउँछ
आफैं सयवर्षपछाडि धकेलिन्छ
अनुदान बाँचेको इतिहास फलाकेर
भूटान स्वतन्त्रताको दम्भ गर्छ
उसलाई कहिल्यै प्रार्दुभाव हाँस्तैन
किन कि उसले औचित्य बाँचेकै छैन
ऊभित्र सपना छ, कोलाहल छ
जान्दा-जान्दै अन्योलको खास्टो ओड्छ
त्यसैले भूटान अहम् हाँसेर घमण्ड बाँच्छ
भूटान बिहान भएर मुस्काउँदैन
ऊ भविष्य कहिल्यै सोच्दैन
हिजो दम्भ गर्छ, वर्तमान चुहुन्छ
बरु भोलि डराउँछ, तर्सीरहन्छ र डराइरहन्छ
आफैंबाट सृजीत डर लुकाउन
प्रतिक्रियावादी विस्तारवादको शरण लिन्छ
जानी बुझी शोषण गराउँछ
आफैंलाई लुटाएर आनन्द लिन्छ

त्यसैले भूटान लाटो छ
आन्तरिक कलह जान्माएर
कुविचार पचाइरहन्छ
बुद्धको मुर्ती ठड्याएर मानेपद्मे र
अहिंसा परमो धर्मको धुनसँगै
गाईको पाश्वविक भेजो फिजाउँछ
त्यसैले भूटान कम महत्वको अमूल्य मणी हो
यो कालो स्यालको कथा बोक्ने सेतो बाघ हो
भूटान आफैंलाई चिन्दैन
आफ्ना प्रतिभा ऊ गन्दैन
जेठो डाक्टर भम्पालाई पनि चिन्दैन
ऊ अपार प्रकृतिको सौर्न्दर्यता पनि जान्दैन
अग्लिएर हिमाल हुनुको अर्थ ऊ बुझ्दैन
बेगतिको धड्कन धड्किन्छ, कल्पना बोल्छ
अत्याधुनिक प्रविधिको सुलमताको धाक पिट्छ
भूटान वर्तमानबाट भविष्य पलाउँदै
बरु भूतबाट वर्तमान चुहिन्छ
उल्टो खगोल ग्रन्थ भट्याउने पाषणहरुको
षड्यान्त्र र रणनीति नबुझेर हराउँछ
उसको सोच र सपनाले झुक्यानमा
बारुदीकरणसँग सम्झौता गर्छ ।

भूटान मानवता विर्सन्छ
कलह रोप्छ र जैतुन उखेल्छ
चन्द्रमाको यात्रा भन्दै
नरकतिर फाल हालिरहन्छ
चन्द्रमाले एकान्तसँग सुहागरात मनाएको घडी
जमोलारी र कुलागांग्रीको ढाड उक्लन्छ
आवेगमा, अनयोलमा र स्वार्थमा
मत्त भेडो जस्तै एकोहोरो दम्भ छ
भूटान,र्
र्सप, विच्छी र छेपाराको पुच्छर नापेर
प्राचीन आत्मकथाको कैरन फलाक्ने
बाँदरको इतिहास बनाइरहेछ ।।
(प्रस्तुत कबितामा पोखिएका भावनाहरु कबिका ब्याक्तिगत भावना हुन)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: