साहित्य शनिबार-

मेरो आत्मकथा

तिलक आत्रेय
(क्यालिफोर्निया)

महासिन्धुका ज्वोर्भाटाहरुमा तरंगिएर,
निरर्थक गन्तब्य तीर मोडिएको।
दुर्भाग्यको ‘सुनामिमा’ लपेटिएर
दुनियाले बिर्सिएको अनि छोडिएको।
कुरुछेत्रको पराजित पक्षहरुको जस्तै,
न कुनै इतिहास/ न त कुनै गाथा,
आखाभरी आँसु मुटुभरी ब्यथा,
साथी यही हो मेरो आत्मकथा।
**********************
आखामा सप्तकोशी जमाएर पनि के गर्ने बाच्दैछू,
मेल बॉक्सका चेकहरु देखि छेणिक खुसिमा नाच्दैछु,
टेबलभरी छरिएका ‘बिल’ हरु संगको मुकाबिलामा –
जिवनले रेडकार्ड पाएर पनि अझ बाच्दैछु।
बथानबाट छुट्टिएको कस्तूरी झै,
हराएर जीवनको परिभाषा- दौडीरहेछु कता कता,
आखाभरी आँसु मुटुभरी ब्यथा,
साथी यही हो मेरो आत्मकथा।
************************
सपनाहरु सडेर बिपत्तिको गुन्द्रुक बनेछ,
तिरस्कारको पुरस्कारले जीवन रुंचे हासोमा बदलेछ।
अरु कराउछ्न- त्यसको अर्थ हुन्छ,
म रुन्छु/चिच्चाउछु तर ब्यर्थ हुन्छ।
फाँसीमा टागिएको सद्दाम हुसैन जस्तै
हताश -हताश निरास अनि उदास,
तै पनि छोप्न खोज्छ-जड़ता,दीनता, अकर्मण्यता,
आखा भरी आँसु मुटु भरी ब्यथा,
साथी यही हो मेरो आत्मकथा।
——————

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: