भूटानको राजसंस्था र लखेटिएका नेपाली भाषीहरुको यथार्थता

दीर्घराज प्रसाई
(काठमाडौं, नेपाल)

एशियाका देशहरुमा भूटानले आफ्नो पहिचान गर्न नसकेकाले आफ्नो गौरव र मौलिकता हराउदैछ । भूटान भनेको भूटानी राजा र भूटानी जनता वीचको समष्टिगत एकताको अधिराज्य हो । विभिन्न समयदेखि बसोबास गरी आएका विभिन्न जातजातिहरुको प्रयासबाट भूटानको रक्षा हुँदै आएको हो । भूटानको मौलिकता भनेको विभिन्न जाति,भाषा र धर्महरु वीचको एकता हो । भूटानमा वाङचरक वंशको अभ्यूदय सन् १९०७ देखि मात्र प्रारम्भ भएको हो । वाङचुक वंशको अभ्यूदय हुनुभन्दा पहिलादेखि बसोबासो गरिआएका जातजातिहरुलाई तिरस्कार गरेर भूटानको राष्ट्र्यिता अधुरो मानिन्छ । सन् १९०७ भन्दा अगाडिको राजवंश धर्मराजा पद्धतिको थियो । अवतारी लामाको रुपमा तिब्बतबाट भूटानमा आई रीति–थिति बसाएर राजकाज चलाउन शुरु गर्ने यिनै हुन् । यिनकै समयमा बौद्धगुम्बा बनाउन नेपालबाट कुशल कालिगढहरु झिकाइयो । तिनीहरुको साथमा नेपालबाट विभिन्न जातका मानिसहरु भूटानमा पस्न थालेको कुरा रामशाहको पालाको इतिहास हेरेमा पनि थाहा हुन्छ । वि.सं.१६८१मा धर्मराजाको समयमानैं धर्मराजाको इच्छा अनुसार गोर्खामा चलेका ऐन, नियम, माना–पाथी, तुलो भूटानमा पनि चलनचल्तीमा ल्याइएको थियो । धर्मराज नाम्ग्यालको समयमा भूटानको संवन्ध गोर्खासँग मात्र नभएर काठमाण्डौं उपत्यकाका मल्ल राजाहरु लगायत सेनबंशी राजासँग पनि थियो । भूटानमा कलात्मक दरबार निर्माण गर्ने पनि नेपाली जातिनैं थिए । हिन्दु पुरोहितहरुको पनि भूटानमा धर्मराजाको समयकालमा राम्रो मान्यता थियो । बोद्ध गुम्बा बनाउने मध्येका कतिपय हिन्दुनैं हुनेहँदा हिन्दु र बौद्ध धर्म वीचमा राम्रो संवन्ध थियो । भूटानी सरकारी गुम्बाहरुमा पञ्च देवताका मूर्तिहरु राखिने र भटानी राजपरिबार ‘बुद्धत्वमा शिवत्व र शिवत्वमा बुद्धत्व हुन्छ’ भन्ने कुरामा विश्वास हुँदा खोटांको हलेसीमहादेव र स्वयम्भू माथि ठुलो आस्था राख्छन् । नेपाली जातिको बसोबासो त्यही बेलादेखि भएको हुँदा नेपाली भाषी समूदाय भूटानका आधिकारिक नागरिक मानिन्छन् । तिब्बती, नेपाली भाषी र कुचविहारवासीहरुको आधिपत्य थलोको रुपमा भूटानलाई लिइन्छ । मुलतः यी तिनै जातिको सहयोग लिएर धर्मराजा नामग्यालले एक सुदृढ र सम्पन्न भूटानको जग बसाले । धर्मराजा धर्म गुरु थिए ।
धर्मराजाको सहायककोरुपमा देवराजा भन्ने पद्धति थियो । देवराजा मध्येका पेल्लोप वाङचुक आफैले दण्डभेदको नीति लिएर धर्मराजा पद्धतिलाई खारेज गरी राजा घोषित भएका हुन् । त्यसबेला अंगे्रजले भूटानमा राजसंस्था कायम गर्न चाहेको थिएन । तर नेपालको अंगे्रजसँग राम्रो समझदारी भएकाले पेल्लोप वाङचुकको नेतृत्वमा एउटा प्रतिनिधि मण्डल नेपालमा आयो र चन्द्रशम्सेर मार्फत भूटानमा वाङचुक बंशलाई राजा कायम गराउन समझदारी हुँन सकेको हो । यो गुण त भूटानले संझेकै होला । धर्मराज बंशकै पालादेखि नेपाल र भूटान वीचमा घनिष्ट संवन्ध कायम भएकाले पृथ्वीनारायण शाहका पालादेखि झन सुमधुर मित्रता कायम भइरह्यो । भिमसेन थापाको समयमा नेपाल र भूटान वीच धार्मिक र सामाजिक संवन्धहरु बढ्दै आएको कारणले राणाकालमा पनि भूटान प्रति नेपालको सद्भाव रहिरह्यो । स्मरण रहोस् कि आदिकालदेखि धर्मराजा र देवराजा भन्ने मान्यता नेपाली भाषाबाटै सिर्जना भएको शब्द हो । नेपाली र तिब्बतिमुलका जातिहरुको रगत र पसिनाबाट संरक्षित भूटानले अहिले संयुक्त राष्ट्र् संघको सदस्य राष्ट्र्को हैसियत राख्दछ ।
पहिला भूटानको अधिकांक्ष भूभागलाई जङ्गलले ढाकिएको र सन् १७२५तिर भूटानमा बस्तीव्यवस्था गर्ने कार्यक्रममा भूटानको सीमाक्षेत्रमा नेपाली भाषीहरुलाई बसोबासो गराएर सीमाको सुरक्षा गर्ने काम गरियोे । नेपाली भाषीहरुले अथक परिश्रम गरी भूटानको दक्षिणक्षेत्रलाई सम्पन्न गराउनमा ठूलो योगदान छ । आदिकालदेखिनैं भूटानमा नेपाली भाषालाई लेखापढीको भाषाकोरुपमा मान्यता भएको हुँदा भाषाको हिसाबले भूटानमा कुनै नेपालीहरुलाई कुनै कठिनाई परेको थिएन । राज्यले बौद्ध धर्मलाई प्रार्थमिकता दिएता पनि हिन्दु धर्म वा अन्य धर्म मान्न र आ–आफनो पैरन लगाउन सबै जाति स्वतन्त्र थिए । जातीय एकता र आपसी सद्भाव कायम राख्मा भूटाननैं यस्तो नमूना राज्य थियो जसको कारण थियो त्यहाँको राजाको निष्पक्ष व्यवहार ।
तर दुःखको कुरा सन् १९८८देखि भूटानमा अहिलेका राजाको नेतृत्वमा जातीय युद्ध चंकाइयो । अहिलेका राजाले भूटानको सबै इतिहास र वास्तविकता बिर्सेर आफ्ना सच्चा शुभचिन्तकहरुलाई सन् १९८८मा जनगणनाको नाममा सन् १९५८ भन्दा अगाडिदेखि बसोबास गरिआएकाहरुले प्रमाण देखाउन सकेमा मात्र जनगणनामा नाम दर्ता गराउने र कुनै प्रमाण पेश गर्न नसक्नेहरुलाई अनागरिक ठानेर भूटानमा बसोबास गर्न नदिने भन्ने भयो । परिस्थिति र षडयन्त्रको यस्तो विकाश गराइयो कि भूटानलाई स्थापित गराउने पुर्खाका सन्तानहरुले जस्तोसुकै प्रमाण पेस गरेता पनि त्यस्ताहरुलाई पनि अनागरिक बनाएर बलजफत भूटानबाट पिटेर लखेट्ने काम गरियो । २०६१सालमाभूटानी नेता टेकनाथ रिजालबाट लिखित २२५पृष्ठको ‘निर्वासन’ नामक पुस्तकको अध्ययन गर्नेहरुले भूटानमा भइरहेको राक्षसी अत्याचार थाहा पाएर भूटानी राजालाई धिकार्ने गर्दछन् । के त्यसरी भूटानका अधिकारिक नागरिकहरुलाई नक्कली बनाएर देश निकाला गराउनुमा आफ्नोे राष्ट्र्यिता माथि भूटानी राजाको कुनै हैसियत छ ? मानिसलाई यसरी जातीय हिसावले समाप्त पार्न खोज्दा के त्यो देश बाँचिरहला ?
भूटानको स्थापनाकालदेखि भूटानमैं रहेर भूटानको राजा प्रति बफादार भएर भूटानको रक्षार्थ सँधै समर्पित हुँने नेपाली भाषी आफ्नै नागरिकहरुलाई खेदेर भूटानी राजाले आफूले जितेको ठान्लान् तर भूटानमा शताब्दियौंदेखि बसोबासो गदैं आएका बाहुन,क्षेत्री,नेवार,लिम्बु,राई,गुरुङ,मगर,तामाङ,कामी,दमाई आदि नेपाली भाषीहरुलाई आततायी व्यवहार गरेर खेद्दा भूटानकोे आफ्नो गौरव र मौलिकता हराउदै जाति हत्याको देशमा परिणत हुँदैछ । चितुवाले आफूभन्दा राम्रो कोही छैन ठानेको जस्तो भूटानी राजा जिग्मे सिंगे वाङचुकले आफूलाई सर्वशत्तिवान ठानेर साम्प्रदायिक अडानमा बसिरहे भने उनलाई जस्ले उचालेका छन् तिनीहरुकै कारणले भूटानको राजबंश समाप्त हुनेछ र त्यसबेलामा भूटान पनि रहने छैन । त्यसैले भूटानी राजाले आफू पर्ने आत्मघाती खाडल आफै खन्नु भएन ।
हो, भूटानको स्थितिको अध्ययन गर्दा भूटानको विदेश नीति नयाँ दिल्लीको सरोकार भएकाले भूटानी शरणार्थी समस्या समाधान गर्ने कुरामा भारत नलागी हुँदैन । यस मामिलामा भारत पन्सिन मिल्दैन । भूटानलाई खेलाएर आफ्नो कब्जाबाट पर जान नदिने भारतको दाउ होला । तर सँधै यसरी साना देशहरुलाईृ सताउन खोजेर भारतले विस्तारवादी र असफल कुटनीति अपनाएर बदनाम हुँनु भएन ।
भूटानको राजसंस्थानैं भूटानको मेरुदण्ड हो । भूटानलाई तहसनहस गराउन कुन शक्तिले खेल खेलेको छ त्यो बुझ्नमा छ तर वर्तमान राजाले नेपाली मुलका नागरिकहरुको अस्तित्व समाप्त भूटानबाट ठूलो पीडा दिएर लखेट्दा पनि नेपाली भाषी भूटानीहरु भूटानी राजसंस्थाको विरोधमा छैनन् । उनीहरुलाई थाहा छ भूटानमा राजसंस्था नरहेमा भूटान भन्ने देशको कुनै अस्तित्व रहने छैन । यस हिसावले वर्तमान राजालाई केही गलत मान्छेहरुले नेपालीमुलका भूटानी नागरिकहरुका भएका प्रमाणहरु निमिटयान्न पारेर उनीहरुलाई जब्वरजस्ती लखेटेर तिब्बतिमुलका जातिहरुलाई मात्र भूटानको आधिकारिक नागरिक पारेर एकलौटी भुटानमा राजगर्ने जुन हतकण्डा अपनाइएको छ त्यो अत्यनत अमानवीय र निन्दनीय छ । यस्तो अवस्थामा पनि भूटानको राजसंस्था प्रति नेपालीभाषी भूटानीहरु आस्था राख्छन् भने तिनीहरु कति देशभक्त रहेछन् भन्ने कुरा यसैबाट पनि सिद्ध हुन्छ ।
भूटानका राजकीय सभाका सल्लाहकार टेकनाथ रिजाल ठूलो राजतन्त्रवादी र भूटान प्रति बफदार व्यक्तित्व हुँनुहुदोरहेछ । उहाँ भन्नु हुन्छ–‘भूटानी राजाले पनि मलाई मन पराउँछन् ।’ तर कहाँबाट यो भवितव्य भयो यो राजैले बुझने कुरा हो । तर इतिहास माथिको सत्य र तथ्यलाई जतिनै थिचोमिचो गरिएता पनि सत्य सत्यनैं रहन्छ । आवश्यक परेमा भोलि संयुक्तराष्ट्र्र संघले भूटानमा रहेका समपूर्ण जातिको बसोबासोको इतिहास खोज्ने काम गरेमा पनि सबै कुराको छलङ्ग हुन्नजान्छ । त्यसो भएकाले अव चाहीं भूटानका राजाले एउटा निचोडमा पुगेर आफ्नै कारणले सरणार्थी बनेका सबै शरणार्थीहरुलाई विनाशर्त बोलाएर आफ्नैं नेतृत्वमा भूटानी नेता टेकनाथ रिजालकै अध्यक्षतामा अन्तरिम मंत्रिपरिषद बनाएर त्यसैबाट संविधानमा संशोधन र संसदीय निर्वाचन गराएर भूटानको प्रिय र प्रजातान्त्रिक राजा भएर सबै कलंकबाट भूटानलाई बचाएर स्थिरता दिने काम गरियोेस् भन्ने हाम्रो अनुरोध छ । नेपालको पीर त हामीलाई छदै छ तर भूटान पनि राजसंस्था भएको मुलुक भएकाले राजाकै कारणले भूटान नसिद्धियोस् भन्ने हाम्रो कामना मात्र हो ।
(dirgharajprasai@gmail.com)

(लेखक प्रसाइ काठमाडौंबाट नियमित रुपमा bhutanusa.com का लागि लेख्नु हुन्छ)

Advertisements

4 Responses

  1. thikkai cha tapai ko kura ta

  2. Articles is really nice,but dirag raj should look mirror for his country,Writing only for other country makes u feel shame,be free to look at mirror.Nepal is worst comparing to Bhutan.Let see me the same article but about your country,you will have nothing to write gud and all goes bad coz Nepal is Bad in all where.

  3. oK. Look dhirga raj why u always critisized bhutan only please try to see your country also

  4. awesome! but how come that a nepalese knew our history in detail when we ourselves dnt kno it that much. The writer must be a wise gentleman.thank you Dirgaraj ji

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: