भुटानि शरणार्थी तेश्रो देश पुनर्स्थापना,एक बाध्यता

यस्ता कार्यमा संलग्न कतिपय कायर शिक्षकहरु आफ्ना छोरा छोरीका साथीहरुलाई उक्त अपराधीक कार्यमा होमाएर सपरिवार अमेरिका आइपुगेका पनि छन।जे होस, आन्दोलन निर्णायक हुँदैन र त्यों सही तरीका पनि होइन भन्ने सत्यातालाई यिनीहरुले ढीलै भए पनि अङगाली सकेका छन।

प्रकाश पौडेल
बेलडाङगी-2

राष्ट्रघातीको षड्यन्त्रमा फस्न सफल भुटानि शरणार्थीहरु भित्र कती पिडा अनी दु:ख छ भन्ने धेरैलाई अवगत नहोला। अमेरिका, क्यानाडा,लगायतका मुलुकहरुमा पुनस्थापित भइसकेर पनि अझै भुटान नै फर्काए जाने चाहना छ भुटानि शरणार्थीको। बाहिरबाट हेर्दा भुटानि शरणार्थीहरुलाई स्वर्थी देखिन्छ, किन कि उनीहरु लडेर भए पनि आफ्नो देश जानु पर्ने अर्काको देशमा गए। युगौ देखि रगत र पसीना बगाएको आफ्नो माटो भुलेर बिदेशिए। तर यो कुरा बुझ्नु पनि उत्तिकै महत्वपूर्ण छ, बर्सौ सम्म भूटान फर्कने झिनो आशा लिएर बसेका उनिहरुको तेश्रो मुलुक पुनस्थापनाको निर्णय रहर भन्दा पनि बाध्यता थियो। आफ्नो मुलुक फर्किन भुटानि शरणार्थीहरुले के गर्न चुकाएनन होला।आफ्नो गास टुटाएर ए.एम.सि.सी.को भुटान फिर्ती आन्दोलनमा गरिएको सक्दो सहयोग मात्र नभएर स्थानिय नेपालीहरुको खेत खनेर दसैं छेक्न ल्याएको पैसा आन्दोलनका लागि भनेर तत्कालिन समाजमा बिद्यमान भ्रस्ट नेताहरुलाई दिएका थिए। घर फिर्तीकै लागि हाम्रा भुटानि भाईहरुले आफ्नो प्राणको आहुती दिए तर पनि उनिहरुको त्यागले नेताहरुको बैंक ब्यालेन्स माथि उकास्न देखी लिएर उनिहरुका छोरा छोरीहरुलाई महँगो शिक्षा दिलाउने क्रममा बिदेश उडाउना सिबया केही हुन सकेन/ केही गर्न सकेन ।

पुनर्स्थापनाको लागि  अमेरिका हिंडेकाहरुलाई बिदाइको हात हलाउदै भुटानि शरणार्थीहरु

पुनर्स्थापनाको लागि अमेरिका हिंडेकाहरुलाई बिदाइको हात हलाउदै भुटानि शरणार्थीहरु


अत: उनीहरुको बलिदानको कदर भएन,उनिहरुका परिवारले न त क्ष्यतीपुर्ती नै पाए न त साहरा नै। खोक्रो आश्वासन बिच आफ्नो एक्लो छोरो गुमाएका ति आमाहरु शरणार्थी सिबिर भित्र भुटान फर्किने आशामा बसिरहेका छन। यस बेला न कुनै नेता नै वहाँहरुको घरमा जान्छ न कुनै भरौटे क्रान्तिकारी नै। छोरो हुँदाको उज्यालो दिन सम्झन्दै बसेकी ति आमाहरुलाई सन्चो बिसन्चो सोध्ने फुर्सद पनि हाम्रा नेताहरुमा छैन।

ए.एम.सि.सीबाट सुरु भएको आन्दोलन देखी लिएर पछील्लो पटकको मेची पुलमा गरिएको ससक्त आन्दोलनले पनि कुनै गती लिएन। सबै आन्दोलन निर्णायक हुन सकेनन। सबै प्रयासहरुलाई असफलता नै पुरस्कार मिल्यो।
यसरी कुनै आश नै नरहे पछी एकाएक भुटानिहरु निराश हुन थाले। यसै बिच उचित समय र परिस्थितिको फाइदा लिदै केही समय अघि भुटान भित्र अल्फाद्वारा पड्काइएको बमलाई आफ्नो संगठनद्वारा पड्काइएको हो भनेर सस्तो प्रशिद्दता कमाउने र निराश सरणार्थीहरुको मन जित्ने दुष्प्रयास गर्यो भुटान कम्युनिष्ट पार्टीले(क्रान्तिकारीले)। बिभिन्न प्रोपगंडा फैलाउदै
आफ्नो पार्टीको अस्तित्व बचाउन तम्सिएको भुटान कम्युनिष्ट पार्टी(क्रान्तिकारी)को सकृयता बिस्तारै बडन थाल्यो। भुटान भित्र झन्डै ४ ठाउँमा बम पड्काइएको दाबी गर्दै आफ्नो पार्टीको बडीबडाउ गर्ने ति कातर क्रान्तिकारीभनाउदाहरु भुटानको एक जंगलमा पटेका पड्काएर बन्यजन्तुलाई त्रसित बनाउन सिवाय केही गर्न सकेनन। भुटान त नाम मात्रै हो, भुटानका मंत्री, प्रशासन र राजा नया दिल्लीले प्रयोग गर्ने एक अनौठो रिमोट कन्ट्रोलबाट चल्ने खेलौना हुन भन्ने सत्यतालाई ती स्कूल पड़न नसकेर निस्की कम्युनिस्ट सब्दको शाब्दिक अर्थ समेत नबुझेका ‘दुधे’ क्रांतिकारी भनाउदाहरुलाई थाहा नै रहेनछ। आफ्नै देश भित्र क्रान्ति गरेर, बाह्र बाह्र बर्ष खुनको खोलो बगाएका र अन्तिम घड़ीमा राजधानी समेत कब्जा गरेको ‘फुई’ देखाउने र भारतको दिल्लीमा गएर सहमती गरी हार स्विकारने नेपालका माओवादीको आदर्श,सिदान्त,बिचार अनी उनिहरुबाटै शिक्षा लिएका हाम्रा बुद्धिहिन क्रान्तिकारीहरुलाई अवगत नै रहेनछ भुटान छिर्न त भारत काटेर जानु पर्दछ भन्ने।दुर्भाग्यवस बन्दूक र बारूदले मात्रै आजको यो युगमा कुनै देशमा दीगो शान्ति र सौहार्दता भित्र्याउन सकिन्न भन्ने न्यूनतम कुराको पनि ज्ञात नभएका यी ‘भाई’हरुका कार्यका सिकार भए एक निर्दोश पत्रकार शान्तिराम आचार्य जो हालमा भुटानी शासकको क्रुर यताना सहदै भुटान जैलमा आफ्नो न्यायको भिख माग्दै कैदी जीवन बिताउन वाध्य छन।

 Bhutanese refugee lady waiting for ration

Bhutanese refugee lady waiting Ration in Ration godown


भुटानभित्र क्रान्ति मच्चाउन असफल भुटानी क्रान्तिकारी संगठन अन्तत सिबिर भित्रै क्रान्तिकारी गतिबिधी बड़ाउन सुरु गरे। हतियारको नाममा सिबिर भित्रै चन्दा सँकलन सुरु भयो। सोझा निमुखा शरणार्थीहरुद्वारा दिन भरीको टनटलापुर घाममा भोको रहेर काम गरी साझको छाक टार्न कमाइएको पैसा राती आएर खुकुरी देखाइ लुट्न थालियो। कती शरणार्थीहरुलाई खुकुरी प्रहारगरी मारियो भने कतिलाई भुटान सरकारकै सैलीमा घर छोड्ने मिती दिइयो।घर छाड्न नमान्नेहरुको घर भत्काइयो। कती बलात्कारको सिकार भए भने कतीको सर्बस्व लुटियो। नेताको निर्देशमा हिंडेका १४-१८ बर्ष सम्मका ति क्रान्तिकारीहरुको आफ्नो कलिलो बुद्धीमा नेता भनाउदा नौटङकीहरुले भरीदिएको क्रुरपन अनी भुटान प्रतीको अन्धो सोचाइ मात्रै रह्यो। आफ्नै छिमेकीहरुको घर भत्काई सम्पत्ति लुटियो ,रहेको अन्न र लुगाफाटाहरुमा आगो लगाइयो। यिनीहरुको क्रान्ति सिबिर भित्रैका सोझा शरणार्थीहरुलाई धम्की दिने अनी लुट्नेमा काममा मात्रै सिमित रह्यो। यस्ता असामाजिक तत्वहरुको चलखेल समाज भित्र बड्न थाल्यो। यो अराजकतामा सिबिर भित्रैका शिक्षकहरुको पनि सहभागीता/समर्थन
थियो। यस्ता कार्यमा संलग्न कतिपय कायर शिक्षकहरु आफ्ना छोरा छोरीका साथीहरुलाई उक्त अपराधीक कार्यमा होमाएर सपरिवार अमेरिका आइपुगेका पनि छन।जे होस, आन्दोलन निर्णायक हुँदैन र त्यों सही तरीका पनि होइन भन्ने सत्यातालाई यिनीहरुले ढीलै भए पनि अङगाली सकेका छन।
भूटान भित्र आन्दोलन गरेर नया बिहानी जन्माउने फोस्रा सपना बोकेका यी तत्वहरुले आज सम्म खै के नै गरे त? सिबिर भित्र चोरी, लुट्पाट हत्या,चन्दा सन्कलन र बलत्कार जस्ता कार्य गर्नु उपरान्त यिनिहरूले केही गरेका छन? सिबिरको एउटा साधारण सरणार्थीलाइ मार्नु उनिहरुको बिजय हो त? उनिहरुको आन्दोलनको लक्ष्य हो? शरणार्थी सिबिर भित्रका क्रान्तिकारीहरुलाई “क्रान्ति” त पैसा कमाउने एक ब्यवसाय नै भएको छ। आन्दोलनमा पूर्ण सहमति र सहभागीता देखाउने भुटानिहरु पछील्ला समयमा यि शब्द सुन्दा नै शशन्कित हुन थालेका छन। आफ्नो छोराछोरीलाई मारिदिन्छन कि भन्ने त्रासले कती आमाबाबाहरु रात भरी ननिदाइ बस्नु परेको छ।
अन्तत,क्रांतिकारीका नाममा भएका यी सबै घटनाक्रमको ‘पोस्ट इफेक्ट’ यस्तो भयो की भुटानि शरणार्थीहरु क्रान्ति शब्दलाई नै नकार्न थालेका थिए/छन। यो शब्दलाई नै तिरस्कार गर्न थालेका थिए/छन। भुटान फर्कने आशा कता कता बिलाई सकेको छ,सिबिरमा हिजो उसलाई अज्ञात समुहले मार्यो रे भोली कसको पालो हो भन्ने एक प्रकारको त्रास/भय छाएको थियो/छ। भुटान फर्कनु भन्दा पनि कसरी सिबिर भित्रै आफ्नो सुरक्षा गर्नु भन्ने बारे चिन्तित भए/छन शरणार्थीहरु। त्यस कारण भुटानि शरणार्थीहरु आफ्नो देश फिर्तीको आशालाई भुलेर सुरक्षाको लागि र आफ्नो छोराछोरीहरुको उन्नत भबिस्यको लागि तेश्रोदेश पुनर्स्थापना हुन वाध्य हुनु पर्‍यो।यस हेराईमा, केही महिना पहिले भुटानि सिर्ष नेता टेकनाथ रिजालज्यूले भुटानि शरणार्थीलाई तेश्रो देश पुनर्स्थापनामा जान वाध्य पारीएको हो भनेर दिइएको अन्तर्वाता एकदम नै सही हो। फरक यती मात्रै छ कि वहाँले अमेरिका लगायतका देशहरुले भुटानि शरणार्थीहरुलाई तेश्रो देश जान वाध्य पारीएको हो भन्नु भो तर साचो कुरो त्यों नभै यो हो की उनी र वहा जस्तै नेताहरुको
अप्रतक्ष्य निर्देशनमा संचालित भुटानी क्रान्तिकारी संगठनले नै भुटानि शरणार्थीहरुलाई तेश्रो देश पुनस्थापित हुन वाध्य बनाएको हो भन्ने सत्यतालाई कसैले नकार्न सक्दैन।
(The writer is the member of bhutanusa.com team)

Advertisements

One Response

  1. Namaskar
    Honestly i am very pleased to read this words regarding our life which is very helpful to all to be clear about the compulson for our resettlement.
    Keep on writing(God bless you)

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: