सरणार्थी दिवस 2009- कहा कसरी मनाउदै छन भूटानीहरुले!!

(bhutanusa.com)
सरणार्थी दिवस हरेक बर्षको २० जूनमा सन २००१ देखि मनाईदै छ।
यस बर्षको बिश्व सरणार्थी दिवस १८ बर्ष सम्म सरणार्थी जीवन यापन गरेर भर्खर अमेरिका आएका भूटानीहरुले पनि भब्य रुपमा मनाउदैछन।
बिभिन्न राज्यमा रहेका भूटानीहरुद्वारा बिभिन्न कार्यक्रमहरुका साथ मनाइने ख़बर पाइएको छ।
प्राप्त समाचार अनुसार टैक्ससको डल्लासमा यस पटकको सरणार्थी दिवस अली भव्य हुने बुझिएको छ। सरणार्थीलाइ सहयोग गर्ने त्यहाका दुईवटा संस्थाहरुले बिशेष कार्यक्रमको आयोजन गरेका छन।संस्कृति, कला, कृति आदिको प्रदर्शन गर्ने हेतुले डल्लासको कैथोलिक चैरिटीले रिटर्न तो थे कस्बह, भन्ने अंतरास्ट्रीय बाजारको आयोजन गर्दै छ। Lakeridge Village Shopping Centreमा बिहान १० बजे बाट सुरुहुने उक्त बजार ४ घंटा चल्ने बुझिएको छ।
त्यसै गरी, त्यहा सरणार्थी दिवस अवसरमा भूटानी सरणार्थी सम्बन्धीको एउटा डकमेन्टरी “किल्लिंग टाइम”को पनि सांझ 7.३० प्रदर्शन हुदैछ ।अंगेलिका फ़िल्मसेंटरमा हुने सो डॉक्युमेंटरीको प्रदर्शनको टिकेट दर $ १२.५० रहेको छ।
उता अरिजोनामा पनि भूटानीहरुले भोली सरणार्थी दिवस मनाउदैछन। त्यहा स्थित भूटानीहरु संगको फ़ोन संपर्क र स्थानीय पत्रिका ‘अरिजोना डेली स्टार’ मार्फ़त सरणार्थी दिवस सम्बन्धीको कार्यक्रमको जानकारी पाइएको छ। अरिजोनाको टक्सन सहरको एल प्रेजिडियो पार्कमा सरणार्थी दिवसकै अवसरमा ‘ टक्सन फेस्टिवल’ हुदैछ . उक्त कार्यक्रममा नब स्थापित भूटानी युवाहरुको हरुको डान्स क्लब .Sun Flower clubले नृत्य प्रस्तुत गर्ने कार्यक्रम छ।
उता फ्लोरिडाको जैक्सनभीलमा त्यहाको कैथोलिक चैरिटीले यस बर्षको सरणार्थी दिवसमा भूटानी कला कृतिको प्रदर्शन गर्ने कार्यक्रम रहेको जानकारी त्यहाका हाम्रा गोभिन शर्माले जनाएका छन। १३४ ईस्ट चर्च स्ट्रीट, डाउन टाऊन जैक्सनभीलमा हुने सो कार्यक्रममा संपूर्ण भूटानीहरुलाइ सहभागीताको लागी आमंत्रण गरिएको छ।
उत्तरी क्यालिफोर्नियाको संफ्रान्सिसको बे- एरियामा रहेका भूटानीहरुले भने शुक्रबार नै सरणार्थी दिवस मनाएका छन। कैथोलिक चैरिटी ऑफ़ ईस्ट बे, I.R.C, लाओ फ्यामिली कम्युनिटी डेवेलोपमेंट सेंटर लगायतका संस्थाहरुको संलग्नतामा ओकल्यान्डको सान एंटोनियो पार्कमा शुक्रबारबार बिहानै देखि भूटानीहरु तथा अन्य देशबाट आएका सरणार्थीहरुको ठुलो भीड़ छ। त्यहा अहिले सांस्कृतिक कार्यक्रम, गीतसंगीत, खेल-कुद आदि मनोरंजनात्मक कार्यक्रमहरु भैरहेको छ।
ऑस्ट्रेलियाका भूटानी हरुको संगठन (BCA)का मेल्बौर्न, भिक्टोरिया स्थित भूटानीहरुले हिजो Adult Migrant Educational Services(AMES)द्वारा आयोजित joint consultation कार्यक्रममा भाग लिएका थिए। मेलबोर्नबाट हाम्रा साथी गुना माझीद्वारा प्रेषित समाचारका अनुसार उनी लगायत परशुराम लुइटेल(Victoria, New South Wales and Canberra branchका BCA अध्यक्ष), देनु आचार्य, खगेन आचार्य, दिना आचार्य,खड़ानन्दा आचार्यले उक्त कार्यक्रममा सहभागीत जनाएका थिए।
नेपालमा रहेका भूटानी सरणार्थी सिबिरहरुमा पनि यस बर्षको सरणार्थी दिवस बिभिन्न कार्यक्रमहरुका साथ मनाइने कुरा मिडियाहरु मार्फ़त बुझिएको छ। सरणार्थी सिबिरहरुमा सरसफई, खेलकूद, लगायतका कार्यक्रमहरु हुने कुरा हाम्रा बेल्डंगीका मित्र प्रेम खत्रीले बताएका छन।

Advertisements

One Response

  1. […] […]

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: