साहित्य शनिबार-

दोहा र म -ऍऊटै ठाउ भिन्नै कथा

खुम जोशी
(दोहा, कतार)

यो उजाड़ मरुभूमि/यो निर्जल दुनिया
मेरो हरेक दिनको क्रीडाभूमि,
हो यही, यो तातो धरतीमाथी दिनभर
फरुवा/कोदालोहरु संग युद्घ गर्छु,
वरीपरीका गगनचुम्बी महलहरुले
अनि,
अनुहार छोपेर तल/माथी गर्ने सुन्दर मानिसहरु,
एकनास मलाई हेरीमात्र रहन्छ्न
चुपचाप छन,केहि बोल्दैनन,
मेरो भाग्यहीन अध्यारो जीवनको
अनौठो कथा पड़ीमात्र रहन्छ्न
एउटा बैज्ञानिक मशीन जस्तैअथक
जुटी रहन्छु/ आफ्नै दुनियामा

बिहानी सूर्यको पहिलो किरण संगै
यहाँ संघर्समा सामेल हुनुपर्छ
पसीनाका धाराहरुले नुहाउदै,
रगत सुकाएर मालिकलाई रुझाउनु पर्छ,
यो अनन्त युद्घमा मैले कहिलै हार्नु हुन्न रे
यदि हारेमा/ती कोदालाहरुले जितेमा मैले
मेरो देशलाइरेमीटेन्सदिन सक्दिन रे ,
मेरो मातृभूमिका भुडे हाकिमहरुको खाल्ती रित्तो रे,
त्यसैले, मैले कहिले पनि हार्नु हुन्न,
मैले सधै युद्घ जित्नु पर्छ

कैले काही यहाँ मेरो देशका मन्त्रीहरु आउछन
तारे होटलहरुमा हाम्ले कमाएको पसीना बगाउछ्न,
सुन्दर सुन्दर मानिसहरु संग नाच्छ्न, गाउछ्न
मीठा मीठा चिप्ला चिप्ला सब्दहरुले हामीलाई फ़काउछ्न/फुलाउछ्न,
हाम्रो स्थिति उनको चासोको बिषय हुदै होइन रे
मोझ मस्ती सकेर,
फर्कंछ्नसुकिला जहाजहरूमा
हामी यो ४२ डिग्रीको तातोबाट
धुलोहरुको पर्दा खोली उनलाई हेरी रहन्छौ
त्यों मेरो देशको क्षितिज सम्म
सायद उनले देख्दैनन होला
(प्रस्तुत कबिताको बाकी अंश अर्कै फन्टमा भएकोले, पुनः लेख्ने समय नभएको हुदा यती मात्रै पोस्ट गरिएको खुमजी तपाइले कृपया नेपालीउनिकोडमालेख्नु भए सजिलो हुने थियो)

Advertisements

One Response

  1. नेपाली मन अनादी कालदेखि यसरी नै बाँचिरहेको छ। आफ्नै देशमा शरणार्थी भएको छ, विदेशमा रगत-पसिना बगाएको छ र सधैँ भोको पेट बस्न बाध्य भएको छ। यो जर्जरताको समाप्ति कहिले हुने होला?

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: