पुनस्थापना पछिको एक बर्ष-धेरै आशा,थोरै उपलब्धि.

तिलक आत्रेय
(अमेरिका)
आज जुलाई २ तारिक। ठीक आजकै दिन गत बर्ष अमेरिकाले मानवताका आधारमा अघि सारेको तेश्रो मुलुक पुनास्थापन कार्यक्रम अर्न्तगत म अतृप्त सपनाहरुको पोको बोकेर यो मुलुक छिरेको थिए। त्यस दिन अपरान्हको करीब ४:३० बजे म चडेको प्लेन न्यूयोर्क सिटीको सबै भन्दा ठुलो बिमलस्थल जे. ऍफ़. के अंतरास्ट्रीय बिमानस्थलको आकसबाट अवतरणका लागी ओर्लदै थियो। बिमनको झ्यालबाट देखिएका अग्ला अग्ला गगनचुम्बी भवनहरु, हतारिदै दौडिरहेका अनागिन्ति मोटरहरु, लामा सर्प जस्तै देखिने मेट्रोरेल, हरिया पार्कहरु, एयरपोर्टमा देखिएका बिशाल बिमानहरु- यी सबै दृश्यहरुले अवाक् भएको म अमेरिकाको माटो छुनलाइ आतुर थिए। केही क्षणमै जहाजका स-साना चक्कले जे.ऍफ़. के को रनवे छुयो। ह्रदय हलुका भएको आभास भयो मलाई-कारण म त्यस पल बिश्वको सबै भन्दा सक्तिसाली रास्ट्रमा प्रथम पाहिला टेक्दै थिए, अवसरहरुको खानी भित्र प्रवेश गर्दै थिए।

सानै छदा देखिनै म अमेरिका प्रति बिषेश चासो दिन्थे। अमेरिका र अमेरिकासंग सम्बंधित प्राय सबै छीज प्यारो लाग्थ्यो। अमेरिकाको झण्डा देखि लिएर अमेरिका लेखिएको टी-सर्ट समेत मलाई मन पर्थ्यो- तर त्यस प्रकारको मेरो अमेरिका प्रतिको त्यस्तो क्रेज़ किन थियो मलाई थाहा थिएन/छैन। तर त्यति खेर मैले बुझेको अमेरिका र वास्तविकतामा मैले धेरै ठुलो भिन्नता भने पक्कै पाए आझ। यथार्थतालाइ नकेलाई खाली समाचार, वेबसाइट, मैगजीन, समाचार कै भरमा अमेरिका बुझेको ठान्ने कोही छ भने म उसलाई आफु जस्तै मुर्ख मान्छु। जे होस, आफुले सोचे भन्दा अलिक भिन्नैको अमेरिका पाईएता पनि साँचो अर्थमा पुनस्थापना पश्चात मेरो जीवनमा केही सकारात्मक परिवर्तनहरु आएका भने पक्कै छन। अमेरिका बसाईका ३६५ पानाहरु पलटाएर हेर्दा आशातीत नभए पनि केही उल्लेखनिय उपलब्धिहरु हाँसिल गरिएको मान्छु म । अमेरिका बसाईको एक बर्ष भित्रमा जून सफलता या परिवर्तनको आशा गरिएको थियो त्यों पाइएन- सायद मेरो ब्याक्तिगत क्षमता, अमेरिकाको आर्थिक मन्दी, क्यालिफोर्निया जस्तो महंगो राज्यको बसाइ, समाजीकरणको समस्या, आदिलाइ मैले दोष दिनु पर्ला।
एक बर्षको पहिलो उपलब्धि म बर्सौ देखि मेरो निदारमा टासिएको शरणार्थी सब्दको हटाऊ लाइ लिन्छु। आफ्नो परिचय संग संगै ‘भूटानी शरणार्थी’ जोडनु पर्ने जून बाध्यता थियो हिजो सम्म त्यों रहेन-म अब भूटानी अमेरिकी हूँ, न की भूटानी शरणार्थी। शीर निहुराएर आफ्नो परिचय दिनु पर्ने बिवाश्ताबाट टाडीसकेको छू। त्यसो त नेपालका नेपालीहरुको शरणार्थीप्रतिको जस्तो दृष्टीकोण छ, ‘शरणार्थी’ सब्दलाइ धेरै जसो नेपालीहरुले जून परिभाषा दिनछन त्यस भन्दा नितान्त फरक ढंगले परिभाषित छ यो सब्द यहाँ। अमेरिकामा शरणार्थीलाइ मानवताका आधारमा सहयोग र सहानुभूति दिने मानिसहरु धेरै पाइदोरहेछ। यी अनगिनती मानिसहरु र उनिहरुका मानवताबादी संग-संगठनहरुबाट पाइएको माया, मदत, सहानुभूतिलाइ पनि म यो १२ महीने समयको कमाई मान्दछू जून मैले १७ बर्षसम्मको नेपाल बसाईमा कहिल्यै पाइन।
पुनस्थापना पस्चातको यो समय सम्ममा मलाई मेरो ब्याक्तिगत जीवन स्तरमा पनि ठुलो परिवर्तन आएको महसूस हुन्छ। सिबिरको धुलो, धुवा, प्रदुषित वाताबरण, अभाब, रोग, दुखाई, त्रासबाट म कोसौ टाडा छू। भयरहित जीवन जीउन पाइएको छ।
अमेरिका बसाईको अर्को उपलबधी मन्छु म आत्मनिर्भरतालाइ। झण्डै दुई दशक लामो कहालिलाग्दो सिबिर बसाईमा सधै अर्काको भरमा पेट भर्नु पर्यो। कति पटक त संस्थाले दिएको खाद्यान्न नपुगेर भोक भोकै सुतेको तीता अनुभबहरु मन भित्र अझै ताजा छन। तर आज म आत्मानिर्भर भएको छू। गाँस र बासको लागी कसैको आसमा बाच्नु परेको छैन। पेट खाली हुदा कसैलाइ पर्खेर मुख बाउनु परेको छैन। आफ्नो खुट्टामा उभएको छू। आफै काम गरेर जिएको छू। र आफ्नो पसीनाको कमाइको मूल्य बुझेको छू।
अमेरिका बिश्वका झण्डै २०० रास्ट्रहरुबाट आएका नागरिक हरुको साझा थालो हो। बिभिन्न जात, समुदायका मानिसहरुको साझा घर हो । नेपालमा रहदा भूटानी र केही नेपालीहरु संग मात्रै घुलमिल हुने मौका पाएको मैले अमेरिकामा संसारका कुना कुनाबाट आएका मानिसहरु संग अंतर्क्रिय गर्ने, संगै काम गर्ने,उनिहरु बाट कला, शिप र दक्षता सिक्ने शुभ अवसर पाएको छू । राष्ट्रका मनीषहरु बाट नया नया प्रब्रिदी ज्ञान लिने मौका पाएको छू। बैज्ञानिक आविष्कारहरुको धेरै नगीच बाट नीहालने अवसर मिलेको छ। बिकसित प्रब्रिदिको उपभोग गर्न पाइएको छ।

तर पुनस्थापित जीवनका काला पाटाहरु पनि छन। यो ठुलो र मिश्रित समाज संग मिल्न धेरै समय लागने रहेछ। जिहिले पनि हांसको बथानको बकुलो जस्तै लाग्छ आफुलाई। मेरो अमेरिका पुनस्थापनाका सुरुका दुई महिना जीवन कै सबै भन्दा कठिन रहे। यो बिरानो सहरमा, यो रंग उडिसकेको फोस्रो अनुहार लिएर जागिरको खोजी गर्दै पसल, कम्पनी र डिपार्टमेन्टल स्टोरहरुका ढोका ढोका चाहारेर हिडे। न कोही रेफ्रेन्स, न कुनै वर्क हिस्ट्री, काम पाउन निक्कै मुस्किल पर्यो। एका तीर मोटर संग थोक्किने डर अर्को तीर हराइन्छ की भन्ने त्रास। बस चडेर डूलौ भने काहा कसरी के गरि चड़ने थाहा थिएन। टन्ट्लापुर घाममा कामको खोजी गर्दै पैदल हिडेर सहरका कुना काप्चा चाहारेको थिए मैले।

यसरी सिबिर बाट पुनस्थापना भएको एक बर्ष केही तीता केही मीठा अनुभबहरु संग संगै बित्यो। हेर्दै जाऊ आउदा दिनहरू, आउदा बर्षहरुले कास्तो र कुन मोडमा पुर्याउने हो यो जीवनलाइ।

Advertisements

One Response

  1. tilaka aatreyajiko lekha ati nai manparyu bastabamaa schchaa kura warnana bhayeko cha .saayad yasale sabaiko man awashya chhunecha bhanne aashaa liyeko chhu dhannyabad bhai !!!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: