अमेरिकाको मेडिकल खर्च- पहुँच भन्दा धेरै माथी

(Bhutanusa.com) अमेरिकी जीवनको सबै भन्दा नैरास्यपूर्ण पाटो हो- औषधि उपचार। महिनौ लगाएर कमाएको पैसा कथनकदाचित बिरामी परी एक दिन अस्पताल बस्नु परेमा सबै सिधिन्छ।त्यसो त पुनस्थापना पछिका ८ महिनासम्म भूटानीहरुलाइ यो समस्यले च्याप्दैन कारण उनिहरुसंग मेडिकल कुपोन हुन्छन, अस्पतालमा त्यों कार्ड(कुपोन) दिएपछि सबै कुरा समाधान हुन्छ। कुनै पनि स्वस्थ्य सम्बन्धीको सेवाका लागी पैसा तिर्नु पर्दैन तर आठ महिना पछि जब यो मेडिकल कुपोन एक्स्पाईर हुन्छ,तब कथाले अर्कै मोड़ लिन्छ। त्यस पछि मेडिकल सम्बन्धीको सबै खर्च आफैले बेहोर्नु पर्छ। हॉस्पिटलमा उपचारका लागी गएको केहि दिन देखि औसधिका बिलहरु घरमा आउन थाल्छन, छिटो तिर्न आग्रह गर्छन, नतिरेमा क्रेडिट कम्पनी लाइ फोर्वार्ड गर्ने र आफ्नो क्रेडिट खत्तम हुने चेतावनी दिन्छ्न । भर्खर क्रेडिट बनाउन थालेका भूटानीहरुका लागी चुपचाप तिर्नुको बिकल्प छैन। अमेरिकामा औसधिको दाम जति महँगो छ, त्यति नै खर्चिलो छ मेडिकल सम्बन्धीका सेवाहरु। खर्च गरे अनुसारको उपचार त हुन्छ तर एउटा सानो समस्यका कारण डाक्टरलाइ हेर्नु परेमा पुरै एकदिन बिताउनु पर्छ। हॉस्पिटलमा लामो लाइनमा बस्नु पर्छ।कैले काही त लाइनमै बस्दा बस्दै पनि उज्यालो हुन्छ- तर डाक्टर भेट्ने पालो आउदैन।

यहाँ क्यालिफोर्निया ओकल्यान्डको एउटा अस्पतालमा हिजो राती  डॉक्टर भेट्ने पालो कुरेर बसेका बिरामीहरु

यहाँ क्यालिफोर्निया ओकल्यान्डको एउटा अस्पतालमा हिजो राती डॉक्टर भेट्ने पालो कुरेर बसेका बिरामीहरु


हल्का फुल्का बिराम भएमा पनि नेपालको जस्तो पसलबाट औसधि किन्ने र खाने कुरै हुदैन, प्रेस्क्रिप्शन बिना दबाई दीइदैन। प्रेस्क्रिप्शनका लागी काम कुरा थांती राखेर पुरै दिन बिताउनु पर्ने हुन्छ। प्रत्येक पटकको डॉक्टर भेटमा कम्तिमा ९० डलर लाग्छ, औषधिको खर्छ परै राखौ। त्यसो त कुनै कुनै स्टेटहरुले गरीब, रोजगार नभएका, कम आयश्रोत भएकाहरुको लागी मेडिकल सेवा सित्तैमा गरिदिने या मेडिकल खर्च आधा आफुले र आधा हॉस्पिटलले तिर्ने (को-पे) जस्ता फ्यासिलिटिसहरु पनि हुन्छ, तर यसमा क्वालीफाई हुन निक्कै गार्हो छ।
अमेरिका आएका करीब २/३ भूटानीहरुमा इनक्टिव टी.बी. भेटिएको छ, आई.ओ.एम् को मेडिकल पास गरिएको भएता पनि यहाँ स्किन टेस्ट बाट टी.बी पत्ता लगाइदिन्छ, र ९ महिना सम्म औषधि खानु पर्छ, जब की मेडिकल कुपोन ८ महिना मै सिधिन्छ। बाँकी एक महिनाको खर्च पुरै गर्नु पर्छ। मेरो आफ्नै कुरा गर्नु पर्दा, यो मेडिकल कूपन ४ महिना मै काटियो र बाँकी ५ महिना सम्मको टी.बी.को औषधि आफ्नै खर्चले गरें। यो टीबीको औषधि पुरा नभै र मेडिकल क्लेअरेन्स नभए सम्म ग्रीनकार्ड न दिइंदो रहेछ।

त्यस्तै अर्को खर्चालू पक्ष हो- डेन्टल सर्विस या दाँत सम्बन्धीको उपचार। बर्षमा दुई पटक या नभए एक पटक डेंटिस्ट कहा जानू पर्ने सम्बंधित बिशेशाग्यहरु बताउछ्न। तर एक पटक गएको, एकै पटक दाँत सफा गरेको साधारणतय 600 देखि हजार डलर जति लाग्दो रहेछ(क्यालिफोर्नियाको हकमा कुरा गर्नु पर्दा)। फेरी दाँत किराले खाएको, फुकल्नु पर्ने, या अन्य समस्याहरुको त कुरै अर्कै।
अमेरिकामा कसैलाई इमरजेंसी पर्यो भने ९११मा कल गर्नु पर्छ र केही बेर पछि मेडिकल बिशेश्ग्यका साथ एम्बुलेंस आउछ र बिरामीलाइ अस्पताल लान्छ, तर यो सेवा पनि अति महँगो छ। यहाँ क्यालिफोर्नियामा गत बर्ष एक जना भूटानी मित्रलाइ यस्तै आपत परेर एंबुलेंस बोलाउनु भएको थियो आधा रातमा। उनलाई अस्पताल पनि लगियो एम्बुलेंसमै राखेर तर १५ दिन पछि लगभग १२०० सय डलरको बिल मेल बक्समा आएछ। धन्न उनीसंग त्यस बेला मेडिकल कूपन थियो र बांचे नत्र के हुन्थ्यो होला उनको हाल। यसरी अमेरिकाका अस्पतालमा औषधि उपचार गर्नु धेरै खर्चिलो हुने गरेकाले कति नेपाली दाज्यूभाईहरु अलिक खर्चालू रोग लागेमा, मेजर सर्जरी गर्नु परेमा, दाँत सम्बन्धी गंभीर समस्या आएमा नेपाल गई केही महीना बसेर उपचार गरी फर्केर आउदा रहेछन। खर्चका हिसाबले अतिउत्तम उपाय रहेछ त्यों। नेपाल पनि हेरिने, परिवार पनि भेटीने र उपचार पनि सस्तैमा गरिने- कत्ति मज्जा!
यहाँ नेपालको/शरणार्थी सिबिरको जस्तो धुलो धुवा हुदैन, तर पनि अनेक थरिका रोगहरु लाग्न सक्छ हामीलाई। हामी धेरै होसियारी हुनु पर्ने हुन्छ। मोटर दुर्घटना देखि लिएर कारखानामा काम गर्दा उपकरणहरुको दुर्घटनामा हामी पर्न सक्छौ। जसले गर्दा दुःख, कष्ट सहेर कमाएको हाम्रो कमाई एकै छिनमा पानीमा बग्न सक्छ। त्यसैले हामी सबै सजक होऔ, आफ्नो स्वाथ्यको धेरै हेरबिचार गरौ। समय छदै होसियारी अपनाइएमा हामी आफैलाइ फाइदा हुन्छ।
(PRAKASS)

Advertisements

2 Responses

  1. oh…..is it fact ? I really love your way of writing.

  2. good news…..prakash ji…..

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: