पेन्सिलभेनियामा एक नेपालीको असामहिक निधन

स्थानीय एक नेपालीको वैवाहिक भोजमा आफ्नो काम सकेर आइपुगेर सबैसँग भेटघाट गरी रमाइलो गरी मनाइ २५ मिनेट टाडा गाडी चलाएरै आफ्नो कोठा पुगेका ईश्वर गान्धारी गत सोमबार विहान आफैं बसेको अपारटमेन्ट विल्डिङको बाहिर मृत अवस्थामा फेला परेका छन् । गोर्खा घर भएका गान्धारी गत पाच बर्ष अगाडि देखी नै अमेरिकाको पेन्सिभेनियामा बस्दै आएका थिए। स्थानीय एक नेपालीको वैवाहिक भोजमा जुलाई ५ को आइतबार राती झण्डै पौने एघार बजे आफु काम गर्ने रेस्टुरेन्टका ईण्डियन र मेक्सिकेन साथीसँगै अबेर आइपुगेका ईश्वरले आफुले काम गर्दै आएको रेस्टुरेन्टमा पनि राती अबेरसम्म काम गरेका थिए। राम्रैसँग भोजमा सरिक भएर घर फर्किएका ईश्वरलाई आफ्नै अपार्टमेन्टको बाहिर म्रित आवस्थामा प्रहरीले फेला पारेको थियो भने उनका अन्य दुई साथीहरुले हेर्दा ईश्वर गान्धारी नै भएको पुस्टी गरेका थिए ।

Ishwar gandhaari

Ishwar gandhaari of Gorkha, Nepal

पाच बर्ष अघी डिभी परेर अमेरिका आएका ईश्वरले तीन साता अघी मात्रै नागरिक बन्न दिएको परिक्षामा उतीर्ण भएका थिए भने नजिकैको सुल्तान ईण्डियन रेस्टुरेन्टमा कार्यरत थिए। दुई बर्ष अघी मात्रै विवाह गरेका ईश्वरको श्रीमती र आफ्नो परिवारले अन्तरजातिय विवाह भनेर मन पराएका थिएनन भने उनले आफ्नी श्रीमती र छ महिनाको छोरालाई काठमाडौंमा एक्लै राखेका थिए। उनीहरुलाई यतै ल्याउन तयारीमा रहेका ईश्वरले प्रेम विवाह गरेका थिए । आफैं बसेको अपार्टमेन्टको तीन तलामाथिबाट राती नै खसेर मृत्युभएका इश्वरले आफैं हामफालेर मृत्यु भयो या कसरी मृत्यु भयो भन्ने शंकाका कुरा भए पनि स्थानीय प्रहरीले अझै छानविन गरिरहेको र हालमा शब हेर्न प्रहरीले कसैले पनि दिएको छैन भन्ने जानकारी नेपाली पोस्टलाई उद्ति गर्दै समाजसेवी विमल मोक्तानले बताए ।
गैर आवासीय राष्ट्रिय को-अर्डिनेशन काउन्सिल अमेरिकाले सबैसँग सहयोगका लागि अपिल गर्दै ”इश्वर गान्धारी” फण्डको स्थापना गरेको छ। असामहिक निधन भएका ईश्वरको अन्तेस्टीका साथै उनको शोकाकुल परिवारलाई सहयोग गर्न भुटानयूएसए डटकम सबैमा अनुरोध गर्दछ। सहयोग गर्न इच्छुक सबैले नेपलिज अमेरिकास काउन्सिलको वेबसाईटमार्फत सहयोग गर्न सक्नुहुनेछ। अन्य जानकारीको लागि तपाईंहरुले नबिन (484 686 6366),कमल शर्मा ( 215 460 7266), बिमल मोक्तन (484 557 2066), देब(609 213 ७०६३)मा सम्पर्क गर्न सक्नु हुनेछ। उनको निधनले हामी सबैलाई मर्माहत बनाएको छ। दिवङगत आत्मालाई चिरशान्तीको कामना।
(Non Resident Nepalis National Coordinating Council will be assisting for the fund raising and has committed $250.00 for the cause. Obvious expenses includes about $2500.00 for the funeral. Remainder of the raised money will be given to his family for their travel to US for creation and for his kid and wife.)
Purusottam
(Pennsylvania)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: