भुटान मानब अधिकार संघद्वारा हरीलाल अधिकारीको हत्या प्रती दु:ख ब्यक्त

भुटान मानब अधिकार संघले हरीलाल अधिकारीको हत्या प्रती दु:ख ब्यक्त गरेको छ। हत्या भएको दुई दिन पछी आज एक बिज्ञाप्ती निकाल्दै भुटान मानब अधिकार संघले त्यस्तो निन्दनिय कार्यको घोर भत्सना गरेको छ। बिज्ञाप्तीमा भनिएको छ,पुनर्स्थापित भुटानिहरु अमेरिकामा आफ्नो सुरक्षाको साथै बसाइसराइ बारे चिन्तित छन। बिज्ञाप्तीमा ठुल्ठुला घरहरु र चिल्लो गाडी चडेको भिडियो र समाचार देखाएर भुटानि शरणार्थीहरुलाई तेस्रो देश पुनर्स्थापनामा लोभ्याउने काम गर्ने यूएनएचसिआर,आइओएम लगायत पुनर्स्थापनामा लागेका संघ संस्थाहरुलाई यो दु:खद घटनाले ठुलै धक्का दिएको उल्लेख गरिएको छ। भुटान मानब अधिकार संघका अध्याक्ष्य रहेका एसबी सुब्बाले बिज्ञाप्तीमा अमेरिकि सरकारसँग पुनर्स्थापित भुटानिहरुको सुरक्षाको माग गरेका छन।
उता शरणार्थी सिबिर भित्र यो घटनाले पुनर्स्थापनाको पालो पर्खिएर बसेका केही शरणार्थीहरु साथै भुटान फर्किन बसेका भुटानी शरणार्थीहरुको मनमस्तिष्कमा अनेकौ प्रश्नहरु तेर्साइदिएको छ तर पनि पुनर्स्थापना इच्छुक अधीकाङ्श शरणार्थीहरुमा भने त्यस्तो कुनै परिवर्तन देखिएको छैन । हाम्रा बेलडाङीका मित्र अर्जुनका अनुसार शरणार्थी सिबिर भित्र अचेल सबैजसो भुटानिहरु यो घटना बारे कुराहरु गरिरहेका हुन्छन। सिबिर भित्र अझै पनि यो घटना बारे केहीलाई नराम्रो जानकारी भएको पाइएको वहाँले बताउनु भयो। “हरीलालको हत्या उनले काम गर्ने गरेको स्टोरमा नै भएको लगायत उनको परिवारले घरको किराय तिर्न नसकेर हरीलालको हत्या गरिदिएको जस्ता भ्रमक जानकारीबाट अझै केही शरणार्थी ग्रस्त रहेका छन। शरणार्थी सिबिर भित्रको शैक्षिक कार्यक्रममा यस्ले केही प्रभाब पारेको छैन। भुटानी शरणार्थी भित्र कै केही क्रान्तिकारी संगठनहरुले यो पुनर्स्थापनाको कार्यक्रम रोक्ने धम्की दिएको हल्लाले फेरी पनि कतीपय भुटानिहरु अझै चिन्तित भएका छन तर त्यस्तो कुनै लेखित रुपमा काजतपत्र अथवा पर्चा भने पाइएको छैन। भुटानि शरणार्थीहरुले आइओएमबाट यो घटना बारे प्रतिकृयाको आशा गरे पनि दमक स्थित पुनर्स्थापनामा संलग्न आइओएमले भने कुनै लिखित प्रतिकृया दिएको छैन। यो दु:खद घटनासँगै भुटानि शरणार्थी पुनर्स्थापनाको कार्यक्रमका साथै पुनर्स्थापित भुटानिहरुको सुरक्षामा ठुलो प्रश्न चिन्न उत्पन्न भएको छ ।

Advertisements

One Response

  1. i feel sorrow on the untimely death of our native friend hari lal adhikari dont leave the criminal with out judgement give him troble every time than he can know what is life .we pray his depart soul will get peace in haven

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: