अधिकारीको हत्यामा संलग्न एक अपराधि पक्राऊ(updated with video)

फ्लोरिडामा गत आइतबार भएको भूटानी शरणार्थी हरी अधिकारीको हत्यामा संलग्न भएको आशंकामा आज बिहान त्यहाको प्रहरीले एक अपराधीलाइ गिरफ्तार गरेको छ। स्थानीय न्यूज़पोर्टल ज्याकसनभील डटकमले स्टेट अटोर्नी मार्क सलिएलको स्रोतलाइ उदृत गर्दै लेखेको समाचार अनुसार पक्राऊ गरिएका २१ बर्षीय कुख्यात अपराधी ट्रूमैन ब्रान्च हुन।

Trumaine Branch, the suspected Killer nabbed by the Police.(Photo:firstcoastnews.com)

Trumaine Branch, the suspected Killer nabbed by the Police.(Photo:firstcoastnews.com)


मृतक अधिकारीको लुटिएको सेलफोनमा आएको कलका आधारमा हत्यारालाइ पक्राऊ गरिएको हो। हत्या भएको केही घन्ट पछि ब्रान्चकी प्रेमिकाले उक्त नम्बरमा कल गरेकी थीइन। प्रहरीले कल ट्र्याकिंग गरी उनकी प्रेमिकाका मध्यमबाट आफ्नै निवास नजिक ब्रान्चलाइ आज बिहान करीब ४ बजे पक्राऊ गरेको हो। ज्याकसनभीलडॉटकॉमले लेखेको छ घटनाका सम्बन्धमा आफु अनभिज्ञ रहेको नाटक गरेको उक्त अपराधीलाइ हाल हिरासतमा राखीएको छ र भोली कोर्टमा उपस्थित हुने बुझिएको छ। भिडियो हेर्न यहाँ क्लिक गर्नु होला।

अदालतको रेकोर्डका अनुसार हत्यारा ब्रान्च बिगतमा बिभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको र जेल समेत बसेको बुझिएको छ। अधिकारी नया भएको र यस्ता नया शरणार्थीहरु धेरै परिश्रम गरि पैसा कमाउने र बैंकमा नराखि खल्तीमै बोक्ने भएकाले उनीमाथी त्यस अपराधीले हमला गरेको प्रसाशनले बुझेका छन। बिगत ५ बर्षमा ज्याकसनभीलमा हरीअधिकारी लगायत १८ जन यस्ता नया इमिग्रेंटहरुको ह्त्या भैसकेको छ।

उता यस समाचारले ज्याकसनभील स्टोनमोन्ट अपार्टमेंट्समा रहेका मृतकका परिवारले केही हदसम्म राहातको महसूस गरेका छन। हिजै मात्र करीब ६० जना भूटानीहरुको अधिकारीको अपार्टमेन्टमा भएको भेलाले घटनाका अपराधीको खोजी गर्न र सक्त कारबाही गर्न प्रशासन समक्ष आवाहन गरेको थियो र त्यसको लगतै आज बिहानै आएको हत्याराको पक्राऊको समाचारले त्यहाका भूटानीहरुमा आशा छाएको छ की अपराधीलाइ हद सम्मको कारबाही गरिने छ र भोली अर्को भूटानी त्यसको निसान बन्ने छैन।

समाचार पोर्टलका अनुसार शरणार्थी पुनस्थापना गर्ने त्यहाको अजेंसी वर्ल्ड रिलीफ़का निर्देशक एलेन कार्सनले अधिकारी परिवारलाइ त्यस अपार्टमेन्टबाट अन्यत्रै सारिने योजना बनाइएको बताएका छन। त्यसै गरी हाल अधिकारी परिवार बस्दै आएको अपार्टमेन्टमा सिक्यूरिटी कैमरा जडान गरिने, बत्तीहरु थापिने र सकेसम्म सुरक्षाकर्मीलाइ एउटा अपर्मेंट दीइने अपार्टमेन्टका मेनेजरले बताएको जानकारीमा आएको छ।

त्यसै गरी हाम्रा फ्लोरिडा ज्याकसनभिलका मित्र गोबिन शर्माका अनुसार हरीलालको शब हाल प्रशासन समक्षनै रहेको र करीब ८ दिन सम्म रहने बुझिएको छ। उनको काजक्रियाको लागी ज्याकसनभीलका भूटानी, नेपाली र अन्य संघ-संघठनले सामूहिक सहयोग गर्ने कुरा भैरहेको वहाले बताउनु भयो।

Advertisements

8 Responses

  1. I FELT EXTREMLY SORRY FOR THE innocent refugee HARI ADHIKARI WHO WAS KILLED IN USA……..I WANNA APPEAL USA GOVERMENT ORGANIZATION AND FBI TO FIGURE OUT who killed him and give victim family justic….”””’

  2. The bhutanese community of Viriginia(roanoke)would be like to give a whole life in a prison to a morder……..

  3. We, pray to god that departed soul of hari Adhikar will rest peace in heave with grief and isolation.

  4. he should be given a cruel death penalty accroding to my view.

  5. we are so sad to heart that the innocent person has been killed with no reason.The criminal must be punished so that no one can try to repeat the crime again.we the dhakal family would like to give heartfelt condolence to Adhikari family.Let them have a good support from the Us govt.not to lose their hope for for forthcoming year.

  6. When we heard about the demise Hari Adhakari we are so shocked.Really we lose one of the youth from bhutanese community.This unexpected death of Hari Adhakari makes so sad for whole bhutanese community in Syracuse, New York.
    We would like to give heartfelt condulence to the family and his relatives at the untimely demise of Mr Hari Adhakari.We will pray to the god the hie departed soul will be in rest in heaven.And also we will poray to god that such type of accidient never be occur again for whole bhutanese people and also to other too.

  7. Hari We are Miss you.!!!!!!!!!!

  8. do not leave the criminal who do the crime
    he need to be punished
    security should be given to those helpless refugee who r taken from different country

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: