लश भेगासमा पुनर्स्थापित भुटानि लुटिए

भुटानि शरणार्थी सिबिर पथरीबाट अमेरिकाको नेवाडा राज्य अंतर्गत लस भेगासमा पुनर्स्थापित एक भुटानि खेम तिम्सिनालाई केही हतियारधारी समुहले लुटेको समाचार हामीलाई प्राप्त भएको छ। लस भेगास स्थित हाम्रा सम्बादाता लच्छु पौडेलका अनुसार, छ महिना अघी मात्रै त्यहा पुगेका खेम नजिकैको अल्गोनकुइनस्थित एक स्टोरमा काम गर्दै छन। सदा झै आज पनि काम सकेर फर्किने क्रममा उनलाई बिहान करिब ५ बजेको समयमा हतियार बोकेका लुटेराहरुले इस्टन रोड नजिकै रहेको बैकिङ रोडमा लुटेको जनाइएको छ।

पाच जनाको परिवार भएका खेमलाई लुटेराहरुले पेस्तोल देखाएर सबै सामान नदिए मारिदिने धम्की दिएका थिए। पैसा भन्दा ज्यान ठुलो हो भनेर आफुसँग भएको सबै सामानहरु झिकेर दिएको खेम तिम्सिना बताउनु हुन्छ । कामबाट फर्किरहेका खेम तिन्सिनाको साथमा बिल तिर्न भनी बोकेको २०० डलर पैसा,क्रेडिट कार्ड , सोसल सिक्युरिटी र अन्य केही कागजपत्रहरु रहेको र ति सबै सामानहरु लुटेराले लगेको बुझिएको छ।
पुनर्स्थपनाको कार्यक्रम मार्फत उक्त सहरमा बसोबास गर्दै आएका भुटानिहरुको संख्या ८० पुगेको छ भने धेरै जसो भुटानिहरु क्यासिनोमा काम गर्ने गर्छन्। त्यहा भुटानिहरुमा पहिला त्यस्तो कुनै घटना नभएको र यो घटना का साथ साथै त्यहा पनि पुनस्थापितहरु सुरक्षित नरहेको महसुस गर्न थालिएको छ। स्मरण रहोस् फ्लोरिडाको हरी हत्या काण्ड पस्चातको करीब ५ दिन भित्रमा अमेरिकाका बिभिन्न राज्यमा पुनस्थापित भूटानीहरुमाथी लुटेराहरुबाट भएको यो तेस्रो हमला हो। यस अघि एक दिनको अन्तरालमा क्यालिफोर्नियामा दुईवटा यस्तै आक्रमणका घटना भएका थिए जसमा पीड़ितहरु पिटिएका/लुटिएका छन।

समुदायको उत्थान र सर्बांगिण हितका लागी भनेर बिभिन्न राज्यहरुमा च्याऊसरी खोलिएका भूटानीहरुका अनगिनती संगठनहरु भएता पनि फाटफुट केहीले मात्रै (फुर्सद हुंदा) पुनस्थापितहरुको सुरक्षाका बारेमा बोल्ने गरेका छन। यस्ता दुर्घटना प्रति सम्बंधित निकायको ध्यानाकर्षण गर्न तीर कोही लागी परेको देखिन्न।
। आखिर कहिले सम्म त्रसित र असुरक्षित भएर बाच्नु पर्ने हो भुटानिहरुले ?

Advertisements

One Response

  1. All these groups and association aren’t doing anythings for the one who are in danger. All people in all states are insecure so it is the responsibility of these groups to talk in higher level and ensure our safety.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: