मलाई हातकडी लगाएर पिटियो,-रतन गजमेर

अध्यागमन विभागले नियन्त्रणमा लिईएको बेला आफूहरुलाई हथकडी लगाएर कुटपीटसमेत गरिएको आरोप भुटानी मानवाधिकारवादी नेता रतन गजमेरले लगाएका छन्, नेपालबाट चलाइएको न्युजपोर्टल नागरिकन्युजले आफ्नो अन्लाईन समाचारमा लेखेको छ। पत्नीसहित शनिबार अष्ट्रेलियाबाट आएका उनलाई भिसा नभएको भन्दै अध्यागमनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियन्त्रणमा लिएको थियो। त्यसपछि उनलाई गौशालास्थित वडा प्रहरी कार्यालय चलान गरिएको थियो। रतन गजमेरको भनाइका अनुसार उनीसगै साथमा रहेकी श्रीमतीलाई पनि त्यहा यातना दिइएको थियो।

उक्त पोर्टलले गज्मेरलाई उद्रित गर्दै अगाडि लेखेको छ्, ‘नियन्त्रणमा लिँदा अध्यागमन विभागले म प्रति सामान्य मानविय व्यवहार पनि देखाएन’ सोमबार भेट्नका निम्ति प्रहरी कार्यालय पुगेका राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य सुदिप पाठकलगायतलाई उनले दुःखेसो पोखे ‘म उच्चरक्तचापको विरामी हुँ भन्दा भन्दै औषधी खान समेत दिएनन्। दुई घन्टासम्म हथकडी लगाएकै बेला कुटपीट समेत गरे।’अध्यागमनले गजमेर दम्पत्तिलाई सोमबारै मुक्त गरेको छ।

भुटानी मानवाधिकारवादी संस्था आहुराका प्रमुख संयोजक गजमेरलाई यतिबेला नेपाल सरकारले १५ दिनको भिसा दिएपछि नियन्त्रण मुक्त गरेको अध्यागमन विभागका महानिर्देशक माधवप्रसाद रेग्मीले बताए। उनलाई सिल्क एयरका कर्मचारी श्रीभुषण मानन्धरको जिम्मा लगाएर मुक्त गरिएको चौकीका निरिक्षक सन्तोष तामाङले वताए। यसअघि नेपालस्थित भुटानी शिविरमा बस्दै आएका गजमेर तेश्रो मुलुक पुनर्वास अन्तर्गत छ महिनाअघि अष्ट्रेलिया गएका थिए। आफन्त भेटघाट तथा शिविर घुम्ने इच्छाले नेपाल आएको गजमेरले त्यहा संचारकर्मीलाई बताए । शारिरिक आक्रमणका बारेमा सोध्दा अध्यागमन विभागका महानिर्देशकले कुनै प्रतिक्रिया दिन चाहेनन् जसले गर्दा उनीहरु माथि प्रश्न उठेको छ।

Advertisements

4 Responses

  1. keep him in jailed for whole life .because of him we are compelled to resettled in third country.

  2. i am not happy

  3. that is good for a lot reefugee and nepal sarkar not give to come to visit in reefugee camp

  4. If he was a true bhutanese leader he woul have never gone to Australia. He is an oppoptunist. He got be got this…..he should be jailed.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: