अर्का भूटानी युवकको निधन-ह्रदयघातबाट।

(bhutanusa.com),Aug.06, अमेरिकाको उत्तर पूर्बी राज्य मासाचुसेट्समा एक अर्का भूटानी शरणार्थीको आज बिहान निधन भएको छ। भूटानी शरणार्थी सिबिर पथरीबाट करीब ६ महिना अघि अमेरिका आएका २८ बर्षिया नन्दि किसोर खरेलको हृदय घातका कारण मृत्य भएको उनका मित्र तथा छिमेकी राकेस काफलेले हामीलाइ त्यहाबाट टेलीफोन मार्फतबताउनु भयो।

करीब ७ महिना अघि परिवार सहित तेस्रो मुलुक पुनस्थापना कार्यक्रम अन्तर्गत अमेरिका आउनु भएका स्वर्गीय खरेलले ४० दिन अघि मात्रै न्यूयोर्कको बुफ्यालो सहरबाट लीला तिम्सिनासंग बैबाहिक सम्बन्ध गसेका थिए। काफ्लेले हामीलाइ दिनु भएको जानकारी अनुसार एयरपोर्टमा काम गर्दै आउनु भएका मृतक खरेल शारीरिक तथा मानसिक रुपमा एकदम स्वस्थ थिए।

“उनलाई केही त्यस्तो बिराम थिएन । सदा झै आज बिहान करीब ३ बजे काम बाट घर आएर सुतेको केही बेरमै अनौठो आवाज निकाल्दै बेहोस भए पछि
तत्काल ९११ डाएल गरी हॉस्पिटल पुर्याउदा स्वस्थ्यकर्मी तथा बिषेश्ग्यहरुले उनको मृत्य भैसकेको घोसणा गरे”,अत्तालिँदै हामीसंगको कुराकानीमा काफ्लेले बताउनु भयो।

१६७ वालनट स्ट्रीट, अपार्टमेन्ट नम्बर २, चेल्सी, मासाचुसेट्स निवासी खरेलको मृत्यु कसैबाट आक्रमण गरिएर या कुनै प्रकारको आपराधिक दुर्घटनाबाट नभएको समाचार हाम्रो जानकारीमा आएको छ।

स्वर्गीय खरेलको शब हाल पोस्टमोर्टुमको लागी प्रशासन समक्ष छ र भोली बिहान ९ बजे परिवारलाइ दीइने जानकारी पनि हामीले पाएका छौ।

त्यसै गरि हामीलाइ प्राप्त एक अपुष्ट समाचार अनुसार युटा राज्यमा पुनस्थापित एक ८४ बर्षीय बृद्धा लाली माया पराजुलीको गत अगस्त २ तारिक निदन भएको छ। हाम्रा नियमित पाठक श्री घनश्याम दुलालले सल्टलेक सिटीबाट पठाउनु भएको समाचार अनुसार गत बर्षको सेप्टेम्बरमा तेस्रो मुलुक पुनस्थापना कार्यक्रम अंतर्गत युटाको सल्टलेकमा पुनस्थापित मृतक पराजुलीको पार्थिब सरीर गत अगस्त ४ तारिक मंगलबार हिंदू परम्परा अनुसार दाहसंस्कार गरियो।

दुलालले पठाउनु भएको समाचारका अन्तिममा सम्पूर्ण युटाबासी भूटानीहरु शोकाकुल पराजुली परिवारलाई हार्दिक समबेदा ब्यक्त गर्दछौ भनिएको छ।

भूटानयुएस परिवार यी दुबै घटनाका दिवंगतहरुको आत्माको चीरशान्तिको कामना गर्दै शोकसंतप्त परिवारजनमा समबेदाना प्रकट गर्दछ।

Advertisements

4 Responses

  1. I was really shocked to hear the untimely demise of Nandikishor Kharel. He was ever inspiring brother of mine. Let his soul may rest in peace in heaven. Let lord Pashupatinath provides enough courage for his family to bear the loss of him.

  2. IT IS VERY SAD TO HEAR THE UNTIMELY DEMISE OF MY EX. STUDENT IN AMERICA. HE WAS VERY SINCERE AND HARD WORKING PERSON. LET HIS SOUL MAY REST IN PEACE IN HEAVEN. MAY GOD GRANT THE COURAGE TO HIS FAMILY MEMBER TO BEAR THE LOSS OF THIS GREAT PERSON

  3. I am very much sad I can’t beleieve! he is my class mate I can’t write any more………………

    • We are shocked to hear the sudden and untimely demise of NandiKishor Kharel.At this hour of extreme grief, we express our heartfelt condolence to the bereaved family members and relatives and also pray to the Lord for the eternal peace of the departed soul.Let his departed soul rest in peace in heaven.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: