साहित्य शनिबार-

मेरी छोरीलाइ-एक पाठ

(तिलक आत्रेय)

छोरी तिमी,
युगोस्लाभियाको एक गरीब मजेरीबाट उठेर,
बिश्वमानबताको सेवामा लागिपरीरहने-
दुखाई र पीडाहरुमा मलम पट्टी गर्दै;
साराका मनभित्र कालान्तर बाँचीरहने
मदर टेरेजा हौ।

तिमी,
बन्दूक र बारूदमा जन्मिएकाहरुलाइ-
कलमका टुप्पाहरुले घोच्दै/ब्युंताउँदै
मानबअधिकारको अमूल्य पाठ पढाउन सक्षम
‘आयरन लेडी’ हौ श्रीलंकाकी।

तिमी,
घर भित्रैको एउटा कालो कोठरीबाट
प्रजातंत्रको शंखनाद गर्दै
बिश्वशान्तिको संदेश सुनाउने
आँग़साँग सुकी हौ म्यान्मारकी।

तिमी चावला हौ/राईस हौ
पासांग ल्हामो हौ/अलब्राईट हौ।
देश र जनताका खुसीका लागी छातीमा बम पटकाउन सकने
साहस, त्याग र तपस्यकी प्रतिमूर्ति बेनेजीर हौ।

त्यसैले,
मेरी प्यारी छोरी!, तिमी,
त्यों पाक्घरको सानो छिडीबाट बाहिर निस्कनु पर्छ,
घाँस दाउराका डोकाहरु मात्र होइन अब
ज्ञान, बुद्धि र बिबेक पोकाहरु बोक्नु पर्छ।
किन भने तिमी,
दोष, आरोप र अभियोगकी पात्र होइनौ अब
बच्चा जन्माउने मशीन मात्र होइनौ अब
तिमी परिवर्तनको नायिका हौ,
तिमी बिकास र सभ्यताको जादूगर हौ।

(केही समय अघि कान्तिपुर कोसेलीमा प्रकाशित)

Advertisements

One Response

  1. It’s sad to say that we all the girls forget who are we……… Relaxing and sex offender now we are……….i am not blaming all the girls but this what i found in USA…………………

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: