भुटानि शरणार्थी नेता र नेपालका प्रधानमन्त्री बिच भेटबार्ता

भूट्निज मुभमेन्ट स्टेरिङ कमिटिका सभापति टेकनाथ रिजाल र भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलले आज (बिहिबार) बिहान प्रधानमन्त्री माधवकुमार नेपाललाई उहाकै निवास वालुवाटारमा भेटेर ज्ञापनपत्र बुझाएको समाचार नेपालबाट सन्चालित समाचार पोर्टल सोलिडरिटी खबरले लेखको छ।
उक्त पोर्टलले लेखेको समाचार अनुसार वहाँहरुको भेट २० मिनट लामो मात्रै भएको र भेटका अवसरमा भुटानि नेताद्धय पौडेल र रिजालले लिखित रुपमा ज्ञापन पत्र बुझाएका थिए। ज्ञापन पत्रमा भनिएको छ,”विगतमा भूटानी शरणार्थी समस्या समाधानतर्फ सबैपक्षको सहयोग हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय सक्रितामा तेस्रो मुलुक पुनर्वास गराउने प्रक्रिया सुरू भैसकेको छ । शरणार्थीलाई पहिलो स्वदेश फिर्ति, दोस्रोमा शरणभूमिमा समायोजन र अन्त्यमा तेस्रो मुलुक पुनर्वासको ढोका खोलिनु पर्ने अन्तर्राष्ट्रिय प्रचलनको बेवास्ता गरी तेस्रो विकल्पलाई मात्र प्राथमिकता दिइँदा स्वदेश फर्कन चाहने शरणार्थी भूटानीहरूको आत्मामा ठूलो चोट पर्न गएको छ “।

आज सम्म कुनै पनी पहल निर्णायक नभएको र यो सरकारले भूटानी शरणार्थीहरूलाई तेस्रो मुलुक पुनर्वास र स्वदेश फिर्तिको कार्यक्रमलाई एकैसाथ अघिबढाउन सक्दो सहयोग गरिदिने छ भन्ने विश्वास लिएका छौं। भुटानि नेता टेक नाथ रिजाल र बलराम पौडेलले नेपाल सरकारलाई चडाएको ज्ञापनपत्रलाई यहाँ जस्ताको त्यस्तै लेखेको छौ।


महोदय, शरणार्थी भूटानी राजनीतिक कर्मी, दलका नेता तथा मानवअधिकार कर्मीहरू तेस्रो मुलुक जान नचाहेको अवस्थामा यो सरकारबाट शरणार्थी भूटानी समस्या समाधानका लागि हामीहरूले निम्न सहयोगको अपेक्षा राखेका छौं :

१-भूटानी राजनीतिक कर्मी, दलका नेता तथा मानवअधिकार कर्मीहरूलाई राजनैतिक शरणको व्यवस्था गरी नेपालमा बसी काम गर्ने वातावरणको सिर्जना गरी दिनुहुन अनुरोध गर्दछौं ।

२-नेपालमा सरकारको फेरबदल सँगसँगै भूटानी शरणार्थी समस्यामा पनि अन्योलता उन्पन्न हुने गरेको समस्या हामीले विगतमा भोगीसकेका छौं । वर्तमान सरकारको कार्यकालमा यो समस्याको दीर्घ समाधानका लागि शरणार्थी सम्बन्धी नीति, नियम, अध्ययन र आवश्यक कुटनीतिक पहल गर्ने व्यवस्था सहितको एउटा स्थायी कार्य दल/आयोग गठन गरी दिनुहुन आग्रह गर्दछौं ।

३-हालसम्मको नेपाल भूटान द्धिपक्षीय वार्ता बिना निश्कर्ष अल्झिरहेको अवस्थामा भूटानी शरणार्थी समस्या सुरू भएदेखि नै साक्षीरहेको भारतलाई यो प्रक्रियामा सामेल नगराएसम्म समस्या ज्यूँका त्यूँ रहने सर्वविदितै छ । तसर्थ यहाँको आसन्न भारत भ्रमणमा यस विषयमा आवश्यक कुटनीतिक पहलबाट समस्याको समाधानमा सहयोग मिल्ले आशा लिएका छौं ।

महोदय, लामो समयदेखि अल्झिरहेको यो मुद्दामा यहाँको कार्यकालमा आवश्यक सहयोग र समर्थन पाउने अपेक्षा गरेका छौं । साथसाथै लोकतान्त्रिक गणतन्त्र नेपालका तर्फबाट गर्नहुने भारत भ्रमणको सफलताको कामना गर्दछौं ।”

टेकनाथ रिजाल
सभापति
भुटनीज मुभमेन्ट स्टेयरिङ कमिटी

नेपालका प्रधानमन्त्रीद्वारा गरिने भारत भ्रमणमा वहाँले त्यहाका नेता तथा कुट्नैतिक नियोगका प्रमुखहरुसंग भुटानि शरणार्थी समस्याको बारेमा पनि छलफल गरिने भन्ने बक्तब्य आए लगत्तै भुटानि नेताद्वयाले यस्तो ज्ञापनपत्र बुझाएका हुन। लामो समय देखि थांती रहेको भूटानी शरणार्थी समस्याका बारेमा नेपालका नेता तथा सरकार प्रमुखहरुले बिगतमा पटक पटक यस्ता प्रयास गरेकै थिए तर समस्या जुईको तुई छ तर यस पटक भने भारतीय नेताहरुसंग राम्रो सम्बन्ध रहेका प्रधानमंत्री नेपालको पालो परेको हुंदा केही हुन्छ की जस्तो छ।

One Response

  1. Don’t try to open the door which was already closed and never going to open. Enter in the door which is open and try to adjust in that house. Why you send your son to canada? you already made house in Nepal you is already adjust but why you show or jiskaus chhas bhutanese refugee lai?

Leave a comment