जर्मनीले नेपालमा रहेका भूटानी शरणार्थीका लागी सहयोग गर्ने

बिगतका बर्षहरुमा झै दात्री रास्ट्रहरुले यस बर्ष पनि भूटानी शरणार्थीको बसोबास, खाद्यान्न र अन्य क्षेत्रमा सहयोग गर्ने भएका छन। संघीय गणतान्त्रिक जर्मनीले पूर्बी नेपालका सात सिबिरमा बसोबास गर्दै आएका ती शरणार्थीहरुका लागी एक लाख तीस हजार अमेरिकी डलर सहयोग गर्ने जनाएको छ।

चिनियाँ समाचार संस्था ‘सिनुहा’ले काठमांडू स्थित जर्मन दुताबासलाइ उदृत गर्दै लेखेको समाचार अनुसार गत अगस्त १० तारिक संयुक्त रास्ट्र संघीय शरणार्थी सम्बन्धीको उच्च आयोग (यु.एन.एच.सी.आर) द्वारा भूटानी शरणार्थी हरुका लागी दात्री रास्ट्रहरुसंग सहयोगको आग्रह गरिए लगत्तै जर्मन सरकारले सहयोगार्थ सो रकम दिने निर्णय गरेको हो।

प्रेस बक्तब्य जारी गर्दै दुताबासका एक अधिकारीले दिएको जानकारीमा सो रकम मध्ये ९१ हजार डलर यु.एन.एच.सी.आर मार्फत भूटानी शरणार्थीको खाद्यान्न, आवास र सर्सफाईका लागी खर्च गरिने र बाँकी ३९ हजार डलर अंतरास्ट्रीय सुरक्षा, समन्वय आदिका लागी प्रयोग गरिने बताइएको छ।

Advertisements

One Response

  1. thanks a lot for helping refugee.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: