लगातारको बर्षाले शरणार्थीको जनजीवन प्रभाबित

एन.कटेल
(बेलडांगी शरणार्थी सिबिर)
लगातार परेको मुसल्धारे पानीका कारण भूटानी शरणार्थी सिबिरका शरणार्थीहरुको जनजीवन अस्तब्यास्त बनेको छ। जताततै पानी पानी भएको छ। सिबिर आसपासका रतुवा, मौवा लगायतका नदीहरुमा पानी धेरै बडिसकेको छ। बेलडांगी १ शरणार्थी सिबिरका शरणार्थीहरु सिबिर छेउको रतुवामा आएको बाडीका कारण चिन्तित छन। सो नदीका छेउ छाऊका झुप्राहरुका शरणार्थीहरु अन्यात्रै सर्न थालेका छन। केही सरिसकेकाछन।

अत्यधिक बर्षाका कारण सिबिर भित्रै पनि आवतजावत प्राय बन्द भएको छ। कक्षा कोठाहरु चुईइएका कारण बालबालिकाहरुको पढाईमा बाधा पुगेको छ। ठाऊँ ठाऊँमा भूटानीहरुका खर र चित्राका छानाहरु मक्काएकाले घर भित्र पोखरी जमेको देखिएको छ। केही यस्ता पीड़ितहरु पुनस्थापना कार्यक्रम मार्फत बिदेशिएका शरणार्थीका पुराना छाप्राहरु तीर पनि सरेको पाइयो। तर यस्ता खाली घर हरु अत्यन्तै कम छन, प्राय सबै लड़ाई सकिएका छन।

रतुवाको बाडीले हिजो बेलडांगी एकका चार जना युवाहरुलाइ बगाएको थियो। उनिहरुलाइ जिबितै उद्दार गरिएता पनि एक जनाको स्थिति आज सम्म चिन्ताजनक रहेको सुनिएको छ। अरु तिनको स्थिति सामान्य छ। रतुवा नदीको पानीले झापा जिल्लाको कोबाहरा गा.बी.सका करीब ४५० घर डूबनमा परेका र चालीस परिवार बिस्तापित हुन पुगेका छन। उता उर्लाबारीमा पनि बक्राहा नदीले कैयों बीघा जमीनको बाली नस्ट पारेको र गाऊं डूबानको खतरामा रहेको समाचार कान्तिपुर एफ.एम् र झापाकै स्थानीय रेडियोहरुले बताएका छन।

बेलडांगी दुई बिस्तारितमा हिजो एक जना भूटानी महिलाको मौवा नदीले बगाएर मृत्यु भएको छ।५० बर्षीय दिलमाया मगरनामकी शरणार्थी महिलालाइ दाउराको भारी संगै नदी पार गर्ने क्रममा उर्लिएको नदीले बगाएको उनी संगै दाउरामा गएका शरणार्थी महिलाहरु र छरछिमेकहरुबाट बुझिएको छ। बेलडांगी २ सिबिर नदीका आसपासमा नपरे ता पनि सिबिर भित्रका स-साना कुलेसाहरुमा पानी टम्म भारिएर आएको छ। बालबच्चाहरु डूब्ने ख़तरा बढेको छ। प्रशासनले शरणार्थीहरुलाइ यस प्रति सचेत हुन आग्रह गरेको छ।

बर्षाको मारमा टीमाई र गोल्धापका शरणार्थीहरु पनि परेका छन। स्थानीय देवनिया नदीमा आएको बाडीले गोल्धाप सिबिर जलमग्न बनेको समाचार एफ.एम् रेडियो मार्फत सुनिएको छ। त्यहाका शरणार्थीहरुलाइ सुरक्षित स्थान तीर सारिने पहल पनि भैरहेको पनि समाचारहरु आईरहेका छन।

Advertisements

2 Responses

  1. i think that all should have to get there own way because by sitting there they all will lose there own life as well as there children also so better get one way so that they will get effective way to get there life style easier.

  2. oh its really sad news for Bhutaness people ….

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: