साहित्य शनिबार-

दशै- तिहार- मेर अभिशापहरु

प्रमोद रिजाल
(कोलोराडो)
मेरो दशै, मेरो तिहार
किन यही गरीब बलेसिमा
हात पसारिरहेछन फेरी पनि।
पोहोर साल पनि त
उल्लास लिएर आ’थियौ रे
आशिस दिने भनथ्येउ रे
म त दिनभरीको नाम्लोको डोब छामेर
पिठ्युभरि थुन्सेको ‘प्रित’ चुमेर
चिसो छिडिमा निदाउने आँट गर्दै थिंये।

गरीबिले मेरो भाई चोरेको थियो
अनिकालले मेरी बहिनी हरेको थियो
अभावमा छट्पटाइरहेका
मेरा ‘डाँडाका घामहरु’ लाई
एक मुठ्ठी जुटाउन सक्छुकि भनेर
म त बाहिरिएको थिए
मेरो घर देखी बाहिर
मेरो मन देखी बाहिर
मेरो रहरै रहरको दुनियाँदेखी बाहिर
बिवसताको ‘खाडी क्षेत्र’ भित्र।
चैतको पहाड झैँ नांगिएको
मेरो ‘बुकुने’को शैशव ढाक्न
कल्कलाउदो वैंशकी मेरी ‘काली’ को इज्जत छोप्न
आफ्ना अपुर सपनाहरु रोप्न, खोप्न अपुरा चाहनहरु
म त बहिरै थिए
वलुवामाथि मट्टितेल पिउदै।

प्रत्येक साल तिमी आउंछौ दशै
प्रत्येक साल तिमी धांउछौ तिहार
दशै तिमी जमरा मात्र लिएर अंउछौ
तिहार तिमी ‘देउसी-भैली’ मात्रा लिएर धांउछौ
शालभरी तिर्दा तिर्दै नसकिने
ऋण बोकाएर जान्छौ
जान्छौ तिमी
अर्कोसाल उही चोट बल्झाउने धोकोबोकेर।

म हांसेको डाह लाग्दैन तिमीलाई भने
म बाँचेको इर्श्या लाग्दैन तिम्लाई भने
होस बरु,अब नआऊनु दसैं
अब नआऊनु तिहार
अभिशापको आशिश लिएर
पिडाको मखमलि फुलाएर
उदाशिनताको सयपत्री नउन्नु दशै।

Advertisements

2 Responses

  1. hi da darshan ma bhai Prabin. i’m really pleased to Read ur few words .keep it up thanx bro.May ur seedling or ur alone kiss ur Goal.

  2. Really sentimental poem.Ur appreciated for ur creation.Go ahead! reach the mount of success.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: