नोर्वेका भूटानीद्वारा सामाजिक संघठनको स्थापना

उत्तरी यूरोपको नोर्वेमा पुनस्थापित भूटानीहरुले एक सामाजिक संघठनको स्थापना गरेका छन। त्यहा पुनस्थापित भूटानी तिलक धितालले हामीलाइ जानकारी दिए अनुसार रमेश गौतमको नेतृत्वमा असोसिएसन अफ भूटनिज इन नोर्वे(ए.बी.एन) नामको गैर राजनैतिक संघठनको स्थापनाको औपचारिक घोषणा हिजो आइतबार गरिएको हो।

पुनस्थापित जीवनमा आइपर्ने समस्याहरुको सामूहिक समाधान गर्न, आफ्नो धर्मं, संस्कृति र रीती रिवाजको उत्थान, बिकास र जगेरना गर्ने प्राथमिक उद्देश्यका साथ यो संघठनको स्थापना गरिएको जनाइएको छ।

‘मुलुक भरी छरिएर रहेका भूटानीहरु बिचसामाजिक संघठनको निर्माण गर्ने बिषयमा केही दिन देखि चल्दै आएको अनलाइन छलफलको फलस्वरूप यो नयाँ संघठनको जन्म भएको हो’ धितालले बताए।
उता भूटानी समाचार सेवा(बी.एन.एस)का अनुसार यो नब गठित संगठनको सचिबमा राम बहादुर बानिया नियुक्त गरिएको छ भने संघठन सदस्यहरुमा तिलक धिताल, दिनेश सुब्बा, देवी चम्लागाई, चंद्र संयाशी, ॐ चापागाई लगायत रहेका छन। सो समाचार मिडियाले ए.बी.एनका सचिब बानियालाइ उदृत गर्दै लेखेको छ, यो सामाजिक संघठनले नोर्वेका अन्य संघ-संस्था तथा अन्य मुलुकमा पुनस्थापित भूटानीहरुका संगठनसंग सम्बन्ध जोड़ने र समुदायको सर्बंगिन बिकासमा प्रमुख भूमिका निर्बाह गर्ने छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: