शिबिरमा सुरक्षा कडा बनाइयो,गोल्धापका एक शरणार्थीको मृत्यु

सिबिरमा केही दिन यता बढदो रुपमा देखिएको आपराधिक क्रियाकलापलाइ मध्यनजर राख्दै झापा जिल्ला प्रशासनले सुरक्षा ब्यवस्था कडा बनाएको छ। शिबिर भित्र सांझ ७ बजे देखि अघोसित कर्फ्यू लगाइएको छ।यहाँका सड़कहरु सांझ परेपछि प्रय:सुनसान रहन्छ्न। गस्तीका प्रहरीका बूटका गर्यापगर्याप आवाज सिबाय केही सुनिन्न। गस्तीमा आउने ससस्त्र प्रहरीको संख्या दुई दिन देखि उल्लेखनीय रुपमा ब्रिद्दी भएको देखिन्छ।

गत हप्ता अज्ञात समूहले बेलडांगी बिस्तारितका पूर्ब सचिब के.बी.खडकाको हत्या गरेको केही दिन पछि भूटान चितुवाले केही अगुवा शरणार्थीहरुलाइ मार्ने धम्की दिए पश्चात यहाँको सुरक्षा सतर्कता बढाईएको हो जसको फलस्वरूप शिबिरबासीहरुले केही हदसम्म सुरक्षित भएको महसूस गरेका छन

एक समय दशैंमा खचाखच भीड़ देखिने यो सड़क हिजो आज दीउसै सुनसान देखिन्छ्न।

एक समय दशैंमा खचाखच भीड़ देखिने यो सड़क हिजो आज दीउसै सुनसान देखिन्छ्न।

शिबिर प्रशासन तथा स्थानीय ऍफ़.एम् हरुमा सुनिए अनुसार शरणार्थीहरुलाइ शिबिर बाहिर जानका लागी आउटपासको प्रणाली पनि अपनाईने बुझिएको छ। आर.सी.यूबाट अनुमति लिएर मात्रै शिबिर बाहिर आवत जावत गर्न पाइने ब्यवस्था गरिने शिबिर प्रशासनका केही कर्मचारीहरुले हिजो बताए। सुरक्षाका दृष्टीकोणले यो ब्यवस्था अपनाउन लागिएको बुझिएता पनि शरणार्थीहरुको दैनिक जीबनमा यसले प्रत्यक्ष असर भने पार्ने देखिन्छ। मूलतः नेपालीहरुको महान चाड बिजय दशमीको आगमन संगै बंदोबस्तीका सामानहरु किन्मेल गर्न शरणार्थीहरु शिबिर बाहिर जानू पर्ने भएको हुँदा र सबैलाइ सधैं आउटपास निकल्न मुस्किल पर्ने हुँदा यो प्रणालीले शिबिर सुरक्षामा सूधार आउने देखीए पनि शरणार्थीहरुमा एक प्रकारको निराशा छाउने प्राय देखिन्छ। जे होस, शरणार्थीहरुले दशैं भन्दा आफ्नो सुरक्षालाइ प्राथमिकता दिनु पर्छ र यो ब्यवस्थाको पालना गर्नु पर्छ भन्ने यहाँका ठूलाबड़ाहरुको भनाई छ।

शिबिर भित्रका स्वस्थ्य केन्द्र जस्ता सार्बजानिक ठाउंहरुमा पनि मानिसको त्यति भीड़ देखिन छाडेको छ।

शिबिर भित्रका स्वस्थ्य केन्द्र जस्ता सार्बजानिक ठाउंहरुमा पनि मानिसको त्यति भीड़ देखिन छाडेको छ।

उता हिजो गोल्धाप शरणार्थी शिबिरमा दशैं खर्च जुटाउन शिबिर बाहिरगई काम गर्दै आएका एक शरणार्थीको काम गर्दै गरेको भवनबाट खसेर मृत्यु भएको छ। सोही शिबिर अंतर्गत सेक्टर A निवासी बम बहादुर तिरुवाको गत बिहीबार मृत्यु भएको हो। यस बारे बिस्तृत जानकारी पाइएको छैन

(सम्पूर्ण सामाग्री:शमन क्षेत्री,बेलडांगी शरणार्थी शिबिर)

Advertisements

3 Responses

  1. Thanks for the information, but still it was unclear about the death of refugee bambdr, I thanks for the news,and also it was the good task by government of nepal for the strict rules but let it not be lawlessness as before.

  2. its good to have strick rules in the camp.so there will be protection in the refugee camp.

    • Saman ji we the US residing bhutanese r in confuse that we couldnot identifi him( bom bdr tiwari) without seeing his photo. So will u help us by sending his any previous photos? We too hope u will send us his details.
      Thanks

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: