न्यूहेम्साइरमा पनि दशैं मनाइयो

सपन पाठक
(न्यूहेम्साइर)
‘देश कहाँ छ,माटो कहाँ छ, छ त एउटा मन छ, त्यही पनि सातसमुन्द्र पारी छ..’ यस्तै यस्तै अनि अरु धेरै मनभरी ब्यथा र भाब बोकर अमेरिकाको न्यूहेम्साइरका भूटानीहरुले महान चाड बिजय दशमी मनाएका छन। यस राज्यका जम्मा जम्मी तेह्र ठूला सहर मध्ये तिन सहरहरु, म्यानचेस्टर, कन्कर्ड र लकोनियामा करीब ८०० सयको संख्याका भूटानी शरणार्थीहरुलाइ पुनस्थापना गरिएको छ। आफ्नो देश भन्दा धेरै टाडा भएता पनि यी नेपाली मुलका भूटानी नागरिकहरुले आफ्नो रीती रिवाज, धर्म, संस्कृति बिर्सेका रहेनछन भन्ने सत्यता गत आश्विन १० गतेको दशैं कार्यक्रमले प्रष्ट पारेको छ।

स्थानीय एक चर्चमा बिहान करीब ७ बजे सुरु भएको सो कार्यक्रममा भूटानीहरुको जमातले पुरोहित द्वय श्री देवी खनाल र हरी नेपालका हातबाट टिका,जमरा तथा आशीष ग्रहण गरेका थिए। करीब ३०० को संख्यामा उपस्थीत भूटानी नेपालीहरुले आफ्नो संस्कृति र बिजय दसमीको अर्थ नेपालीप्रेमी अमेरिकनहरुलाई खुलस्त पारी न्यूहैम्पशायरमा पहि़लो पटक दुर्गा पूजा सम्पन्न गरे।

त्यस्तै उता कन्कर्डबासी भूटानीहरुले पनि ४ घण्टे लामो भेटघाट कार्यक्रमको आयोजन गरी ए़क आपसमा बिजय दसमीको सुभ कमाना अदान प्रदान गरे। स्थानीय एक हलमा भूटानीहरुकै आयोजनामा भब्य साहित्यिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। करीब ३०० जना नेपालीहरुको भीड़ले खचाखच भरिएको हलमा भूटानी साहित्यिक श्रस्ठाहरुले आफ्नो कला प्रस्तुत गरेका थिए। आयोजक समितिका सदस्य मध्ये नील गौतम, मुना कोइराला, अदिती गिरी, सोय्ता गिरी, रुद्र गिरी, शेखर कोइराला निकै सक्रिए देखिएको सो कार्यक्रममा पुनस्थापित भूटानीको संख्य कम थियो र धेरै नेपालका नेपालीहरुको उपस्थिति रहेको देखिन्थ्यो। यस बिषयमा बुझने प्रयास गर्दा एक आयोजक समिति सदस्यले भने, ‘यस कार्यक्रममा मात्र होइन यो सहरमै पुनाथापनाको कार्यक्रम मार्फत आएका भूटानीहरुको संख्या अत्यन्तै सानो छ’।

Leave a comment