छताछुल्ल रहस्य.

उपेन्द्र पोखरेल:
कात्तिक ९ गतेको पर्चा र मंसिर १ गतेको विज्ञप्तिमार्फत मुख्य कमान्डर रमेश सुब्बाले युनाइटेड रभिुल्युसनरी पन्ट अफ भुटान (यूआरएफबी) विभाजित भएको औपचारकि जानकारी मात्र दिएनन्, फुटेर गएको कर्मा समूहले शरणार्थी नेताहरूको हत्या गर्ने योजना बनाएको खुलासा पनि गरे । विज्ञप्ति निस्केको तीन दिन नबित्दै मंसिर ४ गते कर्मा समूहले पर्चामार्फत नै यस्ता आपराधिक गतिविधिमा रमेश समूहको संलग्नताको दाबी गर्‍यो ।

ती दुवै समूहले एकअर्कामाथि झापाको बेलडाँगी शिविरका नेताहरू केबी खड्का र शान्तिराम नेपालको हत्या गरेको आरोप लगाएका छन् । यस्तै, दमकको लक्ष्मी ब्यांक लुटपाट, बेलडाँगी शिविर-१ का तेन्जिङ नामका शरणार्थी युवाको हत्या र उनको हत्यामा संलग्न एलबी गुरुङ नामका अर्का शरणार्थी युवाको हत्यामा संलग्नताको आरोप पनि दुवै समूहले एकअर्कामाथि नै लगाएका छन् । रमेश सुब्बा समूहले भने कर्मा समूहमा शरणार्थी नेताहरू किशोर राई र टीआर मुकारुङ रहेको समेत खुलासा गरेको छ । राई भुटान मानव अधिकार संगठनका महासचिव हुन् भने मुकारुङ भुटान गोर्खा राष्ट्रिय मुक्ति मोर्चा -बीजीएनएलएफ)बाट फुटेको समूहका नेता हुन् । यसबाट शरणार्थी शिविरहरूमा मानव अधिकारकर्मी र राजनीतिक दलको आवरणमा आपराधिक गतिविधि भइरहेको पनि खुलासा भएको छ ।

शरणार्थी नेताहरू बलराम पौडेल, नारद अधिकारी, डीबी राना साम्पाङ, गोपाल गुरुङ, राजमान गुरुङ, डा भम्पा राई, गुप खिलालगायतका डेढ दर्जनभन्दा बढीको हत्या गर्दै जाने योजनामा कर्मा समूह रहेको खुलासा पनि रमेश समूहले गरेको छ । किशोर राई नाताले भुटानका सूचना तथा सञ्चारमन्त्री नन्दलाल राईको भाइ पर्ने रमेश समूहको दाबी छ । किशोर र नन्दलालबीच काठमाडौँमा दुईपटक भेट भएको र त्यसपछि नै हत्याको शृंखला अघि बढेको दाबी पनि रमेश समूहको छ ।

सन् २००१ मा शरणार्थी नेता आरके बुढाथोकीको दमकमा हत्या भएपछि शरणार्थी समूहहरूबीच हिंसा-प्रतिहिंसाको शृंखला नै चलेको छ । अपुष्ट तर भरपर्दो जानकारीका अनुसार अहिलेसम्म त्यस्तो द्वन्द्वका कारण दुई दर्जनभन्दा बढी शरणार्थीहरूले ज्यान गुमाइसकेका छन् । सबैभन्दा बढी हत्या झापाको बेलडाँगीमा रहेका तीनवटा शिविरमा भएको एक शरणार्थी नेता बताउँछन् । समूहहरूको द्वन्द्व चर्काउन र निश्चित नेता तथा कार्यकर्ताको हत्या गराउन भुटानी सरकारले पनि भूमिका निर्वाह गर्दै आएको स्रोतहरूको दाबी छ ।

आरोप-प्रत्यारोप र दाबी-प्रतिदाबीको शृंखलाले पूर्वी नेपालका शरणार्थी शिविरहरूमा राजनीतिक दल र मानव अधिकारकर्मीको भेषमा सक्रिय समूहहरूबीचको द्वन्द्वले हिंसा र व्यक्तिहत्यासम्मको रूप लिएको तथ्य सार्वजनिक गरेको छ । र, त्यसले भुटानी सरकारी पक्षको सहयोगको आशंकालाई पनि बल पुर्‍याएको छ । शिविरहरूमा खुलिरहेका सशस्त्र समूहहरू शरणार्थीहरूको अधिकारका लागि नभई आफ्ना विरोधीहरूलाई सिध्याउने अस्त्रका रूपमा प्रयोग हुने गरेको तथ्यलाई पनि दुवै पक्षको पर्चाबाजीले स्पष्ट पारेको छ ।

वैशाख ८ गते मारएिका शरणार्थी नेता नेपाल र भदौ २३ गते हत्या गरएिका नेता खड्काको हत्याको जिम्मेवारी लिबरेसन आर्मी अफ भुटान -एलएबी) नामको संगठनले लिएको थियो । उक्त संगठनको निर्माण गराएको आरोपसमेत दुवै समूहले एकअर्कालाई लगाएका छन् । हत्याको आरोपबाट बच्न दुवै पक्षले एलएबीकोे नाममा विज्ञप्ति निकाल्ने गरेको आरोप पनि एकअर्कालाई लगाएका छन् । त्यसअघि नामै नसुनिएको उक्त संगठन शान्तिराम नेपालको हत्याको जिम्मेवारी लिएर चर्चामा आएको थियो । ०६४ भदौ २४ मा अर्का शरणार्थी नेता नारद अधिकारीको बेलडाँगी शिविर-१ स्िथत घरमा मारएिका लोकनाथ कट्टेल नामका शरणार्थीको हत्या पनि सोही संगठनले गरेको दाबी रमेश सुब्बा पक्षको छ । नेता अधिकारीको हत्या गराउन गएको समूहले उनलाई नभेटेपछि कट्टेलको हत्या गरेको दाबी उक्त समूहले गरेको छ । जसले सञ्चालन गरे पनि उक्त संगठनलाई आधार बनाएर शरणार्थी शिविरहरूमा आपराधिक गतिविधि सञ्चालन भइरहेको तथ्यचाहिँ दुवै पक्षले खोलेका छन् ।

असमको बोडो जाति र भाषासँग एकदमै परििचत नेता नेपाललाई सोही प्रयोजनका लागि यूआरएफबीले प्रयोग गरेको र प्रयोजन सकिएपछि हत्या गरएिको दाबी गर्नेहरू पनि छन् । बेलडाँगी शिविरका पूर्वसचिवसमेत रहेका केबी खड्काको हत्यापछि रमेशका छोरा वीरबहादुर प्रहरीद्वारा समातिए । त्यसलगत्तै दुई समूहबीच पर्चाबाजी सुरु भएको थियो । शान्तिराम नेपालको हत्याको आरोपमा भुटान मानव अधिकार संगठन

-ह्युरोव)का अध्यक्ष एसबी सुब्बासमेत पक्राउ परेका थिए । बेलडाँगी शिविर-२ -एक्स्टेन्सन)का पूर्वसचिवसमेत रहेका केबी खड्काको पहलमा सुब्बा हिरासतमुक्त भएका थिए । भदौ २३ गते खड्का पनि मारएि । रमेश सुब्बा समूहले नाम खुलासा गरेका कर्मा समूहका नेता किशोर राई ह्युरोवकै महासचिव हुन् । यस्तै, अर्का नेता टीआर मुकारुङ भुटान गोर्खा राष्ट्रिय मुक्तिमोर्चाबाट फुटेको सोही नामको अर्को पार्टीका नेता हुन् । मुकारुङ यूआरएफबीको गठनसँगै भूमिगत भएका थिए ।

स्रोतका अनुसार, अहिले यूआरएफबीमा रहेका एसबी सुब्बा र रमेश सुब्बा एकातिर तथा किशोर राई र टीआर मुकारुङ एकातिर भएको देखिएको छ । तर, यो सबै देखावटी पनि हुनसक्छ । किनभने, शिविरमा प्रभावशाली मानिने नेपाल र खड्काको हत्याको दोष लागिसकेपछि चोखो देखिन एकअर्कालाई आरोप-प्रत्यारोप गर्ने उनीहरूको रणनीति हुनसक्ने र उनीहरू भित्रभित्रै मिलेको आशंका गर्छन्, शरणार्थीहरू । “उनीहरू संगठनमा फुट आएको देखाइरहेका छन्, वास्तवमा यो हत्याको आरोपबाट बच्ने नाटक मात्र हुनसक्छ,” एक शरणार्थी युवा भन्छन् । दिल्लीमा बस्दै आएका सुब्बाले नेपालबाट त्यहाँ पुग्ने शरणार्थीहरूसँग आफूलाई नेपाल प्रहरीले खोजिरहेको छ कि छैन भन्दै सोध्नेसमेत गरेका छन् । नेपाललाई लेखेको लामो इमेलमा सुब्बाले शरणार्थीहरूको अधिकारको आन्दोलनमा संघर्ष गर्ने आशामा यूआरएफबीलाई सुरुमा साथ दिएको तर शान्तिराम नेपालको हत्या गरेर आफ्नै मान्छेहरूतिर उनीहरू सोझिएपछि साथ छाडेको बताएका छन् । नेपालको हत्या गरेर आफूलाई फसाउने षड्यन्त्र केबी खड्काकै कारण असफल भएको दाबी पनि सुब्बाले गरेका छन् । “केबी नभएको भए मबिना कसूर जेलमा पर्ने थिएँ होला, उनीहरू आफ्नै मान्छेहरूतिर फर्किए, मलाई त्यो मन परेन र शान्तिरामलाई मारेपछि नै उनीहरूको साथ छोडिदिएँ,” सुब्बाले लेखेका छन् ।

रमाइलो पक्ष के छ भने शरणार्थी शिविरहरूमा हुने गरेका हत्या र लुटपाटका घटनामा त्यसअघि नामै नसुनिएका समूहहरूको नाममा विज्ञप्ति प्रकाशित गरेर जिम्मेवारी लिने गरएिको छ । त्यस्ता समूह हिंसाका घटनाको हल्ला सेलाएसँगै हराउने गरेका छन् ।


सेलाए भुटानी पार्टी
:
शरणार्थी स्वदेश फिर्तीको आन्दोलनमा रहेका पार्टी, मोर्चा र नेताहरू पलायन हुन थालेका छन् । त्यसमध्येको भुटान नेसनल डेमोक्रेटिक पार्टी -बीएनडीपी)का अधिकांश नेता, कार्यकर्ता अमेरकिा पुनःबासमा गएपछि उक्त पार्टी अमेरकिाकै एटलान्टा राज्यलाई आधार बनाएर सञ्चालन हुन थालेको छ । लामो समयदेखि बिरामी परेका पार्टी अध्यक्ष आरबी बस्नेतको ०६४ भदौ १ गते निधन भएपछि उक्त पार्टीका सबै नेता-कार्यकर्ता तेस्रो मुलुक पलायन भएका हुन् । उपाध्यक्ष डीएनएस ढकाल पहिलेदेखि नै अमेरकिा आउने-जाने गररिहेका थिए । जो हार्वर्ड विश्वविद्यालयका प्राध्यापक हुन् । अहिले शरणार्थी आन्दोलनभन्दा बढी जलवायु परविर्तनको अभियानमा उनको संलग्नता पाइन्छ । महासचिव हर िअधिकारीसमेत तीन महिनाअघि उतै पुगेका छन् । सोही पार्टीका युवा नेता मोहन तामाङ पनि एक वर्षअघि नै अमेरकिा उडिसकेका छन् । पार्टीका अधिकांश केन्द्रीय सदस्य पनि अमेरकिा पुगिसके । शान्तिपूर्ण आन्दोलनमा रहे पनि बीएनडीपीले अन्य दलहरूजस्तो शरणार्थीको तेस्रो मुलुक पुनःबासको विरोध भने गरेको थिएन ।

तेस्रो देश पुनःबासको कट्टरविरोधी नेसनल प|mन्ट फर डेमोक्रेसी, भुटान -एनएफडी) निष्त्रिmय बनेको छ । जसले शरणार्थीको स्वदेश फिर्तीको माग गर्दै ०६४ जेठ १४, १५ र १६ मा ‘लङ्मार्च’को आयोजनासमेत गरेको थियो । नेपाल-भारत सीमाको मेची पुलमा भारतीय प्रहरीको गोलीबाट दुई शरणार्थी युवाको मृत्यु भएपछि उक्त आन्दोलन स्थगित भएको थियो । त्यसपछि भारतका सत्तारुढ र विपक्षी दलहरू तथा नागरकि समाजलगायतसँग स्वदेश फिर्तीका लागि पहल गरििदन कूटनीतिक मार्चसमेत सञ्चालन गरसिकेको मोर्चा त्यसयता निष्त्रिmय छ । मोर्चामा रहेका ड्रुक नेसनल कंग्रेस -प्रजातान्त्रिक)का एक महासचिव तेन्जिङ ङावा जाङ्पोलाई एक वर्षअघि भारतको गुवाहाटीमा स्थानीय प्रहरीले पक्राउ गरेर भुटानको जिम्मा लगाएको छ । जो अहिले भुटानी राजधानी थिम्पूको डाँडामाखु जेलमा बन्दी जीवन बिताइरहेका छन् । अन्य नेता-कार्यकर्ता निष्त्रिmय छन् ।

भुटान पिपल्स पार्टी -बीपीपी) पनि खासै सक्रिय छैन । झापाको बिर्तामोड बस्दै आएका पार्टी अध्यक्ष बलराम पौडेल पनि केही समयदेखि काठमाडौँ पलायन भएका छन् । झापामा बसेर भन्दा काठमाडौँबाट स्वदेश फिर्ती अभियान सञ्चालन गर्न सजिलो हुने आशाले बसाइसरेको पौडेलको दाबी भए पनि त्यसको मूल कारण बढ्दो असुरक्षा नै रहेको बुझ्न कठिन छैन । किनभने, शिविर तथा नजिकका बजारहरूमा बस्दै आएका उक्त पार्टी नेता तथा कार्यकर्ताहरू पनि त्रासको जीवन बिताइरहेका छन् । उक्त पार्टीका केन्द्रीय सदस्यहरूलाई भारतीय र नेपाली मोबाइलबाट ज्यान मार्ने धम्कीसमेत आउने हुनाले त्रास बढेको छ ।

अझ ‘९० को दशकमा आफूसँग एक लाख शरणार्थीहरू सदस्य रहेको दाबी गर्ने बीपीपीसँग अहिले नेता-कार्यकर्ताको सानो झुन्डबाहेक केही छैन । मोर्चाका दुई सक्रिय सदस्यहरूको निष्त्रिmयतासँगै डीबी राना साम्पाङ नेतृत्वको भुटान गोर्खा राष्ट्रिय मुक्ति मोर्चा -बीजीएनएलएफ) पनि गतिविधिशून्य देखिन्छ ।

भुटान मानव अधिकार संगठन -ह्युरोव)का अध्यक्ष एसबी सुब्बा भारतको दिल्लीमा बस्न थालेका छन् । अहिले उनी छोराछोरीसँग दिल्लीमा रहेको दिल्लीबाट एक शरणार्थी युवाले जानकारी दिए । यूआरएफबीको फुटसँगै ह्युरोव महासचिव किशोर राई भूमिगत भएका छन् ।

भुटानमा सशस्त्र विद्रोहको तयारी गररिहेको हल्ला चलाउँदै आएको भुटान कम्युनिस्ट पार्टी -माक्र्सवादी-लेनिनवादी-माओवादी)को गतिविधि पनि शून्य भइसकेको छ । स्रोतका अनुसार, उक्त पार्टीको विकल्प समूहका अधिकांश केन्द्रीय नेताहरू अमेरकिा पलायन भइसकेका छन् भने विराट समूहका नेताहरू पनि निष्त्रिmय भएका छन् । त्यसअघि नै सशस्त्र विद्रोहको घोषणा गरेको भुटान टाइगर फोर्सका अधिकांश सदस्य अमेरकिा पुगिसकेका छन् ।

सन् १९९० को दशकमा सशक्त अपिल आन्दोलन चलाउने भुटानी नेताहरू ज्ाोगेन गजमेर र रतन गजमेर तेस्रो मुलुक पुनःबास अन्तर्गत अहिले अस्ट्रेलियामा बस्छन् । अर्का नेता रोङथोङ किन्ले दोर्जीको ड्रुक नेसनल कंग्रेस पनि भारतको नयाँदिल्लीमै सीमित छ । “अब ट्रयाक टु पोलिसीमा अघि बढ्ने सोचमा छौँ,” पार्टी सचिव कर्मा दुप्थो भन्छन् ।
(साभार:नेपाल राष्ट्रिय साप्ताहिक,मङ्सीर १४)

4 Responses

  1. The so called leaders of human rights organization or liberal political parties like S.B Subba, Kishor Rai, Ramesh, tara Mokarung r not only corrupted but the are they are anti social naikeys of Kukhayat naikes of all the antisocial activities going on in UNHCR monitored camps in Nepal. now what should the general public understand is that the4y are the spies of the govt. of Bhutan. In the skins of Human Rights Organizations or else they are running a kind of very community poisoning communal war in the camps. we can raise a question that if S.B Subba was not the planner of of K.B. Khadka’s brutal killing, why he does not take risk of coming to Nepal and help the innocent people to run a secure life? Why his wife has got a govt. job in Bhutan and his son given a govt. scholarship while he is said to be a leader against Bhutan govt.’s policy? Isn’t he the RAW member of Bhutan Govt.?
    While he was the chairman of BRRRC he embezzled a lot of money given by LWF, caritas and other. we r sure that SB bit Khadka into death coz while there was a discussion at Damak about all camp secretaries’ appeal to UNHCR for their exit permit to 7 host countries of refugee settlement, S.B. was in a position to make camp secretaries release a press statement saying that they made mistake while Khadka denied that. And though he was said to be a leader, KB had a better performance
    in society which made Khadka gain popularity of which the S.B was envious.

    To: S.B Subba.
    Thus, S.B if u r not the culprit, u can come and face the challenges of being accused. If u do not have any involvement in masterminding the brutal killings of community people u can come to Nepal from Delhi. Here the Human Rights Watch Group of Nepal is there to help for your rescue. If not it proves your involvement In Khadka and Nepal’s klillings.

  2. शरणार्थी नेताहरू बलराम पौडेल, नारद अधिकारी, डीबी राना साम्पाङ, गोपाल गुरुङ, राजमान गुरुङ, डा भम्पा राई, They are not leader rather they are corrupt leader.Hey you gyes donot know the any laws,You are the once doing bad things in camp.All the murder are under you’r leadership.Coz you all donot have any idea,so u all gyes try to murder good people,thieft 2 Rs from old people n polluted all camp.coz you have learn only grade pp.So u gyes have no idea to do any good things.So u gyes will not go Bhutan ,U all gyes are criminal,so you gyes are not allowed to come U.S.Coz America doesnot like criminal people.That means sit in camp n thieft 2Rs from 95 old aged peoples.

  3. bhutanese community should better be informed that so called bhutanese leaders are no more our leaders coz they are never commited towards the repartiation of the bhutanese people instead they brought fagment in the small community. their intention is how to acquire lot of property n live prosperous life. so every body should be conscious and determine the true leader that we are in the need of. of course, iam in u.s.a but our motto is bhutan and all of our ultimacy should be bhutan. and that can be possible from the true leader who is never selfcentered.
    we are compelled to be in the united states all because of u corrupt leaders. so plz, don’t create dilema to the people.

  4. those people like Ramesh subba n S.B subba are only the corrupted so called leader of bhutanese refugee. both of these peoples are involved in the social worker K B khadka’s murder. they sould be caught and hung to death in front of the public mass.

Leave a reply to khinapati Dhimal Cancel reply