भुटानी शरणार्थी फिर्ता लैजाऊः माधवकुमार नेपाल

प्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा रहेका भुटानी शरणार्थीलाई फिर्ता लैजान नेपाल भ्रमणमा रहेका भुटानी अर्थमन्त्री लिम्पो खान्दु वाङचुकसित आग्रह गरेका छन्। वाङचुकसित आज(माघ २७) प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्दै प्रधानमन्त्रीले तेस्रो देश पुनःस्थापनाले पनि समस्या समाधान गर्न नसक्नेमा जोड दिँदै उनीहरु गएको मुलुकमा पनि आत्महत्या जस्ता घटनाहरु बढिरहेका कारण समस्या जटिल बन्दै गएको बताएका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालका अनुसार भुटानी अर्थमन्त्रीले नेपाल सरकारको चासोलाई आफूले भुटानी प्रधानमन्त्रीसमक्ष पुर्‍याउने जानकारी दिए।

भुटानी प्रधानमन्त्रीका विशेष दूत बनिआएका वाङचुकले भुटानको राजधानी थिम्पुमा आगामी वैशाख (अप्रिल २८-२९) मा आयोजना हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १६ औँ शिखर सम्मेलनमा भाग लिन भुटानका प्रधानमन्त्रीले पठाएको निमन्त्रणा हस्तान्तरण गरे।

आगामी सार्क शिखर सम्मेलनको मुख्य कार्यसूची समेत जलवायु परिवर्तन हुने भएकाले पर्वतीय देशहरुको गठबन्धन बनाएर अघि बढ्नुपर्ने कुराको पहल गरिरहेको नेपाललाई आफ्नो साथ रहने भुटानी अर्थमन्त्री वाङचुकले जानकारी दिए।

संस्थापक सदस्य रहेको भुटानले पहिलो पटक सार्क शिखर सम्मेलन आयोजना गर्न लागेको हो।(नागरिक)

3 Responses

  1. well i am so glad to read this news. But u know this kind of appeal has been pasted lot of times with the bhutanese prime-ministers but there is no any changes yet. so i think its better not to take these steps again. because in my view Politics is the third class game played by the forth class people. thats all

  2. Don’t waste the ink to write this news and don’t waste the time to read this news. Its freaking waste of everything.

  3. We feel very glad to have news on Bhutanese Refugee repartriation but it’s happens once or twice in a year.

    We are fade up of this types of bilaterial talks.As we have seen the results of dozens of bilaterial talks before itself.We must accept repartriation is the best and durable solution but it needs very strong desire to have plan to action.

    This critical time Bhutanese are very sorry to have third country ressettlement. As motherland Bhutan has to raise this issue more that other neighbor or so-called neighbor countries. It will be better if Bhutan government welcome the repartriation .

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: