साहित्य शनिबार

केही रुबाइहरु

प्रकाश आङ्देम्बे
(दमक, झापा)

१)
पछ्यौरीले मुहार नछेके हुन्थ्यो
ब्यर्थ रुबाइ नलेखे हुन्थ्यो
आफुलाई सधै भुल्छ यो मन
बरु तिमीलाई नदेखे हुन्थ्यो ।

२)

गध्य पनि लय भयो
जीवन यात्रा तय भयो
कलम कसम त्यसदिन देखि
जव तिमीसँग परिचय भयो ।

३)
प्रभातको शितल(शितल वतास दिन सक्छु
बाँचुञ्जल आत्मिय आभास दिन सक्छु
धर्तीमा त आफ्नो एक पाइला जमिन छैन
तर तिम्लाई जुन, तारा, आकाश दिन सक्छु ।

४)
कोही कराएर बिगं्रे
कोही डराएर बिग्रें
धरोधर्म म भने
तिमीलाई मन पराएर बिग्रें

५)
तिम्रै आँखामा पस्छु भन्छ
सपना हुँदै खस्छु भन्छ
विन्ति संझाएर पठाइ देऊ मनलाई
मलाई छाडेर तिमीसँगै बस्छु भन्छ ।

६)
तिम्रो आँखाको नानी बन्न सकुँ
मिठो रुबाइको जवानी बन्न सकँु
मलाई तिम्रो अँगालोमा यसरी नै बेरी राख
तिम्रो रापले म सधै पानी बन्न सकुँ ।

७)
सौन्दर्यको रवाफ थियो
मुस्कानको जवाफ थियो
वहार पनि फिक्का लाग्यो
कारण तिम्रो अभाव थियो ।

८)
आँसुले होइन मुस्कानले रुझे पुग्छ
शरिरले होइन मनले पुजे पुग्छ
पागल भनुन या गलत सोचुन दुनियाँले
सिर्फ मलाई मेरो मान्छेले बुझे पुग्छ ।

े९)
बसन्त बहार नियाल्छु
बेसी र टार नियाल्छु
बिन्ति त्यो आँखालाई आँसुले नढाक
जहाँवाट म आफ्नो सुन्दर संसार नियाल्छु

१०)
मुटु रगत स्नायु मेरो मान्छेलाई
सफलता र दिर्घायू मेरो मान्छेलाई
गरीब छु दिन त केही पनि सक्तिन
तर यो सिंगो आयू मेरो मान्छेलाई ।

११)
कुरोले संसार धोएर जित्छिन्
मन्दिरको ढुंगा छोएर जित्छिन्
जित्ने आदत बसेछ क्यार
केही नभए रोएर जित्छिन् ।

8 Responses

  1. Hi, I enjoyed your creation. Thanks to the admins group for the aticle delivery. Bhawana ho ki bastabikta ho hau? cool yar, bring some more.

  2. साह्रै मीठो, खँदिलो भाव अनी अद्दित्तिय प्रस्तुती शैली साथै यथार्थपरक पनि । :)
    कुरोले संसार धोएर जित्छिन्
    मन्दिरको ढुंगा छोएर जित्छिन्
    जित्ने आदत बसेछ क्यार
    केही नभए रोएर जित्छिन् ।

  3. being the lap of resettled country,we had got chance to read this grt ‘rubbaii’ we r so lucky.thanks,to this website n to prakash dai who had grt contribution to
    bhutanese litrature.hope,in comming future too.

  4. no word the decribtion Prakash sirrrrr,,,,, we are always here to wish all the best for ur progress

  5. it is really mind blowing prakesh sir.wish u all the best of luck

  6. SEWARO PRAKASH JI, i like ur poem, it the art of ur heart n mind. love to see more in coming days.

  7. Really nice “rubaaii”….thanks ‘admins”group for bringing articles from such writer….hope to see more creation (his=Dai) in coming days.

    • Hi bro Prakash thanx for u r nice poem.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: