अचम्मको पश्चिमेली सभ्यता

(कविता)
स्वतन्त्रताको नाममा नाङ्गिएका छन
प्रेम-एक साधरण यौन अरे,
कसैलाई कसैको प्रबाह छैन
आफ्नो आफान्तहरु परै छाडौ
आमा ,बाबा,दाजुभाई, दिदी-बहिनी सम्म चिन्दैन
साथी संङ्गीहरुको त झन के कुरा
छोरा फिल्डमा छ/छोरी फिल्डमा छ
बाबा आमा एकोहोरो मौन हेरिरहेछन

छोरा छोरीको घिन लाग्दो नाटक
आफ्नै आँखाहरुले ट्वाल्ल- ट्वाल्ल
यो कस्तो अचम्मको सभ्यता

या त सम्झौता छुट्याउनै गाह्रो
मान्छे हो कि या पशु

ढुङ्गे युग हो कि या आधुनिक् छुट्याउनै गाह्रो

************
मन्छे भनु भन्दा कसैलाई देख्दैन्
पशु भनु भन्दा चार खुट्ट टेक्दैन
ढुङ्गे युग हो भनु भन्दा

विज्ञान र प्रबिधिको विकाश कल्पना गरिनसक्नुको छ
आधुनिक युग हो न त भनु भन्दा
ढुङ्गे युगको मानिसको चरित्र छ
निसवस्त्र, खोक्रो, उदाङ्ग यौन् खै के-के हो के-के,
*****************
म,
कहिलेकाही समुन्द्रको किनार तिर घुम्न निस्कन्छु
म देख्छ, छुट्याउनै गाह्रो
मान्छे हो कि या माछा,
माछा हुँदो हो त पानीभित्र हुनु पर्ने कोही पानीमा,
कोही बलुवामा लडिरहेको
स्वतन्त्र-पुरै माछा जस्तै स्वतन्त्र
दुई खुट्टा, हात्, नाक, मुख्, आँखा, कान्, शरीर्, नितम्ब् पुरै स्वतन्त्र
माछा जस्तै निसबस्त्र
खै मान्छे हो कि या माछा छुट्याउनै गाह्रो
सभ्यता हो कि या बिकृति छुट्याउनै गाह्रो

**************

म पुरानै धारको मान्छे-
म,
चाहन्छु शरीर नाङ्गिएर भेष नबनियोस्,
परिचय मेटिएर इतिहास नलेखियोस,
त्यसैले होला सायद्,
मलाई यो पश्चिमेली सभ्यताको धरातलमा बाँच्न गाह्रो भइरहेको छ ।

थुप्तेन दोर्जी
(डेनमार्क)

4 Responses

  1. bhotangey is right.
    it is not them which makes the culture right and wrong. its we who have to preserve the culture.
    there is saying in nepali’ aru hatti chadyo bhanae ra afu dhuri chadnu hunna”. so they are they and we are we.
    so let them do what they do. but let us reman the same as we were, if possible………………
    like suberna ji, its hahahahahahhaha…………..

  2. Get a break. Cultural prudeness has degrees. You turn into a “driglam-namzha trotting culture-preserving before you know it. Learn to accept what other do, just as you wanted Bhutan to accept you.

  3. hahahahahhahahahhahahha….so funny>>>>

  4. Thopten, you are right ! We feel akward to accustom western culture because that hadn’t been adopted/iherited during our rising up. We have our own cultural norms and values so we feel difficult to accept the one which is not adopted.
    I think, they save money being naked and use is for modernization.They wanna use their freedom as like that of a fish . right? hahaha…just kidding ! whtever, let them do it but we need to be our own. right?
    The article is superb. It is really informative, documentary,factual and emotional. The rhythmic verses are vibrational. I like it man. Do write some more. Best of luck

Leave a reply to era Cancel reply