के बि खड्काको हत्यारा पक्राउ,लिवरेसन आर्मी अफ भूटान संलग्न रहेको खुलासा

“केबि खड्का र शान्तिरामको हत्यारा एकै,भुटानी शरणार्थी सिबिर भित्र अपराधिक गतिबिधी सन्चालन गर्ने गिरोहको भण्डाफोर”

गत केहि महिना अघि मात्रै कायरता पुर्बक हत्या गरिएका भुटानी अग्रज तथा शरणर्थी शिविर बेलडाँगी ३ का पूर्व सचिव के बि खड्काको हत्यारालाई प्रहरीले सुक्रबार राति गिरफ्तार गर्न सफल भएको छ । पक्राउ परेका मध्ये भुटानी शरणार्थी सिबिर बेलडाँगी १ सेक्टर जि २ हट नम्वर २६५/६६ बस्ने यादव गुरुङ(वर्ष २६) र शरणार्थी सिबिर टिमाई घर भइ सेक्टर ए ३ हट नम्वर १४ बस्ने पहलमानराई(वर्ष ३९) रहेका छन् । उनिहरुलाई पक्राउ गरि केरकार गर्ने क्रममा धेरै जानकारी प्रहरीले पत्ता लगाएको छ । पक्राउ परेका मध्ये यादब गुरुङ अर्का भुटानी अग्रज शान्तिराम नेपाललाई गोलि हान्ने प्रमुख रहेको खुलेको छ। स्मरण रहोस गत बैसाखमा आफ्नै घर बाहिर(सौचालय ) गएको मौका छोपी बेलडाँगी एक निवासी शान्तिरामलाई अज्ञात समूहले गोलि प्रहार गरि हत्या गरेको थियो जसमा संलग्न केहि भुटानी युवायुवतिलाई प्रहरीले पक्राउ गरि जेल चलान गरेको थियो। Continue reading

Advertisements

भुटानमा शक्तिशाली भूकम्प.

भुटानमा सोमबार शक्तिशाली भूकम्प भएको छ। भूकम्पको धक्का पूर्वी नेपालमा समेत धक्का महशुस गरिएको छ । भुटानमा भूकम्पको कारण पहाडबाट चट्टान खस्दा सडक यातायात अबरुद्ध भएको छ भने ५ जनाको मृत्यु भएको भुटानको गृह मन्त्रालयले जनाएको छ। शुरुमा सो भूकम्पको तिब्रता ६.३ रेक्टर स्केलको भनिए पनि अमेरिकाका भौगर्भिक विभागले त्यो ६.१ रेक्टर स्केल मात्रै भएको जानएको छ।

भूकम्पको झट्का पूर्वी नेपालमा समेत महसुस गरिएको राससले जनाएको छ । काठमाडौं स्थित खानी तथा भूगर्भ विभागले भूकम्पको तिब्रता ६.४ रेक्टर स्केल भएको जनाएको छ । भूकम्पको कारण नेपालमा कुनै क्षति भएको समाचार आएको छैन । Continue reading

के बि खड्काको हत्यामा संलग्न शंकास्मक दुइ जना पक्राउ

अपडेट: के बि खड्काको हत्यामा संलग्न शंकास्मक दुइ जनालाई पक्राउ गरी केरकार गर्ने क्रममा इलाका प्रहरी कार्यालय दमक शाखाले उनिहरुको हत्यारा नभएर पकेटमार भएको जनाएको छ ।प्रहरी कार्यालय दमकले उनिहरुको नाम सार्वजनिक गरेको छ । पक्राउ परेकाहरु बिर्तामोड्का कुमार बानिया र घैलाडुब्बाका भिम चन्द्र चुदाल हुन ।
आफ्नो खोजीकार्यलाई सक्रिय बनाउदै नेपाल प्रहरी दमक शाखाले कायरतापुर्बक हत्या गरिएका के बि खड्काको हत्यामा संलग्न रहेको शंकामा दुइ जनालाई पर्काउ गरेको छ। के बि खड्का हत्या काण्डका एक मात्र प्रत्यक्षदर्शी डम्बर कार्कीले आफु चडेको बसमा सवार दुइ जनालाइ देख्ने बित्तिकै नजिकै बसेका उसका साथीलाइ आफ्नो मामाको हत्या गर्ने दुइ जना उनिहरु नै हो भनेर चिनाएका थिए। Continue reading

खडकाको ह्त्याले भूटानीहरु मर्माहत, सिबिरबासीलाइ बाहिर ननिस्कन सुरक्षाकर्मीको अनौपचारिक आह्वान

Late K.B.Khadka

Late K.B.Khadka

भूटानी शरणार्थी शिबिर, बेलडांगी-२ निवासी शमन छेत्रीसंग हामीले शरणार्थी नेता तथा बेलडांगी बिस्तारित सिबिरमा पूर्ब सचिब के.बी.खडकाको अज्ञात समुह द्वारा आज बिहान गरिएको ह्त्या पछि उब्जिएको त्यहाको परिस्थितिका बारेमा बुझने मनसायले टेलीफोन संपर्क गरेका थियौ। वहा संगको गफको केही अंश यहाँ प्रस्तुत गरिएको छ:
बीह्यूडटकम: शमनजी अहिले घटना लगत्तै बेलडांगीको परिस्थिति कस्तो छ त?
शमन: अहिले यहाको स्थिति एकदम साम्य छ। यस घटनाले सम्पूर्ण शरणार्थी हरुलाइ मर्माहत तुल्याएको छ। घटानाको लगत्तै प्रहरीले सिबिरबासीहरुलाई रातमा बाहिर ननिस्कन अनौपचारिक रुपमा भनेको छ। हाल सिबिर सुनसान छ। यहाँ रातको ८:४५ भएको छ अहिले।
बीह्यूडटकम: हजूर त्यों त्रासादीपूर्ण घटना कहाँ, कुन समयमा भएको बुझियो सर?
शमन:सांझको करीब ६:१५ तीर म बेलडांगी २ को बांगे बजारमा थिए, अचानक केही सुरक्षाकर्मीहरु बांगे हुँदै दगुरेको देखें र के भएछ भनी म हेर्दै थिए केही बेर पछि त बेलडांगी-३ बाट हुलकाहुल मानिसहरु कराउँदै दगुरे, अनि म पनि त्यों भीड़को पछि लगेर दगुरें। जांदा त त्यों त्रिरत्न स्कूल छ नि त्यस भन्दा ठ्याक्कै मुन्तिर, ‘ब्राभ’को कार्यालय भन्दा मुनि सड़कमा एउटा हेलमेट लगाएको मान्छे उता दक्षिणतीर फर्किएर सड़कमा पल्टिएको देखियो।भीड़लाइ उछिन्दै छेउम गएर हेरें। मान्छे रगतले केही चिनिन्न थियो। केही छिनमै तिनै सिबिरका हज्जारौ भूटानीहरुको घुइचो लाग्यो। कोही रुँदै थिए। कोही चिच्च्याउदै थिए पिडाले। भने कोही बेशोस पनि देखिन्थे। धेरै भूटानी बुडापाकाहरू त यो सपना हो की बिपना भनेर अकमक्क परेको पनि देखिन्थ्यो। Continue reading

20,000 Bhutanese resettle in third countries

Over 20,000 Bhutanese refugees have left for third country settlement from various camps in eastern Nepal since the resettlement process began in November, 2007. According to a press statement issued by the United Nations High Commission for Refugees (UNHCR) on Thursday, the United States has accepted 17,612 Bhutanese refugees for resettlement, the largest number among the host countries. Most of them have resettled in Texas, New York, Georgia, Arizona, Pennsylvania and California states. Continue reading

K.B Kharka, a Bhutanese refugee, stabbed and killed in Beldangi.

A Bhutanese refugee living in Beldangi II extension camp was stabbed and subsequently killed today at around 6 Pm local time in Bangay Bajar(a small market outside the refugee camp), according to our Beldangi 2 correspondent P. Sampang. K.B. Kharka, a renowned refugee lawyer and ex-camp secretary of Beldangi-2 camp(Extension) was stabbed by an unidentified man while he was on the way back home from Damak on his motorcycle. Continue reading

New Zealand govt. to terminate fund for English classes to the immigrants.

After the government announced its plan to cut the fund worth of two million dollars that helped refugees and migrants learn English and settle in New zealand, the resettled Bhutanese in Palmerston located in the North Island of New Zealand, have appealed the government not to discontinue it, according to Manawatu Standard, a national daily of New zealand. This decision of the government will adversely affect the newly resettled refugees who will have trouble in adapting to the new atmosphere of the New Zealand. Continue reading