‘जेठा’ के गर्दै होला हिजो आज!!!

मेरो त्यो मासुम साथीलाई सम्झदै …..
By Prakass Chhetree.
यहाँ तस्बिरमा देखिएका मानिस् भुटानी शरणअर्थी सिबिर बेल्डाङ्गी १ का हुन जस्को खास नाम त मलाई थाहा छैन तथापी उनी सिबिरमा “जेठा” नाम ले निक्कै परिचित् छन। त्यसो त ‘जेठा’ केटाकेटीहरु माझ “कालेनी गोरेनी” नाम ले पनि सुपरिचित छन। थोरै मात्र बोल्ने यिनी मानसिक रुपमा अलिक असन्तुलित भये पनि धेरै सामाजिक थिए । गाउ घरमा ब्रत बन्ध,जप तप, काज कृया, बिहे आदी भएमा सरसफाइ तथा अन्य सहयोग गर्न टूप्लुक्क पुग्दथे। जहाँ जस्तो सुकै गीत बजे पनि यी जेठा नाच्न पुग्थे। हुनत उनी आँफै ्यक्तिगत सरसफाइ तिर उत्ती ध्यान दिने खाल्का त थिएनन तै पनि छर्छिमेक वरपरका फोहोरका झोलाहरु, मैला अनी पुराना/थोत्त्रा कपडा आदी सहि ठाउँमा लगेर फाल्थे औ त्यसो गर्न सिकाउथे । यसरी सिबिर सफा राख्नुमा जेठाको निकै ठुलो योग्दन थियो भन्दा अत्युक्ती नहोला। मलाई यी मान्छे एक हिसाबले अनौठा लाग्थ्यो। सिबिरमा कहिले काही खराब परिस्थितीका कारण कर्फ्यु लाग्थ्यो,या भनौ निसेधाग्या जारी हुन्थ्यो, सबै घर भित्र हुन्थे,सडकमा खाली सुरक्षा फौज हुन्थ्यो तर पनि यी जेठा आनन्दै हिडिरहेका हुन्थे।
आज मैले यिनको प्रसँग किन यो ब्लगमा राखे भन्नु हुन्छ भने जेठा सँग मेरो साह्रै नभुल्ने घटना घटेको छ। जेठा सडकमा हिड्दै!
एक दिनको कुरा हो,करिब ५ बर्ष अघी, म काही बाहिर बाट घर आउँदै थिए, झापाको दमक उत्रिदा रातको करिब १२ बजेको थियो। नेपालमा त्यसबेला धेरै वोटा तत्वो हरुको डर हुन्थ्यो। जङली मान्छेले पो गोली ठोक्छ कि वा आर्मीको तातो बुल्लेट पो निलिने हो कि’यस्तै यस्तै कुरा मनमा केलाउदै म डराउदै डराउदै लागे उकालो सिबिर तिर। दमक बजार सुन्सान थियो, खाली सडकका कुकुर हरु मात्रै यत्र तत्र भुकिरहेका थिए, आम्दा अस्पताल छेवैको फाल्गुनन्दको मुर्ती लाई ढोग्दै करिब ४५ मिनेट हिंडेपछि म भाङ्बरी पुगे अब भने मेरो मुटु फुट्ला जस्तो गरेर उफ्रिन थाल्यो कारण म त्यस बेला सशास्त्र प्रहरी बेस केम्प को धेरै नजिक पुगी सकेको थिए जुन बाटो हुँदै म घर जानु पर्थ्यो। प्रहरी लाई यो मान्छे राम्रै हो भन्ने लागोस भनेर म अघी देखी गीत पनि गुनगुनाउदै थिए। भाङबारी चोकको केही मास्तिर पुगे पछी मेरो पछाडि वाट मलाई बोलायो, ओय,कहा बाट आको? बोली अलिक लर्बरिएको जस्तो थियो त्यस मान्छे को। ‘काठमाडौं बाट हजुर’ मैले झन झन छिटो हिडदै काम्दै काम्दै छोटो उत्तर दिये। त्यो मान्छे दौडेर मेरो नजिक आयो,मेरो हन्सले ठाउँ छोड्यो.. यसो हेरेको त उही ‘कालेनी गोरेनी’ पो छ। मेरो छेवैमा आएर खिसिक्क हास्यो। ओये जाम घर तिर, तलाई म मिठो मिठो खाने कुरा दिन्छु, यात्रामा साथी त हुन्छ भन्ने हेतु ले मैले उस्लाई फकाउदै भने। नभन्दै जेठो अगी लाग्यो। जस्तो सुकै भये पनि यात्रामा साथी पाउदा धेरै आट आउदो रहेछ। हामी दुई साथी बेल्डाङी १ को प्रहरी बेस केम्पमा के पुगेको थियौ, छ सात जना पुलिस आएर मलाई सोध्न थाले अनी छेवैमा हासिरहेको मेरो प्यारो मित्र लाई देखाउदै मैले भने ‘सर,यो मेरो आफन्ता हो ५ दिन देखी हराएको थियो र अज भेटे यो गाडी मा चड्न मान्दैन त्यसैले मैले हिडाएर ल्याउनु पर्‍यो र यती राती भएको हो’ एकै सासमा मैले टुङ्ग्याये। ‘जाउ जाउ ।।।।।’ घर जाने अनुमती पाइयो । शायद यो जेठा नभएको भये प्रहरी ले मेरो हाड भाची दिनेथ्यो-त्यस्तो परिस्थितीमा त्य्तीराती एक्लै,मलाई त्यही गोली हान्ने थ्यो होला ,तर यसले मलाई बचायो। त्यसैले मानसिक रुपमा अलिक बिरामी भयेता पनि जेठाले मलाई ठुलो कृपा गरेको छ।
अमेरिका आउने केही दिन अघी मात्रै मैले जेठा लाई सडकमा भेटेको थिए र मेरो सेलफोन वाट यो फोटो सम्झने बिर्सने खिचिराखेको थिए। जेठो के गर्दै होला हिजो आज। उसले त मलाई चिन्दैन होला तर म उस्लाई चिन्नु मात्रै के बिर्सनै सक्दिन, किनकी उस्ले मलाई अन्जान अन्जान मै भए पनि ठुलो गुन लगाएको छ I

Advertisements