HAPPY NEW YEAR 2010

Bhutanusa.com wishes all its valued readers, visitors, well-wishers and advisors a very prosperous and blissful new year 2010. May you find everything positive and successful on your way forward to the culminating journey of life. May the right thoughts, right moments, success, healthy living and longevity all be your way this new year with all your resolutions fulfilled.

Advertisements

A piece of Information from BU.com

Dear visitors,
We are going to upgrade this blog into hosted site(news and information portal) with in the next couple weeks time. BU.com has altogether 16 core group members as BU representatives (plus the editorial group)and 51 site members in different states of the US and outside. But we need some more members to work on full fledged. So,any interested candidates willing to work as a BU representatives/reporters from their city/state of residence are highly welcome. Continue reading

सिराकशमा सम्पन्न भुटानी सान्स्कृतिक कार्यक्रमका केही तस्बिरहरु

अमेरिकाको उत्तर पूर्बी राज्य न्यूयोर्क अन्तर्गत सिराकसमा पुनस्थापित भूटानीहरुले गत अगस्त १ तारिक समाजले आयोजना गरेको सांस्कृतीक कार्यक्रमको खूब आनन्द लिए। फोटो प्रदर्सनी,गित,नाच तथा अन्य बिबिध कार्यक्रमसहित सम्पन्न उक्त कार्यक्रम भूटानी समुदायलाइ अन्य समुदायहरु संग परिचय
गराउने प्राथमिक उद्देश्यका साथ आयोजना गरिएको थियो।
अमेरिकामा भइरहेको बिभिन्न अराजक गतिबिधीले भुटानीहरु माझ डर र त्रास मात्रै ल्याएको छैन, त्योसँगै भुटानिहरु नेपाल छोडेकोमा पछुतो मान्न थालेका छन। यसैबिच सिराकशमा सम्पन्न उक्त कार्यक्रमले भुटानिहरुलाई केही हलुका महसुस गराएको छ भन्ने सत्य त तस्बिरमा नाचिरहेका भुटानिहरु हेर्दा पनि बुझ्न सकिन्छ। आउनुस उक्त कार्यक्रमका केही तस्बिर हेरौ ….
भुटानि समाज सिराकस-सान्स्कृतिक कार्यक्रम।

posing for a snap1)या…..हु…!!! संसार मेरै हो!!”,  भुटानिहरु फोटोको लागि “उफ्रीपोज” दिदै…………………
Continue reading

बे एरियाका भुटानिहरु माझ भइरहेको राजनीतिक प्रतिस्पर्दाबिच एक नयाँ क्लब “क्षितिज”को स्थापना

वास्तवमा नै भर्खरै भेला हुन सफल भुटानिहरु अनी जुटेको भुटानि समाज। बे एरियामा बस्ने केही भुटानि समाजद्वारा पहिला नै खोलिएको एक संस्था “बिएसिसि” ,ततपस्चात भुटानिहरुको आगमनलाई बिचार गर्दै खोलिएको अर्को संस्था “बासको”। पार्टी भन्दा पनि अतियुक्ती हुन्न होला किन कि म यहाँ भित्र भएको र भइरहेको स्थितीलाई राम्ररी अवलोकन गर्ने गर्छु ,कहिले काही राजनीतिको गन्धको आभास हुन्छ यहाँ भित्र । हुदो पनि रहेछ यस्तो नत्र हाम्रा बुढा पाकाहरु तेसै कहाँ उखान बनाउथिए होला र “हावा नचली पात हलिन्न” के यो सही होल र? जुट्नु पर्ने बेलामा फुटेर काम गर्न मन पराउने केही त्यस्ता तत्वहरु,लाग्छ यिनीहरु पक्कै सामाजिक छैनन। प्रतिस्पर्दा एक बेजोड,कुनै परिक्ष्यमा भएको होइन यो प्रतिस्पर्दा,भएको त पूर्ण रुपमा एक समाज भित्र राजनीतिक रुपमा। आखिर प्रतिस्पर्दा कै त छ यो संसार पनि,प्रीथ्बीको बनावट नै यस्तै, जस्तो कि उ आँफै पनि अरुसँग घाम वरीपरी घुम्ने प्रतिस्पर्दामा उत्रीएको छ तर अज्ञात छ त्यो आखिर जित्दै छ या हार्दै त्यो ?
प्रसँग नै बद्लिन्छ भुटानि समाजसरी, जो बद्लिएको छ ,फुटेको छ अनी राजनीतिमया भएको छ। के का लागि हो यो राजनीति ?के उदेस्य लिएर छिरेको छ यो राजनीति समाज भित्र ? आफ्नो स्वार्थ कि समाजको भलाईको लागि हो यो राजनीति ?अनुतरित छन यस्त कयौ प्रश्नहरु जो एक लङगडो सरी मनलाई बैसाखी बनाएर बसेको छ यो ह्रेदय भित्र उथुलपुथुल। कबी भए त कबिताका मध्यामबाट यी प्रश्नहरुको बिगुलकै फुटाइ दिन्थे तर बिबस म एक राष्ट्रहिन भुटानि कहाँ लगेर फोरी दिउ यो प्रश्नको भन्डार ? लाचार म आँफैलाई प्रश्न गर्न सिवाय केही गर्न सक्दिन,
हुन त भुटानि समाज बडो गजबको भइसक्यो हालमा । यो संस्थाको निती भनु या उदेस्य हो,यसले पुरै भुटानिहरुलाई फुटाउन सफल भएको छ ।केही घर भुटानिहरु एउटा संस्थालाई विश्वाश गर्छन् अनी केही अर्को । बिचमा कहाँबाट कस्तो कुरा हुन्छ त्यो अद्रिस्य छ तर त्यस्ले एक । यो भुटानि समाज भित्र एक अर्को भुटानिको खुट्टा तान्ने या त कुरा काट्ने प्रबिती उत्पन्न गराइएको छ । एक भुटानि समाज तर यहाँ त दुई भइसकेका छन । आखिर यसरी टुक्र्याउनमा कसको हात छ?नया भुटानिहरुको ?या त संस्थाद्वारा राजनीति अनी बिभाजन ल्याउने परीचितहरुको ?बिल्कुलै प्रश्नहरु घुमिरहन्छन मस्तिस्कमा ।
नयाँ उदेस्य होइन यो संस्थाहरुको ,यो त पुरानै त्यो उदेस्य हो जसलाई पुर्ती गर्न लागिपरेकाहरु शरणार्थी बनेका छन र १९ बर्ष देखी कस्टकर जीवन बिताउन वाध्य झापा अनी मोरङका सात सिबिरहरुमा छन त कती शरणार्थीको बिल्ला भिरेर नै अमेरिका लगायतका देशहरुमा पुनर्बास भइसकेका छन। आखिर के नै पाए र त्यो राजनीति र स्वार्थ पुर्तीको लडाईंमा। पुरस्कार मिल्यो सबै योधा अनी नेताहरुलाई”शरणार्थी”,यो त एकदम नै ठुलो पुरस्कार हो अनी उपलब्दी।शरणार्थी सिबिर भित्र संघर्ष बिच जीवन यापन गरेर १९ बर्ष सम्म त्यही पट्यार लाग्दो नेताहरुको भाषण अनी मास्क लगाइ संस्था खोलेर बस्नेहरुबाट दिक्क भुटानि शरणार्थीहरु। १९९९ सम्म त ताली बज्थियो गड्गडाहट ताली ति खोक्रा भाषणहरुका लागि पनि तर बिस्तारै सचेतना जागेर होला उठ्नै छोडे ती हातहरु। राष्ट्र फिर्तीका लागि गरिएका सबै आन्दोलनहरु बिफल,धर्ना अनी नाराबाजीहरु, कुनै पहलहरु निर्णायक भएनन अन्तत भुटानिहरु देशको सम्झना लिएर बस्न वाध्य भए अन्धकार भबिस्य लिएर।
लामो शरणार्थी समस्यालाई हल गर्न अमेरिका,अष्ट्रेलिया लगायतका देशहरुद्वारा गरिएको पुनर्बास प्रकृयाबाट आइपुगेका छन कोही अमेरिका , कोही डेन्मार्क अनी अष्ट्रेलिया। अन्धकार बिच पनि शरणार्थीहरु समाज भित्र रहेर बसेका थिए सिबिरमा । यसरी त्यो समाज बाडीएर फेरी कहाँ कहाँ पुग्न थाल्यो। सिबिर भित्रै पनि अपरचित कती अनुहारहरु यहाँ आएर चिन्न पाएकोमा गर्ब लाग्छ मलाई पनि Continue reading