सपन पाठक
(न्यूहेम्साइर)
‘देश कहाँ छ,माटो कहाँ छ, छ त एउटा मन छ, त्यही पनि सातसमुन्द्र पारी छ..’ यस्तै यस्तै अनि अरु धेरै मनभरी ब्यथा र भाब बोकर अमेरिकाको न्यूहेम्साइरका भूटानीहरुले महान चाड बिजय दशमी मनाएका छन। यस राज्यका जम्मा जम्मी तेह्र ठूला सहर मध्ये तिन सहरहरु, म्यानचेस्टर, कन्कर्ड र लकोनियामा करीब ८०० सयको संख्याका भूटानी शरणार्थीहरुलाइ पुनस्थापना गरिएको छ। आफ्नो देश भन्दा धेरै टाडा भएता पनि यी नेपाली मुलका भूटानी नागरिकहरुले आफ्नो रीती रिवाज, धर्म, संस्कृति बिर्सेका रहेनछन भन्ने सत्यता गत आश्विन १० गतेको दशैं कार्यक्रमले प्रष्ट पारेको छ। Continue reading
Filed under: blogs news | Tagged: BHUTANESE IN NH | Leave a comment »