हरीको अन्त्यष्टी कार्यक्रम बुधबार हुने

गत साता फ्लोरिडाको ज्याकसनभीलमा हत्या गरिएका पुनस्थापित भूटानी हरीलाल अधिकारीको अगस्त ५ तारिक बुधबार हिन्दू धर्म परम्परा अनुसार अन्त्यष्टी गरिने जानकारी मृतकका नातेदार तथा छिमेकी नेत्र मिश्रले हामीलाई जानकारी दिनु भएको छ। उनका अनुसार नेपालमा रहेका मृतकका परिवारजनहरु भोली २ बजे त्यहा आइपुग्ने र पर्सी बुधबार दिवंगत अधिकारीको दाहसंस्कारको कार्यक्रम गरिने तय गरिएको छ। वाहाहरु आज राती ११ बजे ज्याकसनभिल आइपुग्ने पुर्बजानकारी पाइएको भएता पनि बिशेष कारणबस भोली मात्रै आउनु हुने छ। Continue reading

Advertisements

अधिकारीको हत्या गरिनु पूर्ब लुटपाट..

लूटपाट पछि हत्या गरिएका हरी अधिकारीका बुबा टिका अधिकारी आफ्ना छोराको तस्बीर समाउदै(तस्वीर:)

लूटपाट पछि हत्या गरिएका हरी अधिकारीका बुबा टिका अधिकारी आफ्ना छोराको तस्बीर समाउदै(तस्वीर:RICK WILSON/The Times-Union)

फ्लोरीडाको ज्याकसनभीलमा आइतबार राती भएको भूटानी शरणार्थी हरी अधिकारीमाथीको हमला हत्याको समाचारलाइ धेरै पत्रिका तथा अनलाइन न्यूज़पोर्टलहरुले प्रमुखताका साथ लेखेका छन यद्यपि घटनाको बिस्तृत जानकारी भने हालसम्म कुनै पनि समाचार स्रोतले दिएका छैनन
Continue reading