खडकाको ह्त्याले भूटानीहरु मर्माहत, सिबिरबासीलाइ बाहिर ननिस्कन सुरक्षाकर्मीको अनौपचारिक आह्वान

Late K.B.Khadka

Late K.B.Khadka

भूटानी शरणार्थी शिबिर, बेलडांगी-२ निवासी शमन छेत्रीसंग हामीले शरणार्थी नेता तथा बेलडांगी बिस्तारित सिबिरमा पूर्ब सचिब के.बी.खडकाको अज्ञात समुह द्वारा आज बिहान गरिएको ह्त्या पछि उब्जिएको त्यहाको परिस्थितिका बारेमा बुझने मनसायले टेलीफोन संपर्क गरेका थियौ। वहा संगको गफको केही अंश यहाँ प्रस्तुत गरिएको छ:
बीह्यूडटकम: शमनजी अहिले घटना लगत्तै बेलडांगीको परिस्थिति कस्तो छ त?
शमन: अहिले यहाको स्थिति एकदम साम्य छ। यस घटनाले सम्पूर्ण शरणार्थी हरुलाइ मर्माहत तुल्याएको छ। घटानाको लगत्तै प्रहरीले सिबिरबासीहरुलाई रातमा बाहिर ननिस्कन अनौपचारिक रुपमा भनेको छ। हाल सिबिर सुनसान छ। यहाँ रातको ८:४५ भएको छ अहिले।
बीह्यूडटकम: हजूर त्यों त्रासादीपूर्ण घटना कहाँ, कुन समयमा भएको बुझियो सर?
शमन:सांझको करीब ६:१५ तीर म बेलडांगी २ को बांगे बजारमा थिए, अचानक केही सुरक्षाकर्मीहरु बांगे हुँदै दगुरेको देखें र के भएछ भनी म हेर्दै थिए केही बेर पछि त बेलडांगी-३ बाट हुलकाहुल मानिसहरु कराउँदै दगुरे, अनि म पनि त्यों भीड़को पछि लगेर दगुरें। जांदा त त्यों त्रिरत्न स्कूल छ नि त्यस भन्दा ठ्याक्कै मुन्तिर, ‘ब्राभ’को कार्यालय भन्दा मुनि सड़कमा एउटा हेलमेट लगाएको मान्छे उता दक्षिणतीर फर्किएर सड़कमा पल्टिएको देखियो।भीड़लाइ उछिन्दै छेउम गएर हेरें। मान्छे रगतले केही चिनिन्न थियो। केही छिनमै तिनै सिबिरका हज्जारौ भूटानीहरुको घुइचो लाग्यो। कोही रुँदै थिए। कोही चिच्च्याउदै थिए पिडाले। भने कोही बेशोस पनि देखिन्थे। धेरै भूटानी बुडापाकाहरू त यो सपना हो की बिपना भनेर अकमक्क परेको पनि देखिन्थ्यो। Continue reading