कारको ठक्करबाट पुनर्स्थापित भुटानिको मृत्‍यु

photo courtesy/BNS

अप्डेट:ठक्कर दिने गाडीको चालक २२ बर्षका रोमन नेर्ल ओलिया रहेको थाहा हुन आएको छ भने उसले रक्सी सेवन गरेको गन्ध आएकाले प्रहरीले उसलाई परिक्षणको लागि अस्पातल लगिएको थियो। अत्याधिक गतीमा कार चलाएको स्थितीमा कार नियन्त्रण भन्दा बाहिर गइ मनी राइले चलाईरहेको गाडीमा ठोकिन पुगेको थियो।मनी राइले चलाएको गाडीमा पछाडी बस्नु भएका टिकारामलाई गम्भिर चोट लागेको थियो।
टेनेसी राज्यमा पुनर्स्थापित भुटानि टिकाराम कोइरालाको द्रुत गतीमा आएको कारको ठक्करबाट मृत्‍यु भएको छ। वहाँलाई आफ्नो कामबाट घर फर्किने क्रममा गएको सताइस डिसेम्बर राती कारले पछाडिबाट ठक्कर दिएको थियो। कारको ठक्करबाट ढाडको हड्डी सम्पूर्ण रुपमा छ्यातबिछ्यात भएको साथै हात र खुट्टामा गम्भिर चोट लागेको अवस्थामा कोइरालालाई तत्काल अस्पातल भर्ना गरि आइसीयूमा राखिएको थियो। मृत्‍यु सैयामा लद्डै गरेका कोइरालाको उपचारका क्रममा भिन्डरविल अस्पातलमा आज दिउसो १२ बजे मृत्‍यु भएको छ। Continue reading