साहित्य शनिबार

भुटानिहरुको कथा र ब्यथा

मोती रिजाल

श्री नारायणका चारणकमलमा ध्यान राखी मनले अति
ध्यान राखी प्रभुको पुकार गर्छौ श्रीलक्ष्मी जीका पती
हाम्रा पुर्खाहरु अघी दुखिहुँदा जीवन ब्यर्थै गयो
भ्रष्ट्चार हुँदा आज दुनिया रुँदै हिडेको छ यो
भुटानि जनता बिहाल हुनगो घरबार बिहिन छ यो
लौ आज हामीले पृथ्बी तलमा जिउनु न मर्नु भयो
त्यो शान्ति जनहो रुंदैछ किन हो त्यस्को बिहाल के भयो
सङ्गिन राइफल तोप्का भुमरिमा आंगनै बचाउन त्यो गयो
खेत बारी हरियो धन्माल लुटियो बाबु घेरामा पर्‍यो
राजाको हुन ता भुटानि अधिराज प्रज्ञामा यही हाल गर्‍यो
दौरा फाटी गयो, छैन पटुकी टोपी पुरनो भयो
नेपाली बबुरो रुंदैछ बनमा नाङगो शरिर भै गयो
बर्षाका झरीले साह्रै जिउ भिजो केले भिजे यसरि
भुटान बासी प्रज्ञा सबै धुरुधुरु रुँदै हिडेका घरी
हामी झै कलीला रुदै धुरुधुरु भुटानमै हुर्कियौ
बिद्यामा धनमा हामी पहिले पछी परेका थियौ
सामान्ती हरुको परेछौ वसमा जीवन बिती गै गयो
लौराको सहारा हातको इशारा हाल हाम्रो यही भै गयो
बिश्व राष्ट्र भरिको निलो आकशमा उडेर आयौ यता
नातादार आगन्य, भाइ भतिजा परे कता हो कता
उता उता हुन्नन भरे कती होलान परे कती बेपता
नेपालमा पनि पो भय कति- कति छोरा छोरी नापता
सिङगापुर, कती हो गुजरात त्यत्ती कै गय हिमाचल अनि
रजश्थान कोही छन कोही त पुगे मलायो छाउनी पनि
भुटानि बबुरा एकाएक गर्दै पुगे कता हो कता
धिक्कार हो हामीले भुटानी हुनुनै यही भन्छु अहिले म ता
भुटानीहरुको मनको बेदना माला यही गास्तछु
अन्य राष्ट्रहरुको अलि लुगा मिलाएर बस्तछु
थिम्फुमा दरवार पारो  ससुराली
डेढ लाख जनता पोकोपारी काउन्टरमा फाली
भारतले समालेर सिमा कटाइ हाल्यो
भुटानलाई पनि भरे आउला यस्तै पालो
पहाडको पनि निम्ती पुग्छ, आफै घिछर्नु पर्दछ
मिती पुग्छ हाम्रो पनि केहि दिन फिर्ती गर्छ /

भाङटार भुटान
दालिम ब्ल्क
घर न:३०
थाम न्:३७४

(कबी मोती जी अरीगन पोर्ट्ल्यान्डमा पुनर्स्थापित भुटानि शरणार्थी हुनुहुन्छ। वहाँले केही दिन पछी पोर्टल्यान्डमा हुन गइरहेको एक कार्यक्रममा  राष्ट्रभक्तीले ओतप्रोत आफ्ना सुन्दर कबिताहरु वाचन गर्नुहुनेछ। )

3 Responses

  1. Really awesome poem.Moti jee,we expect more from you.The poem full of pangs and sorrows with little hope to return back to our own land.A perfect poem.Keep on writing,you are great.
    Be;ldangi 2
    Ne[pal

  2. it a great news. you are country lovely person. you became the modern for millions of bhutanese people who loves theirs country bhutan.

  3. Moti Ji
    tapai kaha haraunu vaheko thio.yesto umerma matra kavita lekne ho?sarai ramro cha.pachi panni yestai kabitako ahs gardachau.butani sasak birudhama kabita aunu sarai ramro ho.Tapailey Bhutan vitra batai leknu vakoraicha sarai nedar,saktisali ra aatihunuhudo raicha.danyabath.
    In Exile
    jaigon,India

Leave a comment