भूटानविरुद्ध धावा बोले नेताहरुले

माघ १५, एकीकृत नेकपा माओवादीका सचिव सिपी गजुरेलले भुटानी शरणार्थी समस्या मानव अधिकारको आन्दोलनबाट समाधान नहुने बताउनु भएको छ । उहाँले भुटानी शरणार्थी समस्या राजनीतिक मामला भएकोले राजनीतिक तहबाटै यो समस्या समाधानमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

भुटान मिडिया सोसाईटीले काठमाण्डुमा गरेको भुटानी शरणार्थी मामिलामा भारतको भूमिका विषयक अन्तरक्रियामा भारतले भुटानको जिग्मे शासनलाई कठपूतलीको रुपमा प्रयोग गरिरहेकोले शरणार्थी समस्या समाधानमा चासो नदेखाएको आरोप लगाउनुभयो । भुटानको प्राकृतिक साधन श्रोतमा आफ्नो कब्जा जमाउन भारतले शरणार्थी समस्यालाई निरन्तरता दिन चाहेको गजुरेलको भनाइ छ ।

कार्यक्रममा भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलले शरणार्थी समस्या आउनुमा मुख्य भूमिका भुटान सरकारकै भएपनि केही मात्रामा छिमेकीको पनि हात रहेको बताउनु भयो । उहाँले शरणार्थी समस्या समाधानमा भुटान र नेपाल बीच ठोस वार्ता हुनुपर्ने बताउनुभयो ।

भुटानमा प्रजातन्त्रको स्थापना नभएसम्म नेपालमा राजनीतक शरणको लागि आफुहरुले गरेको अनुरोध वारे नेपालले अहिलेसम्म कुनै जवाफ नदिएको अध्यक्ष पौडेलको गुनासो छ ।

कार्यक्रममा भारतबाट आउनु भएका प्राध्यापक आनन्द कुमारले शरणार्थी समस्याका विषयमा दवावमूलक संघर्षकोे लागि नागरिक समुह गठन गरेर राष्ट्रसंघिय निकायहरुमा  डेलिगेशन जाने, भुटान–भारत मैत्री संघ बनाउने र त्यस मार्फत दवावमूलक संघर्षको लागि एकताबद्ध पहल गर्ने लगायतका काम गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै शरणार्थी नेता एवं मानवअधिकारकर्मी टेकनाथ रिजालले भुटानमा कहिल्यै पनि प्रजातन्त्र नआएको उल्लेख गर्दै समस्या समाधानमा भारतले सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले शरणार्थी समस्या भारतको कारण आएकोले यसको समाधानमा पनि भारतले नै भूमिका खेल्ने आशा व्यक्त गर्नुभयो ।कार्यक्रममा शरणार्थी मामिला विश्लेषक आर पी सुब्बाले अमेरिकाबाटै भिडियो कन्फेरेन्स मार्फत  भुटानी शरणार्थी मामिलामा भारतको भूमिका विषयक कार्यपत्र  प्रस्तुत गर्नुभयो ।
(भूटान समाचार सेवाका पत्रकार श्री बिद्यापति मिश्र द्वारा प्रेषित)

5 Responses

  1. oh it is pleased to listen but increadible to return to bhutan.i do acknowledge our political parties words but till these years neither a single deeds r done complete.so only the exterior determination as i suspect.

  2. it is good and interesting wedsite.

  3. good luck to all the bhutanese who r in camps.Keep up! urs hope.But dont target to bhutan coz leaders are the huge abstrical 4u all.

  4. Its the most disgusting news i heard because this kind of news i have been listening for last 18 years. Let if not repeat it again.

  5. im very greatfull to those nepalese leader who has spoken little words against Bhutan…….but the indian leaders are always like that and speaks on their selfishness. They can’t turn their words into action, they have been uttering the same things since a long….but no any work has been done yet against bhutan……they are hole digger to make other to fall therein.

Leave a reply to puspa gautam Cancel reply